सांस्कृतिक संस्थानका नवनियुक्त अध्यक्ष श्री चन्द्रकुमार राईज्यूलाई २०८० पुस २ गते संस्थानमा औपचारिक रुपमा पदभार ग्रहणसहित स्वागत गरियो। ‘किरात राई मिथक’, ‘किरात राई जातिभित्रका केही विशेष संस्कृतिहरु’, ‘किरात राई संस्कृति’, ‘राई वान्तावा भाषामा बालबालिकाको नाम’जस्ता पुस्तकका लेखक उहाँ विगत लामो समयदेखी सांस्कृतिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ। मुन्धुममा विद्यावारिधी गरीरहनुभएका विद्धानलाई संस्थानको अध्यक्षका रुपमा पाउँदा खुसी र गौरव लागेको छ। यहाँको कार्यकालमा सांस्कृतिक संस्थानको भव्य प्रगतीसहित स्वर्ण युगमा प्रवेश गर्न सकोस् हार्दिक बधाई तथा शुभकामना।
![4.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718523196-0Wtu3.jpg)
![2.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718523196-iFL2z.jpg)
![6.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718523195-l9MFU.jpg)