सांस्कृतिक संस्थानको अत्याधुनिक डिजिटल रेकर्डिङ स्टुडियो
२४ असोज २०८२ काठमाडौँ ।
गीत, धून तथा पार्श्व सङ्गीत रेकर्डिङ गर्न, प्रदर्शनीयुक्त संस्कृति सम्बन्धी श्रव्य सामग्री निर्माण गर्न र डकुमेन्ट्री तथा चलचित्र स्वराङ्कनका लागि सांस्कृतिक संस्थानको रेकर्डिङ स्टुडियो उपयुक्त गन्तव्य बनेको छ ।
रेकर्डिङ स्टुडियो सम्बन्धी भिडियोः
Youtube:-[ https://youtube.com/shorts/V1RiH3rl4TU?si=QL39c4P9ShJ2zI18 ]
Facebook Reels: [ https://www.facebook.com/share/r/17BtPSnsSW/ ]
राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्म ६६ वर्षीय इतिहासमा विभिन्न कार्यकालका सञ्चालक समितिका निर्णयहरूमा निर्माण गर्ने भनी निर्णयमै सीमित निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनका लागि अत्याधुनिक डिजिटल रेकर्डिङ स्टुडियो निर्माण भई पहिलोपटक सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले नेतृत्व ग्रहणगरेसँगै सुशासन स्थापना सहित उत्पादनमैत्री क्रियाकलापलाई जोडदिँदा संस्थानको आन्तरिक आयस्रोतबाटै रेकर्डिङ स्टुडियो निर्माण गरी ऐतिहासिक कार्य गर्न संस्थान सफल भएको हो । नेपाल सरकारको एकमात्र निकाय जहाँ सजीव कलाको माध्यमबाट संस्कृति संरक्षण तथा प्रवर्द्धन गरिन्छ, त्यहाँ कलाकार कर्मचारी कार्यरत हुन्छन् । कार्यप्रकृति अनुसारको अपरिहार्य रेकर्डिङ स्टुडियो नहुँदा सजीव कला सम्बन्धी सिर्जनशील क्रियाकलाप प्रदर्शन गर्ने उपयुक्त वातावरणबाट वञ्चित कलाकार कर्मचारीहरूले प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने वातावरण निर्माण भएको छ । डिजिटल युगसँगै रेकर्डिङ स्टुडियोलाई डिजिटल उत्पादनमैत्री बनाउन व्यावसायिक हिसाबले सञ्चालन गरिने भएकाले संस्थानको आयस्रोतको मार्ग समेत प्रशस्त भएको छ ।
सांस्कृतिक संस्थानको विशेष समारोह, २०८१ मार्फत मिति २०८१ माघ ८ गतेका दिन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट सो रेकर्डिङ स्टुडियो समुद्घाटन गरिएको थियो ।