२०८१ असोज ९ र १० गते 'दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न' स्थान : सांस्कृतिक संस्थानको मिनी हल, जमल, काठमाडौं ।
सांस्कृतिक संस्थान र काठमाडौं महानगरपालिकाको संयुक्त प्रस्तुति शिक्षालाई व्यावहारिक बनाउने प्रमुख उद्देश्यकासाथ कामपा भित्रका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरू तथा अन्य गुरुवर्गको उल्लासमय सहभागितामा संस्कृत माविका बालबालिका तथा सांस्कृतिक संस्थानका कलाकारहरूको प्रस्तुतीकरणसँगै २ दिने "विशेष अभिमुखीकरण कार्यक्रम" सभ्यभव्य रूपमा सम्पन्न भएको छ । कामपाका सहरी योजना आयोगका श्री शैलेन्द्र झाज्यू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री देबेन्द्र कुमार काफ्लेज्यू प्रति विशेष आभार प्रकट गर्दै कामपासँग सहकार्यका लागि संस्थान प्रतिबद्धता व्यक्त गर्दछौं ।
२०८१ असोज ९ गते पहिलो चरणको प्रस्तुति ३:३० देखि ४:३० सम्म १. गीतः- संस्कृत माविबाट बालबालिकाको गायन प्रस्तुति २. नृत्य:- संस्कृत माविबाट बालबालिकाको नृत्य प्रस्तुति ३. मादलः- संस्कृत माविबाट बालबालिकाको मादल वादन प्रस्तुति
२०८१ असोज ९ गते दोस्रो चरणको प्रस्तुतिहरु ४:३० देखि ५:३० सम्म १. नृत्य:- मञ्जु श्री (सांस्कृतिक संस्थानका कलाकार) २. नृत्य:- घिंतामै (सांस्कृतिक संस्थानका कलाकार)
कार्यक्रमका अध्यक्ष तथा सांस्कृतिक संस्थान संचालक समितिका अध्यक्ष श्री चन्द्र कुमार राईज्यूले पहिलो दिनको कार्यक्रम समापन गर्नु भयो ।
२०८१ असोज १० गते ३:३० देखि ५:३० सम्म निम्न प्रस्तुतिहरु रहेका थिए । १. संस्कृत माविबाट बालबालिकाको गायन प्रस्तुति २. संस्कृत माविबाट बालबालिकाको मादल वादन प्रस्तुति ३. संस्कृत माविबाट बालबालिकाको नृत्य प्रस्तुति ४. नृत्य - घिन्तामै (सांस्कृतिक संस्थानका कलाकार)
कार्यक्रमका अध्यक्ष तथा सांस्कृतिक संस्थान संचालक समितिका अध्यक्ष श्री चन्द्र कुमार राईज्यूले दोस्रो दिनको कार्यक्रम समापन गर्नु भयो ।
Search
सांस्कृतिक संस्थान
सम्पर्क
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल काठमाडौं ।
फोन :९९७-१—५३४१३९८, ०१-५३२६१९६,
५३२११९४, ५३२१७०५, ९७७-१-९८५१२४२३७४
इमेल: culturalcorporationjamal@gmail.com
Email: sanskritiksansthan@nepal.gov.np
वेब: www.sanskritiksansthan.gov.np