“श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” भदौ ३ गते देखि १० गतेसम्म

“श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” भदौ ३ गते देखि १० गतेसम्म


गाईजात्रा महोत्सव -२०८१
सांस्कृतिक संस्थानले आफ्नो राष्ट्रको संस्कृतिको महत्व र सांस्कृतिक सद्‍भाव संरक्षण तथा प्रवर्द्धन गर्न वार्षिक कार्यक्रमको योजना अनुरूप आगामी भदौ ३ गतेदेखि १० गतेसम्म गाईजात्राको अवसर पारेर "सांस्कृतिक पर्व संरक्षणका लागि हाम्रो यात्रा, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयो गाईजात्रा" भन्ने नाराका साथ “श्री रिद्धि सिद्धि ज्वेलर्स  गाईजात्रा महोत्सव २०८१” को आयोजना गर्ने भएको छ। गाईजात्रा पर्वलाई संरक्षण गर्न संस्थानले आयोजना गरेको यस कार्यक्रममा ख्याति प्राप्त नेपाली हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुतिहरू रहनेछ।यस कार्यक्रमले मनोरञ्जन मात्र होइन दर्शकहरूले प्रस्तुति हेरेर वा सुनेर मनमा उत्पन्न हुने नवरसले रचनाकार र प्रस्तोताहरूको बौद्धिकतामा श्रीवृद्धि हुनेछ। तसर्थ मनोरञ्जनको प्रतिस्पर्धामा बौद्धिकस्तर कायम गर्न सके मात्र कलाको मूल्य अभिवृद्धि हुने छ भन्नेमा हामी विश्वस्त छौ।कार्यक्रमको बिवरण:

कार्यक्रमको नाम– “श्री रिद्धि सिद्धि  ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” भदौ ३ गते देखि १० गतेसम्म
कार्यक्रम मिति– २०८१ भदौ ३ गते देखि १० गतेसम्म ।
बिदाको दिन  अतिरिक्त शो २ बजे देखि हुने ।
समय   दिनको ४ बजे देखि साँझ ७ बजे सम्म ।
स्थान सांस्कृतिक संस्थानको मेघा हल प्रेक्षालय ।
कार्यक्रम संख्या ११ शो ।
टिकट दर           रु. ५००/– र रु. १,०००/–
अपेक्षित दर्शक संख्या   १०,००० जना 

प्रस्तुति तथा आयोजक सांस्कृतिक संस्थान, जमल, काठमाडौँ ।
टिकट पाईने स्थानः

  • भौतिक टिकटका लागि सांस्कृतिक संस्थान ।
  • अनलाईन टिकटकोलागि खल्ती एप्स ।

(ख) २०८१ भाद्र ३ गतेका दिन कार्यक्रम उद्‍घाटन हुने तथा कला प्रदर्शन हुने छ । यो कार्यक्रम निरन्तर २०८१ भाद्र ३ गते देखि भाद्र १० गते सम्म जम्मा ११ वटा सोहरू प्रदर्शन गरिने छ ।
कलाकारहरुः

WhatsApp Image 2024-07-29 at 15.28.36 (1).jpeg

२.१ लक्ष्मण गाम्नागे: 
नेपाली साहित्यकार लक्ष्मण गाम्नागे सिस्नोपानी नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष पनि हुन्। लामो समय देखि लेखन, हास्यव्यङ्ग्य कविता तथा साहित्यको प्रवर्द्धन अभियानमा संलग्न छन्। उनको नेतृत्वमा अयोजित गाईजात्रा महोत्सव-२०८१ सांस्कृतिक संस्थानमा अयोजना हुने भएको छ ।

२.२ सीताराम कट्टेल (धुर्मुस)
आफ्नो धारावाहिक नाम धुर्मुस लोकप्रिय नेपाली कथा, पटकथा लेखक, अभिनेता, हास्य कलाकार, निर्देशक र सामाजिक अभियन्ता हुन्।उनी नेपाली टिभी शृङ्खला मेरी बास्सैका मुख्य पात्र थिए।

२.३ सुरेन्द्र केसी (मुलाका साग) : 
हास्य श्रृंखला मेरी बास्सैबाट उनले बोल्ने थेगो ‘मुलाको साग’ नै उनको उपनाम रहन गयो।अहिले उनलाई उनको नाम भन्दा पनि ‘मुलाको साग’ भनेर चिन्ने नै धेरै छन् । 

 २.४ राजा  राजेन्द्र पोखरेल:
चर्चित कलाकार राजा राजेन्द्र पोखरेल समसामयिक विषय बस्तुलाई हास्यव्यङ्ग्य प्रस्तुत गर्दै ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारको रुपमा पेट मिचि मिचि हसाँउने कलाकार, प्यारोडी गायक तथा चर्चित उद्‍घोषकको रुपमा दर्शकहरुको मनमष्तिकमा छाप पार्न सफल कलाकारको रुपमा चिनिन्छ।

 २.५ पल्पसा डंगोल (चम्सुरी) :
हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ बाट चर्चा कमाउन सफल हास्य कलाकार र टिभी अभिनेत्री चम्सुरी भनेर चिनिने पाल्पासा डङ्गोल नेपालको बहुमुखी हास्य कलाकार हुन्।उनले विभिन्न पदक र पुरस्कारबाट सम्मानित भइसकेकी छिन्।

२.६ कुञ्जना घिमिरे (सुन्तली)
कुञ्जना घिमिरे धारावाहिक नाम सुन्तली (सुन्तली) द्वारा लोकप्रिय, एक हास्य कलाकार, अभिनेत्री र एक सामाजिक अभियन्ता हुन्। उनी नेपाली टिभी शृंखला मेरी बास्सैकी मुख्य पात्र हुन्।उनलाई नेपालको सबैभन्दा प्रतिभाशाली अभिनेत्री मानिन्छ किनभने उनले मेरी बास्सैमा विभिन्न भूमिका खेलेकी छन्। उनी नेपालमा सामाजिक कार्यमा निकै समर्पित छिन्।

२.७ शिव शंकर रिजाल :
नेपालका एक चर्चित हास्य कलाकार हुन् ।उनलाई जोगिन्दर भनेर पनि चिनिन्छ।उनले हास्य श्रृंखला मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्छन्।उनले जिरे खुर्सानी, तितो सत्य, झ्याई कुटी झ्याई, सुनौलो संसारबाट चर्चा कमाएका छन् ।

 २.८ सन्तोष खनाल :
टिभीका फिल्मी किरो, लोक बाजे भनेर चिनिएका नेपालका एक चर्चित हास्य कलाकार  हुन् ।कमेडी च्याम्पीयनमा स्क्रिप्ट लेखन र गाईजात्राको अनुभबी कलाकार हुन् ।

२.९ दिनेश काफ्ले:
एकै व्यक्तिको मुखबाट १०० बढी फरक आवाज निस्किन्छ भन्दा पत्याउन मुस्किल पर्न सक्छ।तर यो वास्तविकता हो।कलाकार दिनेश काफ्ले त्यस्ता प्रतिभाशाली व्यक्ति हुन्, जसले आफ्नो मुखबाट फरक फरक एक सय बढी व्यक्तिको आवाज नक्कल गर्न सक्छन्।मुन्द्रेको कमेडी क्लबका हाउडे दार्इ भनेर निक्कै राम्रो चर्चा कमाइ सकेका छन् ।

 २.१० हिमेश पन्त:
निकै चर्चित ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त कमेडी च्याम्पियनका सिजन १ का विजेता हुन् ।उनी निरन्तर हाँस्यब्यङ्ग्यमा सक्रिय छन् ।

२.११ खड्‌ग बहादुर पुन मगर (खबपु):
चर्चित हास्यव्यङ्ग्य कलाकार (खबपु) अर्गानीक कमेडीयनको रुपमा परिचित छन्। हास्यकलाकार खड्क बहादुर पुन मगर (खबपु) स्वभाव नै त्यस्तै छन्, प्रत्येक शब्द शब्दमा हँसाउने। हास्यव्यङ्ग्य कलाकारले कमेडी क्लबको गर्मिलो सेटमा छिरेपछि उनले देशवासीलाई पेट मिचिमिचि हँसाएछन्।

 २.१२ सुयसा खनाल:
कमेडी च्याम्पियन सिजन ३  मा सानी बालकलाकार सुयशा खनालले उमेरले आफूभन्दा पाका कमेडियनलाई दर्बिलो प्रस्तुति मार्फत टक्कर दिँदै आएकी सानै उमेरमा उनले देखाएको प्रतिभालाई लिएर कतिपयले ‘जिरे खुर्सानी’ संज्ञा दिएका छन् भने कतिपयले उनी अद्‍भुत प्रतिभाको धनी भनेर व्याख्या गरेका छन् ।कमेडी च्याम्पियन सिजान ३ फाईनलिष्ट नानी कमेडीयन रेकर्ड राख्न सफल कलाकार हुन् ।

WhatsApp Image 2024-08-21 at 21.48.08.jpeg

WhatsApp Image 2024-08-21 at 21.48.09 (2).jpeg

WhatsApp Image 2024-08-21 at 21.48.08 (1).jpegWhatsApp Image 2024-08-21 at 21.48.08 (2).jpeg

WhatsApp Image 2024-08-21 at 21.48.10 (1).jpeg

WhatsApp Image 2024-08-21 at 21.48.10.jpeg

WhatsApp Image 2024-08-21 at 21.48.09.jpeg

WhatsApp Image 2024-08-21 at 21.48.09 (1).jpeg

WhatsApp Image 2024-08-21 at 21.48.07.jpeg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij