ग्याल्पो ल्होसारको शुभकामना

ग्याल्पो ल्होसारको शुभकामना


ग्याल्पो ल्होसारको शुभकामना
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकता भएको देश नेपालको अनेकतामा एकताको अलौकिक स¨म संस्कृति मार्फत झल्किन्छ । हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृतिले जातीय पहिचानलाई स्थापित गर्दै राष्ट्रको सांस्कृतिक सौन्दर्य एवम् गरिमालाई उजागर गरेको छ । सांस्कृतिक चाडपर्वले समाजलाई प्राचीनकालदेखि सत्मार्ग तर्फ डोे¥याउँदै ल्याएको छ । चाडपर्वले नै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुका साथै सही रूपमा संस्कृति सम्प्रेषण गर्न ठूलो भूमिका निर्वाह गर्दछ । प्रत्येक चाडपर्वसँग जोडिएका किंवदन्ती, मिथक एवम् पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गरेको छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम नै चाडपर्व हुन् ।  

सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा समुदाय विशेष नयाँ वर्षको रूपमा मनाइने पर्व हो । हिमाली क्षेत्रमा बसोवास गर्ने तथा देशैभरी छरिएर रहेका शेर्पा समुदाय लगायत अन्य समुदायले समेत धुमधामसँग आफ्नै मौलिक संस्कृति अनुरूप ग्याल्पो ल्होसार मनाउने गरिन्छ । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ग हुन्छ । यस दिन पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक एवम् सांस्कृतिक विधि अनुसार मनाउने गरिन्छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख सांस्कृतिक चाड हो ।

ग्याल्पो ल्होसार सुरु हुनुभन्दा दुई दिन अगाडि विभिन्न गुम्बाहरूमा विदाई हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न ङिस्युगु पूजा गर्ने सांस्कृतिक परम्परा रहेको पाइन्छ । घर–आँगन सफा गर्ने, नौ प्रकारको अन्नहरू मिसाएको परिकार गुथुक खाने, नयाँ लुगा लगाउने, पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्नेदेखि लिएर विभिन्न सांस्कृतिक क्रियाकलाप सम्पन्न गरी यो पर्व मनाइन्छ । सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ग्याल्पो ल्होसार नेपालको राष्ट्रिय पर्व हो ।

जाति नरहे संस्कृति रहन्न, संस्कृति नरहे देश रहन्न, देशै नरहे हामी रहन्नौं । तसर्थ हरजातिका सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । ग्याल्पो ल्होसारको अवसरमा यस पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै मौलिक पहिचान, अस्तित्व सहितको संस्कृति झल्किने गरी सभ्य रूपमा यस पर्व मनाउने सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित ग्याल्पो ल्होसार २०८१ को शुभकामना व्यक्त गर्दछु ।


१६ फागुन २०८१                                                        किरण बाबु पुन
ने.सं. १४४५ सिल्लागा आमै                                               महाप्रबन्धक

Gyalpo Lhosar.jpg
ग्याल्पो ल्होसारको शुभकामना

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij