कार्यक्रम प्रायोजकले पाउने सेवा शर्त र सुविधा
(क) प्रायोजकको विवरण
(अ) मुख्य प्रायोजकको (Brand Sponsor)
(आ) प्रायोजक (Sponsor)
(इ) सह–प्रायोजक (Co-Sponsor)
(ई) ब्यानर सहयोगी (Banner–sponsor)
(अ) मुख्य प्रायोजकको (Brand Sponsor)
१. कार्यक्रम शिर्षक नाम प्रयोजकसँग जोडेर राखिनेछ ।
२. कार्यक्रमका लागि निमार्ण स्टेजमा जडित एलइडी स्क्रिनमा प्रायोजक कम्पनी वा उत्पादनका आदीको बारेमा प्रवर्द्धनात्मक प्रसारण गरिनेछ ।
३. कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने भएकाले टेलिभिजनमा प्रसारणमा प्रायोजक कम्पनी वा उत्पादन सामग्रीका बारेमा आवश्यक जानकारी प्रसारण गरिनेछ ।
४. प्रचारप्रसारका लागि छापा लोगो एवं सबै विद्युतीय सञ्चार माध्यममा मुख्य प्रायोजक अन्तर्गत उत्पादन तथा संघसंस्था आदिको लोगो वा अन्य नाम समावेश गरिनेछ ।
५. कार्यक्रमको बीचबीचमा कार्यक्रम सञ्चालकले मुख्य प्रायोजक कम्पनी वा उत्पादकका बारेमा जानकारी दिइरहने छ ।
६. प्रचार प्रसारजन्य सामग्रीमा मुख्य प्रायोजकको होर्डिङ्ग बोर्ड, पर्चा पम्प्लेट आदि समावेश गर्न कार्यक्रम स्थलको गेटमै स्टल राख्न दिन खुल्ला गरिने छ ।
७. मुख्य प्रायोजक कम्पनी वा उत्पादकको अवस्था र प्रकृतिअनुसार प्रचार र प्रवर्द्धनका लागि आपसी सहमतिमा जुनसुकै शैली अपनाउन सकिने छ ।
८. मुख्य प्रायोजक प्रायोजकको आधिकारिक प्रमुखलाई ताम्रपत्रबाट सम्मान गरिनेछ।
(आ) प्रायोजक (Sponsor)
१. होर्डिङ्ग बोर्ड, पर्चा, पम्प्लेट तथा सम्पूर्ण सूचना र प्रचार प्रसारजन्य सामग्रीमा प्रायोजक अन्तर्गतको उत्पादन तथा सङ्घसंस्था आदिको लोगो वा अन्य जानकारी राखिने छ ।
२. कार्यक्रम सञ्चालनको क्रममा सञ्चालकले प्रायोजकको बारेमा जानकारी दिइरहने छ ।
३. कार्यक्रमको स्टेज सजावट तथा ब्यानरमा प्रायोजकको उत्पादन तथा लोगोहरुलाई सजाउन सकिने छ।
४. प्रायोजकको आधिकारिक प्रमुखलाई ताम्रपत्रबाट सम्मान गरिने छ ।
५. आवश्यकता अनुसार प्रायोजकको ब्यानर पोष्टर तथा प्रचार सामग्री राख्न सकिनेछ ।
६. कार्यक्रम हुनु भन्दा पहिले स्टेजको दायाँबायाँ प्रायोजकको लोगा र भिडियो राखिने छ ।
७. अन्य सेवा तथा सुविधाको बारेमा आपसी मौखिक रुपमा सहमति गर्न सकिनेछ ।
(इ) सह–प्रायोजक (Co-Sponsor)
१. सहप्रायोजक कम्पनी वा उत्पादनका हरेक गतिविधिसँग जोडेर राखिनेछ ।
२. प्रचारप्रसारका लागि छापा एवं सबै प्रकारका विद्युतीय सञ्चारमाध्यममा सहप्रायोजक कम्पनी वा उत्पादनको लोगो एवं नाम समावेश गरिनेछ ।
३. पोस्टर, टिकट आदिमा सहप्रायोजक कम्पनी वा उत्पादनको लोगो अग्रभागमा राखिने छ ।
४. कार्यक्रमका दिन कार्यक्रमको बीचमा सहप्रायोजकका प्रतिनिधिले निश्चित समय सीमाभित्र आफ्नो कम्पनी वा उत्पादनका बारेमा जानकारी दिन सक्नेछ ।
५. कार्यक्रमको बीचबीचमा कार्यक्रम सञ्चालकले प्रायोजक कम्पनी वा उत्पादनका बारेमा जानकारी दिइरहने छ ।
६. आयोजना स्थल भित्र वा बाहिर प्रायोजकले आफ्नो ब्यानर, पोस्टर राख्न, उत्पादन प्रदर्शन गर्न पाउनेछ ।
(ई) ब्यानर सहयोगी (Banner–sponsor)
१. कार्यक्रमको दिन प्रायोजक कम्पनी वा उत्पादनको अवस्था र प्रकृतिअनुसार प्रचार र प्रवर्द्धनका लागि मा आपसी सल्लाह र सहमतिमा जुनसुकै शैली अपनाउन सकिने छ ।
२. कार्यक्रमको दिनमा ब्यानर प्रायोजकले कार्यक्रम हलभित्र वा बाहिर आयोजकसँगको सहमतिमा आवश्यक सङ्ख्या वा साइजमा ब्यानर राख्न पाउनेछ ।