सहकार्यमा तयार गरिएको कञ्चनजङ्घालाई नियाल्दा श्रव्यदृश्य:
सांस्कृतिक संस्थानले लोकसंस्कृति झल्कने र नेपाली नाटक, गीत सङ्गीत र नृत्यकलाको संस्थागत विकास एवं संरक्षण र संवर्द्धन तथा प्रवर्द्धन गर्नका लागि संस्थान सधैँ अझबढी रहेको छ । हाम्रा मौलिक कला संस्कृतिलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न र विदेशी संस्कृतिको बढ्दो प्रभावको कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्न सक्ने खतराबाट बचाउँन तथा मित्र राष्ट्रहरूमा भाइचारा सम्बन्धको विकास गदै नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकहरूमा पुर्याउने र नेपाली मौलिक लोक संस्कृतिको अनुसन्धान एवं दस्तावेजीकरण गर्ने उद्देश्यका कार्यहरू गदै आइएको छ ।
सोही सन्दर्भमा शिक्षण पद्धतिको विकास गर्न उपन्यास, नाटक, कथा तथा एकाङ्की श्रव्य दृश्य सामग्री तथा वृत्तचित्र नियात्रासँग सम्बन्धित श्रव्यदृश्य उत्पादन तथा पाठ्यक्रममा समावेश भएका नाट्य रूपान्तरण गरी नाटक मञ्चन गर्ने काम एक दशकदेखि शिक्षा पद्धति जीवन उपयोगी शिक्षा हुनुपर्छ भन्ने मान्यता साथ समाजसेवा, शिक्षा, स्वास्थ्य तथा युवा जागरणका लागि अभियान कार्यक्रमहरू आयोजना गर्ने योजना अनुरूप जीवनोपयोगी र गुणस्तरीय शिक्षाको माध्यमद्वारा जागरुक सचेत सुसंस्कृत र समुन्नत सोचको विकास गरी गतिशील समाजको विकास गर्न शिक्षण सिकाइ तथा शैक्षिक कार्यक्रम अन्तर्गत माध्यमिक तह कक्षा ९ को नेपाली विषयमा समावेश भएको “कञ्चनजङ्घालाई नियाल्दा” नियात्रा पाठको स्थलगत श्रव्यदृश्य सामग्री वृत्तचित्र सांस्कृतिक संस्थान, जमल काठमाडौँको सहकार्यमा तयार गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरलाई पेश गरिएको व्यहोरा जानकारीकालागि अनुरोध छ।
पृष्ठभूमि
अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो नेपाल। उत्तरी क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिरहेका सेता दन्तलहर जस्तै मिलेर हिउँको सेतो उर्पनामा सजिएर मुस्कुराइरहेका हिमश्रङ्खलाले नेपालको सुन्दरता बढाएका छन् । सूर्यको गुराँसेलालीको स्पर्शमा चम्कने हिमालको छातीबाट अविरल बग्ने चाँदी झैँ चम्कने सुन्दर झरनाको सङ्गीतमा डाँफेले गीत गाउँदा हिमालको काखमा मुनाल र मयुर आफ्ना आकर्षक पखेटा फिँजाएर नाच्छन् । हिमालको प्राकृतिक सुन्दताले सबै मन लोभिन्छन् र हिमाललाई नजिकबाट हेर्न, छुन र स्पर्श गर्न लालयित हुन्छन् । भीषण हिमपात तथा टन्टलापुर घाममा समेत सेतो हिउँको बर्कोमा सजिएर उभिएका हिमालले हरेक नेपालीलाई स्वभिमानको पाठ पढाएका छन् । विश्वमै हिमालै हिमालको देशका रूपमा चिनाएका हिमाल हाम्रो अमूल्य सम्पदा हो । नेपाल पर्यटनका दृष्टिले धर्तीको स्वर्ग हो । अनेकौ सम्पदाले भरिएको हाम्रो प्यारो नेपालको प्रकृति, संस्कृति र माटो गौरवशाली छ । यस्तै पृष्ठभूमी देखिन्छ कञ्चनजंङ्घा हिमाली क्षेत्रमा ।
कक्षा ९ को नेपाली विषयमा पनि ‘कञ्चनजङ्गालाई नियाल्दा’ पाठ ९ मा राखिएको छ। लेखक राजेन्द्रमान डंगोलले लेख्नुभएको नियात्राको विषय हो यो । यसमा लेखिएका कुरालाई नै खोज्दै हामीले कञ्चनजङ्गा वेस क्याम्प सम्म पुगेर वृत्तचित्रका लागि आवश्यक भिडियो छायांकन गरी वृत्तचित्र तयार पारेका छौं ।
कार्यक्रमको उद्देश्य:
काठमाडौंदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा आधार शिविर (वेस क्याम्प) सम्मको दृश्य पदयात्रा मार्फत क्यामरामा कैद गरी ‘कञ्चनजङ्गालाई नियाल्दा’ शिर्षकको वृत्तचित्र निर्माण गर्ने ।
गतिविधि:-
आज भन्दा करिब १२ बर्ष अघि कञ्चनजङ्गालाई नियाल्दाका लेखक राजेन्द्रमान डङ्गोल विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा आधार शिविर पुग्नुभएको थियो । सोही पाठको आधारमा हाम्रो टिम सो क्षेत्रको दृश्य कैद गर्न लागेको थियो । १२ बर्ष अघि र अहिले परिवेश निकै परिर्वतन भएको पाईयो ताप्लेजुङ सदरमुकामदेखि सेकाथुमसम्म अहिले सडक निर्माण भएर गाडी नै सञ्चालन भएको छ। त्यो समय हिँडेर जानुपथ्यो। अहिले मानिस हिड्न छाडेका छन् । पाठको आधारमा नै हाम्रो टिमले सबै दृश्य क्यामरामा कैद गर्न सफल भयो । हामीले स्थानीयलाई भेटेर कुराकानी पनि गर्यौं भने, गुराँस, लेकाली भेँडा, नदी र चराका चिरबीर आवाजलाई मुख्य प्राथमिकतामा राख्दै हाँसीरहेको हिमाललाई क्यामरामा कैद गर्यौं । हिमाली क्षेत्र हिड्न चुनौती थियो नै, अक्सिजनको कमी, हिउँको वर्षा र पहिरोको सामना गर्दै हामीले कञ्चनजङ्घा वेस क्याम्प पुगेर छायांकन सम्पन्न गर्यौ ।
![WhatsApp Image 2024-12-21 at 10.17.59.jpeg](https://sanskritiksansthan.gov.np/media-file/images/2024/12/1734755976-mnsf5.jpg)
सामग्री प्रयोग:-
उच्च गुणस्तरी वृत्तचित्र सामाग्री उत्पादन गर्नका लागि हाम्रो टिमले cannon 90 D क्यामरा २ वटा) जुन क्यामराले 4K क्वालिटी भिडियो कैद गर्छ र एउटा DJI ड्रोन क्यामरा प्रयोग गरिएको थियो । भिडियो छायंकन सम्पनन गरेपछि । सांस्कृतिक संस्थानका बाध्यवादकद्धारा वृत्तचित्रका लागि संगीत उत्पादन गरेका थियौं । साथै शुद्ध उच्चरण गर्ने उद्घोषकलाई पाठ वाचन गर्न लगाई उच्च आधुनिक प्रविधिको प्रयोग गदै भिडियो सम्पादन गरिएको छ ।
कक्षा ९ नेपाली विषयको पाठ ९ मा आधारित
वृत्तचित्र – कञ्चनजङ्घालाई नियाल्दा
लेखक – राजेन्द्र मान डंगोल
“कञ्चनजङ्घालाई नियाल्दा” नियात्रा पाठको स्थलगत श्रव्यदृश्य सामग्री वृत्तचित्र तयार गर्न प्राविधिकहरूले १४ दिन स्थलगत भ्रमण गरी र सम्पादनकालागि ७ दिन गरी जम्मा २१ दिनमा कञ्चनजङ्घालाई नियाल्दा श्रव्यदृश्य निमार्ण सम्पन्न गरिएको थियो ।
छाँयाङ्कन
रबिन भट्टराई
राजेन्द्र श्रेष्ठ
चक्रबहादुर श्रेष्ठ
सम्पादन
रबिन भट्टराई
धुन परिकल्पना तथा परिचालन
कुमार सानु पुन
उद्घोषण
हरि पुन मगर
व्यवस्थापन
प्रेमध्वज जि.सी.
अनुपम शर्मा
चक्रबहादुर श्रेष्ठ
मनिष कार्की