२. “माटोको गीत” दोस्रो संस्करण “नेपाली संस्कृति” को दोस्रो श्रृंखला
- कार्यक्रम मितिः २०८१ वैशाख ७ गते शुक्रबार
- कार्यक्रमको अध्यक्षता:- .सांस्कृतिक संस्थान संचालक समितिका अध्यक्ष श्रीचन्द्रकुमार राई
- कार्यक्रमका विशिष्ट अतिथि :- पूर्व युवा तथा खेलकुद मन्त्री श्री महेश्वर गहतराज,
- कार्यक्रमका अतिथि:- श्रीकुस्मा महरा सदस्य सचिव, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान
- कार्यक्रम भएको समय :- साँझ ४:३० देखि ७:०० बजे सम्म
- कार्यक्रम स्थल :- सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय
- कार्यक्रमको अवधि :- करिव २:३० घण्टा
कार्यक्रमको विवरण:-
(क) राष्ट्रगान:- नेपालको गौरव र राष्ट्रिय पहिचान झल्काउने गीत हो।
(ख) लोक धुन:- मौलिक लोकभाकाहरु सङ्ग्रहित लोक धुनमा मङ्गल धुन, सेब्रु, देउडा, मारुनी, कौरा, वसन्त, मैथिली, थारु र टप्पा धुन समेटिएको छ ।
(ग) पश्चिममा कोही पूर्व घर (राष्ट्रिय भावले ओतप्रोत गीत):
नृत्य कलाकारहरु:- विना विश्वकर्मा, स्मृति राई, स्वर्णिमा राई, सुमिना थापा मगर, चन्दकली बस्नेत, सिर्जना किराँती, एलिशा विश्वकर्मा, छेमी डोल्कर शेर्पा, अक्कल बहादुर पाख्र्रिन, मनिष कार्की, सिद्धार्थ सिल्वाल, सुबिन्द्र महर्जन, कृष कालिकोटे, केशर बहादुर पुर्जा मगर, सन्तोष गुरुङ र निशान राई ।
(घ) घोडचढी नाच (पहाड क्षेत्रको प्रस्तुति):-
घोडचढी नाच तामाङ जातिको चाड पर्व विशेषमा प्रदर्शन गरिने नाच हो । सन् १८३३ देखि तामाङ जातिमा यो नाच उत्पत्ति भएको मानिन्छ । वीर रसमा आधारित यो नाचको वीरताको कथा पाईन्छ । यसमा गोरखाली राजा र तिब्बती राजाको कथा पाइन्छ । यस नाचमा युद्धकला प्रस्तुत गरिन्छ । युद्धमा कसैको हारजीत नहुने भएपछि युद्ध विराम, वार्ताबाट मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्दै उत्सव मनाएर घोडचढी नाच सकिन्छ । यसमा तामाङ जातिको उत्पत्ति सहित सामाजिक, आर्थिक र धार्मिक मान्यता यस नाचमा जोडिएको पाइन्छ ।
कलाकारहरू:- आईद घले, संग्याछिरिङ लामा तामाङ, फुर्प लामा तामाङ, सम्देन लामा तामाङ, विककि घले, लेम्ब घले , हिरा घले तामाङ, रेप्पा लामा घले, हिरा लामा घले, बुद्धि लामा तामाङ, विजय घले, जेबा घले, खैरो लामा तामाङ, विकेश घले, प्रिन्स घले, सेने तामाङ, माया घले, र एलिना घले ।
(ङ) चर्या नृत्य (कुमारी नृत्य):-
कलाकारहरू:- मनिषा हमाल, अस्मिता मगर, हिना सिंह, विना विश्वकर्मा, सुरवि मगर चन्द्रा ।
(च) छेच्यु नृत्य (हिमाली क्षेत्रको प्रस्तुति)
नेपालको ह्योल्मो जाति तथा हिमाली बौद्ध समुदायमा प्रचलित छेच्यु नाच छेच्यु पर्व विशेष नाच हो । यो नाच शुरु रिन्पोछेको जन्म तिथि शुक्ल पक्षको दशमीमा छेच्यु पर्व मनाउँदै यो नाच नाचिन्छ । पौराणिक बौद्ध ग्रन्थ अनुसार महान् गुरु रिन्पोछेद्वारा तान्त्रिक नृत्यको माध्यमबाट राक्षस माथि प्रतिकात्मक विजय प्राप्त गरेको विशेष उपलक्ष्यमा छेच्यु पर्व मनाउने थालनी भयो । ह्योल्मो भाषामा छेच्युको शाब्दिक अर्थ दशमी हो । गुरु रेन्पोछेको दुई खान्डोमाहरुको प्रभितक लगायत लामाहरूद्वारा विशेष तान्त्रिक पोसाक तथा टोपीहरू पहिरिएका लामाहरू, बौद्ध धर्मका विभिन्न देवदेवी लगायत धर्मपालहरुको तान्त्रिक नृत्य ‘भा छ्याम’ को समेत आकर्षक प्रस्तुति रहेको हुन्छ । नृत्य प्रस्तुत गर्ने महिला तथा पुरुष कलाकारहरू ज्येबा ज्येमाहरुद्वारा समेत मौलिक पोसाकमा सजिएर गोकलाका भई हात समाउँदै एउटै ताल र लयमा ह्योल्मो श्यावक आकर्षक ढङ्गबाट प्रस्तुत गरिन्छ । ज्येमाहरुद्वारा समेत आफ्नो मौलिक पोसाकमा सजिएर गोलाकार भई हात समाउँदै एउटै ताल र लयमा ह्योल्मो श्याबरु आकर्षक ढङ्गबाट प्रस्तुत गर्ने गरिन्छ ।
कलाकारहरू:- रञ्जन ह्योल्मो, रेली ह्योल्मो, ढुपा ह्योल्मो, याङजेन् ह्योल्मो, ढिकी ह्योल्मो, ग्याल्मु ह्योल्मो, गोसर ह्योल्मो, ज्ञयाम्जो ह्योल्मो, दावा ह्योल्मो, रेन्जेन ह्योल्मो, काले ह्योल्मो, तेन्जेन ह्योल्मो ।
(छ) नाटक (बलबाहु, अरनिको):- | |
पात्रहरू:– | |
अरनिकोको बुबा : | वसन्त बहादुर खड्का |
अरनिको को आमा/पञ्चतारा : | भुमिका परियार |
अरनिको/बलबाहु : | मिलन बहादुर खपाङ्गी |
अरनिको श्रीमती/गाउँले/पञ्चतारा : | अन्जु खड्का |
गाउँले/राजा : | कमल बसेल |
गाउँले कुब्लाई खां : | युगल लिम्बु |
गाउँले/फाक्पा : | विक्रम राई |
गाउँले/ड्रागन/कारलीगढ : | जय रसाइली, टेक विक्रम थापा, राजु राज पुरी, मनोज शाही (अमरमान), निशान चौलागाई गोविन्द बस्नेत |
गाउँले/पञ्च तारा : | सरस्वती खड्का, कुसुम राजवंशी, सबिता तामाङ |
गाउँले/कारलीगढ/कोतवाल/स्टेज म्यानेजर : | राजीव श्रेष्ठ |
नेपथ्यमा:- | |
लेखक/भेषभूषा पकिल्पना : | सबनम सिल्वाल |
निर्देशक/नाट्य परिकल्पना/मञ्च परिकल्पना: | राम भजन कामत |
प्रकाश परिकल्पना: | श्रवण कुमार राना मगर |
भेषभूषा सहयोगी : | नारायणी पाण्डे, भूमिका परियार |
सङ्गीत परिकल्पना : | विपिन घिमिरे |
सङ्गीत परिचालन : | सुर्य किरण हाङखिम |
गायन: | तीर्थराज पोख्रेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, राधिका भण्डारी |
प्रप्स – सेट निर्माण – सम्पूर्ण कलाकार |
(ज) कौरा नृत्य (गण्डकी प्रदेशको प्रस्तुति)
कौरा नृत्य मगर समुदायको प्रमुख मौलिक नृत्य हो । कौराको उत्पत्ति मगर दुरा भाषाको ‘कान–राहा’ शब्दबाट भएको मानिन्छ । ‘कान-राहा’ को अर्थ ‘हामी आयौँ’ भन्ने हुन्छ । रोदी घरमा रमाइलो गर्न जाँदा मामाले भान्जीलाई ‘कान–राहा’ अर्थात् हामी आयौँ भन्दै जाने क्रममा ‘कान–राहा’ बाट अपभ्रंश भई सौराहा, कौरा, कौडा हुन गएको पाइन्छ । कौरा मगरमा मात्र नभई गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ, दुरा, दरै आदि समुदायको पनि लोकप्रिय नृत्य हो । कौरा नृत्य पुरुषहरूले खैँजडी बजाएर अविवाहित युवतीहरूले झर्रा (पैजन) लगाएर नाच्ने गरिन्छ ।
कलाकारहरू:- संगम थापा मगर, पूजा थापा, यूजिना आले मगर, खुशी थापा मगर, कृष्मा थापा मगर, रक्षा सुनारी मगर, कबिता आले मगर, हर्क बहादुर बराल मगर, केशर थापा मगर, मन बहादुर थापा मगर, शम्भु थापा मगर, जङ्ग बहादुर आले मगर, सूर्य मणी गर्जा मगर, सन्देश थापा मगर, विक्रम सोटी मगर, पदम थापा मगर, रेशम थापा मगर ।
सहयोगी:- ओम थापा मगर, पद्मा थापा मगर, सगुन आले मगर ।
(झ) भोजपुरी नृत्य (मधेस प्रदेशको प्रस्तुति)
नेपालको दक्षिणी भेग तराईको मधेस प्रदेशमा लोक प्रिय रहेको यो नृत्य मिथिला क्षेत्रका किसान समुदायमा बढी प्रचलित छ, जुन वसन्त र शरद ऋतुलाई प्रतिनिधित्व गर्दै पर्व, उत्सवहरूमा गरिन्छ।
यो समयमा युवा युवतीले एक अर्का लाई आफूतिर आकर्षित गर्ने प्रयास गरी नृत्य गर्ने गर्दछन् । त्यसैले यस नृत्य शृङ्गारिक, माया पिरतीका भाव देखाउने नृत्यका रूपमा पनि लिइन्छ। नृत्यकारले गर्ने हाउभाउ, मुखाभिनय, छेड छाड, नखरा, अङ्ग सञ्चालन नै यस नृत्यको प्रमुख विशेषता हो ।
कलाकारहरू:- सुशिला थापा, सन्तोष गुरुङ्ग, विना विश्वकर्मा, स्मृति राई, सुमिना थापा मगर, एलिशा विश्वकर्मा, सिद्धार्थ सिल्वाल, सुबिन्द्र महर्जन, मनिष कार्की, कृष कालिकोटे ।
(ञ) लोकभजन
लोकभजन भन्नाले कुनै पवित्र पर्व उत्सव अवसरमा खैँजडी र मुजुराको सहारा लिई गाइने भक्ति रस प्रधान लोकगीतलाई बुझाउँछ । भजन खास गरी देवीदेवताको महिमा पूर्ण गुणगान गरिएका गीत हुन् । यी विभिन्न धार्मिक ग्रन्थहरूका विषय र प्रसङ्गहरूमा आधारित हुन्छन् । रामायण, महाभारत, गीता, कृष्ण चरित्र, गणेश, पुराण, शिव पुराण, स्वस्थानी व्रत कथा, एकादशी व्रत कथा आदि ग्रन्थहरूका विभिन्न प्रसङ्गहरूलाई भजनको विषय बनाइएको हुन्छ । चुड्का, रोइला जस्ता भजनहरूका कुनै कुनै टुक्काहरूमा भने अन्य प्रसङ्गहरू टिपिएको हुन्छ तापनि अधिकांश भजनहरूमा धार्मिक प्रसङ्गलाई नै उठाइएको हुन्छ । आराध्य देवी-देवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम, नाम कीर्तन, गुणगान भजन हो । अतः सामान्य कुनै देव–देवीको गुण–वर्णन गरिएको गीत भजन हो ।
कलाकारहरू:- अध्यक्ष : गोविन्द प्रसाद नेपाल, वरिष्ठ गुरु: पद्मकान्त पौडेल, मुकुन्द प्रसाद घिमिरे, उज्ज्वल मिश्र, गोपाल बहादुर सिटौला, मीना भण्डारी, इन्द्र प्रसाद लामिछाने, टंक प्रसाद दाहाल, नवराज कोइराला, गणेश बहादुर ओझा, दुर्गा लामिछाने, भगवती विडारी, उमा विडारी, जयन्ती अधिकारी, शारदा गजुरेल रविराज तिमल्सेना, बाबुराम ढकाल, वैकुण्ठ अधिकारी, केशव प्रसाद न्यौपाने, निर्मला इटनी ।
(ट) गायक/गायिका (कलाकारहरु):- तीर्थराज पोख्रेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, विपिन घिमिरे, राधिका भण्डारी, सुष्मा थुलुङ राई ।
(ठ) वाद्यवादन (कलाकारहरु):- खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, धनबहादुर गुरुङ, अनुप दास, सितामैया राजचल, भरत बुढाथोकी , सुक्रिमाया मोक्तान, छेवाङ तेन्जेन लामा, धर्म गन्धर्व, ।