सादर निमन्त्रणा'
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको आयोजनामा संस्कृति भित्रको प्रमुख अवयव मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ दशैं, तिहार तथा छ्ठ पर्वको अवसरमा “चाड पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम २०८१” मा सादर निमन्त्रणा छ ।
कार्यक्रम : “चाड पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम २०८१”
मिति : २०८१ असोज १८ गते, शुक्रबार
समय : दिनको २:४५ बजे
स्थान : सांस्कृतिक संस्थानको मेघा हल, जमल, काठमाडौं ।
"चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम-२०८१"
संस्कृति मानव जातिको स्थायी पहिचान र संस्कृति सभ्यता हो। संस्कृतिको जन्म, विकास, विस्तार र विनाश समय कालखण्डमा परिवर्तन हुँदै आएकोछ। कतिपयसंस्कृति व्यक्तिबाट सुरुभयो । जसकोलिखित इतिहास छ । कतिपय संस्कृति कसले सुरु गर्यो ? कहिले सुरु भयो, त्यसको कुनै लिखित लेखाजोखाका इतिहास भनेछैन । जुननिरन्तर संस्कारको रूपमा चल्दै आएकोछ ।चाडर पर्वहरू संस्कृतिका मुख्य आधारहुन् । दशैंलोक संस्कृतिहो। आजआफ्नो संस्कृतिको अवहेलना गर्ने र बाह्य संस्कृतिको अनुकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ।अनादिकालदेखिरहिआएको धार्मिक सहिष्णुता हाम्रो अनुकरणीय सम्पदा हो ।आधुनिकता, पश्चिमी सभ्यताको प्रकोप, सूचना सञ्चार प्रविधिको विकास र परम्परागत सभ्यता र पेसाप्रतिको वितृष्णाले सांस्कृतिक संरक्षण र संवर्द्धन चुनौती बनेको छ ।यसले बिस्तारै नेपाली पहिचान हराउँदै जाने देखिन्छ । सांस्कृतिक परम्परा हाम्रो साझा पहिचानविविधताभित्रको एकता, सद्भाव र सहिष्णुता हाम्रो विशेषता हो।
संस्थानको बार्षिक कार्यक्रम अनुरुप बडादशैं, तिहार, छठ पर्व-२०८१ र नेपाल संवत् ११४५ को अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको मितितय भएको जानकारीकोलागि यहाँहरुमा अनुरोध गर्दछौ ।
१. बडादशैं
बडादशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुधपूजा आदि नामले जानिन्छ ।यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो ।यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो। दशैंले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । असत्य माथि सत्यको विजय हुनु भन्ने कुरा कुनै जातिविशेषको हुनै सक्दैन । दशैंको दशमीको दिनको भने विशेष महत्त्व छ । यस दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट मन्त्रोच्चारण सहित अक्षता र जमरा ग्रहण गर्ने र आशिष थाप्ने चलन छ । विजयादशमीको अवसरमा एक आपसमा उन्नति, प्रगति एवं सुस्वास्थ्यको शुभकामना आदान प्रदान गर्ने चलन छ । दशैं कुनै जाति र धर्म विशेषको चाड नभई सबै जातजातिको महान् साझा चाडको रूपमा सुरु भएको देखिन्छ । यसलाई मनाउने तरिका फरक हुन सक्छन् ।
२. शुभ दिपावली (तिहार)
तिहार नेपालीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। यसपर्वलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ।यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ।यमपञ्चकमा क्रमश: काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।
३. नेपाल सम्बत्
नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय नेपाल संम्बत् हो।यसको प्रवर्तक शंखधर साख्वाः हुन्। प्रत्येक वर्ष दीपावलीको भोलिपल्ट नेपाल संम्बत् पर्दछ।कार्तिक शुक्लपक्षको प्रर्तिपदा तिथिबाट ऐतिहासिक नेपाल संम्बत् फेरिने गर्दछ।यस दिन नेवारी परम्परा र संस्कृति झल्कने भेषभूषा र बाजागाजा, नाचगान, नेपाल भाषा लिपी, खानपानका साथै आफ्ना परम्परागत मूल्य र मान्यतालाई संरक्षण गर्दै मौलिक संबत्को नयाँ वर्ष (न्हूँ: दँया: भिन्तुना) शुभकामना आदनप्रदान गरी दिन भरी धुमधाम रुपमा बिभिन्न किसिमका झाँकीहरु सहित टोल टोलमा र्याली गर्ने चलन रहेको छ।यसलाई नेपालभाषामा न्हूँ: दँया: भिन्तुना भन्दछन् ।
४. छठ पर्व
छठ पर्व नेपाल र भारतका मनाउने एक महत्वपूर्ण पर्व हो। सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
कलाकारहरु:
रामजी खाँड
१. रामजी खाँड लोकदोहोरी गायनको क्षेत्रमा चर्चित नाम हो । हजारौं लोकदोहोरी गीतमा स्वर दिइसकेका खाँडले युवा पुस्ताको रुचाइलाई आफ्नो पकडमा लिन सफल कलाकार हुन्।
२. राजा राजेन्द्र पोख्रेल
चर्चित हास्यव्यङ्ग्य कलाकार, प्यारोडी गायक तथा चर्चित उद्घोषकका रुपमा दर्शकहरुको मनमष्तिकमा छाप पार्न सफल कलाकार हुन् ।
३. दिनेश काफ्ले ( हाउडे दाइ)
त्यस्ता प्रतिभाशाली व्यक्ति हुन्, जसले आफ्नो मुखबाट फरक फरक एक सय बढी व्यक्तिको आवाज नक्कल गर्न सक्ने मुन्द्रेको कमेडी क्लबका हाउडे दाइ भनेर निक्कै राम्रो चर्चा कमाइ सकेका कलाकार हुन् ।
४. खड्क बहादुर पुन मगर (खबपु)
चर्चित हास्यव्यङ्ग्य कलाकार (खबपु) लाई अर्गानीक कमेडीयनको रुपमा परिचित छन्। हास्यकलाकार खबपु स्वभाव नै त्यस्तै छन्, प्रत्येक शब्द शब्दमा हँसाउने। हास्यव्यङ्ग्य कलाकारले कमेडी क्लबको गर्मिलो सेटमा छिरेपछि उनले देशवासीलाई पेट मिचिमिचि उनले अरूलाई हँसाएका मात्रै छैनन् आफू पनि हाँसिरहेका छन्।
सांस्कृतिक संस्थानका कलाकारहरु: | ||
१ | मनोज जोशी | नृत्य कलाकार |
२ | नरसिंह लाल श्रेष्ठ | वाद्यबादन कलाकार |
३ | तिर्थराज पोख्रेल | गायन कलाकार |
४ | दुर्गा प्रसाद खतिवडा | वाद्यबादन (बाँसुरी) कलाकार |
५ | रोहित सुवेदी | वाद्यबादन कलाकार |
६ | शिला बिष्ट | गायन कलाकार |
७ | दिपेन्द्र बज्रचार्य | गायन कलाकार |
८ | सीतामैंया राजचल | वाद्यबादन (सितार) |
९ | नरेश प्रजापति | वाद्यबादन कलाकार |
१० | लोकराज राई | वाद्यबादन (गिटार) कलाकार |
११ | सुक्रिमाया मोक्तान | वाद्यबादन (अक्टोप्याड) कलाकार |
१२ | मनिष कार्की | नृत्य कलाकार |
१३ | राधिका भण्डारी | गायन कलाकार |
१४ | शुष्मा थुलुङ राई | गायन कलाकार |
१५ | गीता घिमिरे थापा | नृत्य कलाकार |
१६ | माया थापा | नृत्य कलाकार |
१७ | सुशीला थापा | नृत्य कलाकार |
१८ | अक्कल बहादुर पाख्रीन | नृत्य कलाकार |
१९ | बिना बिश्वकर्मा | नृत्य कलाकार |
२० | स्मृति राई | नृत्य कलाकार |
२१ | स्वर्णीमा राई | नृत्य कलाकार |
२२ | सिर्जना किराती | नृत्य कलाकार |
२३ | एलिशा बिश्वकर्मा | नृत्य कलाकार |
२४ | सागर लामा | नृत्य कलाकार |
२५ | निशान राई | नृत्य कलाकार |
२६ | सन्त बहादुर गुरुङ | नृत्य कलाकार |
२७ | कृष कालिकोटे | नृत्य कलाकार |
२८ | मनिषा हमाल | नृत्य कलाकार |
२९ | छेमी डोल्मा शेर्पा | नृत्य कलाकार |
३० | सुमिना थापा मगर | नृत्य कलाकार |
३१ | केशर पुर्जा मगर | नृत्य कलाकार |
३२ | सिद्धार्थ सिल्वाल | नृत्य कलाकार |
३३ | सुबिन्द्र महर्जन | नृत्य कलाकार |
२०८१ असोज १८
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको आयोजनामा संस्कृति भित्रको प्रमुख अवयव मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ दशैं, तिहार, छ्ठ पर्व तथा नेपाल संवत् ११४५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री अरुण कुमार चौधरी ज्यूको प्रमुख आतिथ्यतामा “चाड पर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१” सभ्यभव्य रूपमा सम्पन्न भएको छ ।