मौलिक टप्पा गीत ''भेडी गोठ''

मौलिक टप्पा गीत ''भेडी गोठ''


 

मौलिक टप्पा गीत ''भेडी गोठ''

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति प्रदर्शनी सम्बन्धी एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:-

New Nepali Typical Tappa Song 2083 | Bhedi Goth | मौलिक टप्पा गीत | भेडी गोठ | Kiran Babu Pun | Tika Pun| Sushila Thapa | Shekhar Gharti Magar | Bina Biswakarma | Akkal Bdr Pakhrin |

नमस्कार । सांस्कृतिक संस्थानद्वारा आफ्नो अभिभारा बमोजिम मौलिक टप्पा गीत ''भेडी गोठ''को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ । यस गीतको रचना र संगीत संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको रहेको छ भने आवाज महाप्रबन्धक ज्यू स्वयम् र लोकप्रिय गायिका श्री टीका पुनज्यूको रहेको छ । सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली ज्यू, वाद्यवादक क्रमश: श्री रत्न बिक ज्यू, श्री मदन रेग्मी ज्यू र श्री कमल कुमार बिक ज्यू, निर्देशक श्री शेखर घर्ती ज्यू, छायांकार श्री सरोज ठकुरी ज्यू, दृश्य सम्पादक श्री मनिष कार्की ज्यू, नृत्य संस्थानका कलाकार क्रमश: श्री सुशिला थापा ज्यू, श्री शेखर घर्ती मगर ज्यू, श्री अक्कल बहादुर पाख्रीन ज्यू, श्री बिना विश्वकर्मा ज्यू, श्री वविता मगर ज्यू र श्री मौनता मुडभरी ज्यू, भेषभूषा श्री नारायणी पाण्डे ज्यू र मेकअप श्री सीता तामाङ केसीज्यूको रहेको छ । मौलिक संस्कृतिलाई श्रव्यदृश्यको माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि यस गीतको महत्त्वपूर्ण भूमिका रहने विश्वासका साथ हेरेर, शेयर गरेर, टिकटक बनाएर साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।

"सांस्कृतिक संस्थान परिवार" 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij