स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस | Musical Tribute To Narayan Gopal | Sanskritik Sansthan | Samjhanama Narayan Gopal [2082]

स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस | Musical Tribute To Narayan Gopal | Sanskritik Sansthan | Samjhanama Narayan Gopal [2082]


 

Sanskritik Sansthan Presents:-

स्वरसम्राट नारायण गोपालको ३५ औं स्मृति दिवस | Musical Tribute To Narayan Gopal | Sanskritik Sansthan | Samjhanama Narayan Gopal [2082]

सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यज्यूको ३५ औं स्मृति दिवसको अवसरमा संवत् २०८२ साल मंसिर १९ गतेका दिन संस्थानले श्रद्धार्पणका साथ “सम्झनामा नारायण गोपाल साङ्गीतिक समर्पण कार्यक्रम, २०८२” [ https://sanskritiksansthan.gov.np/con... ] सम्पन्न गरेको छ । संस्थानका अध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूको सभाध्यक्षता, पशुपति क्षेत्र विकास कोषका नि.सदस्य सचिव तथा कार्यकारी निर्देशक श्री सुभाषचन्द्र जोशीज्यूको प्रमुख आतिथ्यता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, नारायण गोपालज्यूको परिवारजनका सदस्य श्री निराल गोपाल गुरुवाचार्य ज्यू लगायतको आतिथ्यतामा संस्थानको मिनी हल, जमल, काठमाडौँमा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वरसम्राट नारायण गोपालज्यूको परिवारजनको तर्फबाट उहाँको सहोदर भाइ श्री लक्ष्मण गोपाल गुरुवाचार्यज्यूलाई सम्मान गर्दै संस्थानका कलाकारद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्वरसम्राटद्वारा स्वरबद्ध कालजयी गीतहरूको प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा प्रस्तुत गरिएका गीतहरूः

क) सबलाई सुख होस् (प्रस्तुतिः तिर्थराज पोख्रेल) (शब्दः लक्ष्मण लोहनी, सङ्गीतः नातिकाजी, स्वरः नारायण गोपाल)

ख) लौ सुन म भन्छु (प्रस्तुतिः राधिका भण्डारी) (शब्द/सङ्गीतः गोपाल योञ्जन, स्वरः नारायण गोपाल)

ग) तुयुगु भ्वं जिगु जिन्दगी खः (प्रस्तुतिः दिपेन्द्र बज्राचार्य) (शब्दः गिरिजाप्रसाद जोशी, सङ्गीत/स्वरः नारायण गोपाल)

घ) झरेको पात झैँ (प्रस्तुतिः शिला विष्ट) (शब्दः कालिप्रसाद रिजाल, सङ्गीत/स्वरः नारायण गोपाल)

ङ) मलाई नसोध (प्रस्तुतिः विपिन घिमिरे) (शब्दः हरिभक्त कटुवाल, सङ्गीत/स्वरः नारायण गोपाल)

च) सिरिमा सिरी (प्रस्तुतिः सामूहिक गायन) (शब्द/सङ्गीतः जनकवि केशरी धर्मराज थापा, स्वरः नारायण गोपाल र ज्ञानु राना)

छ) वाद्यवादनः तिर्थराज पोख्रेल, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, नरेश प्रजापति, सितामैयाँ राजचल, दिपेन्द्र बज्राचार्य, शुक्रिमाया मोक्तान र लोकराज राई

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij