कलाकार प्रमाणित सिफारिस सम्बन्धी सूचना ।

सांस्कृतिक संस्थानबाट कलाकार प्रमाणपत्रको सिफारिस लिन आउँदा निवेदनका साथ सिफारिस दस्तुर रु. ५,०००/- अक्षेरी पाँच हजार रुपैयाँ को भौचर सहित देहाय बमोजिमको कागजातपत्र संलग्न गर्नुपर्ने जानकारी गराइन्छ ।

  • क. नेपाली नागरिकताको फोटोकपी ।
  • ख. व्यक्तिगत विवरण ।
  • ग. कम्तीमा ४ वर्ष सङ्गीत तथा कला क्षेत्रमा अनुभव भएको ।
  • घ. कम्तिमा १० वटा कृतिहरू प्रकाशन भएको ।
  • ङ. कम्तिमा १० वटा प्रशंसा पत्र वा सम्मान पत्र वा धन्यबाद पत्र वा कदरपत्र प्राप्त गरेको ।
  • च. कम्तिमा २ वटा सरकारी वा गैर सरकारी सङ्घसंस्थाबाट अवार्ड विभूषित भएको ।
  • छ. कम्तिमा १ वटा अवार्ड प्राप्त गरेको ।
  • ज. सङ्गीत सम्बन्धी प्रशिक्षण लिएको प्रमाण पत्र वा सम्बन्धी अध्ययन गरेको प्रमाण पत्र ।
  • झ. प्रमाणीकरण दस्तुर रु. ५,०००/- अक्षेरी पाँच हजार रुपैयाँ मात्र ।
  • ञ. सिफारिस लिन आउँने व्यक्तिले पेश गरेको कागजातबाट निज सम्बन्धित विद्याको कलाकार भएको स्पस्ट हुनुपर्ने छ ।

माथि उल्लेखित मापदण्डहरूमा (क) ,(ग), (ज), र (झ) अनिवार्य गरिएको छ, भने (घ), (ङ),च र (छ) मापदण्डहरुमा कम्तिमा ६० प्रतिशत मापदण्ड पुग्न पर्नेछ ।

खाता रहेको बैंक: एभरेष्ट बैँक लिमिटेड,
बैँक खाता: Sanskritik Santhan
खाता नं. 10200105200013

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij