३० औँ विश्व आदिवासी जनजाति उत्सव

३० औँ विश्व आदिवासी जनजाति उत्सव


काठमाडौँ २०८१ साउन २५ गते
३० औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा २५ गते शुक्रबार '" स्वेच्छिक अलगाव र प्रारम्भिक सम्पर्कमा रहेर आदिवासी अधिकारको रक्षा" भन्ने नाराका साथ नेपाल आदिवासी जनजाति आयोगले सांस्कृतिक झाँकीहरूको साथ नयाँबानेश्वर, काठमाडौँमा आदिवासी उत्सव समारोहको आयोजना गरेको थियो ।  

IMG_5429.JPG

उक्त कार्यक्रममा सांस्कृतिक संस्थान, जमलका योजना तथा कार्यक्रम शाखाका श्री रोहित सुवेदी र नृत्य शाखाका श्री माया थापाको नेतृत्वमा संस्थानका १६ जना कलाकारहरूले पश्चिम कोही पूर्व घर भन्ने गीतको बोलमा सांस्कृतिक संस्थानको विशेष प्रस्तुति रहेको थियो ।

IMG_5440.JPG

IMG_5387.JPG

IMG_5413.JPG
सांस्कृतिक संस्थानको विशेष प्रस्तुति 

IMG_5413.JPG

संयुक्त राष्ट्र संघले सन १९९३ मा अगष्ट ९ लाई आदिवासी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप हरेक वर्ष अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाइन्छ । मानव सभ्यताको विकास संगै क्रमिक रुपमा बसाइँसराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्दा आदिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न यो दिवस मनाइएको हो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij