Sanskritik Sansthan Presents:- Basanta Shastriya Sangeet Maha-Utsav [2026] | वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव, २०८२ | पहिलो दिन |
सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव, २०८२” :-
सांस्कृतिक संस्थानको आयोजनामा सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत दुई दिवसीय महा–उत्सव, २०८२” भव्यताका साथ सम्पन्न गरिएको छ । सांस्कृतिक संस्थाने विगतदेखि नै सांस्कृतिक पर्व वसन्त पञ्चमी तथा सङ्गीत/विद्याकी देवी सरस्वती पूजाको अवसरमा आयोजना गर्दै आएको वसन्त शास्त्रीय सङ्गीत उत्सवलाई नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ नयाँ शिराबाट सो महा–उत्सव आयोजना गरेको हो । संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको उक्त क्रियाकलापलाई व्यावहारिक बनाउन संस्थानको सेमिनार हलमा संवत् २०८२ पुस १७ गते अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूको सभाध्यक्षतामा ललितकला केन्द्रीय विभाग प्रमुख श्री डा.अञ्जु उप्रेतीज्यूको प्रमुख आतिथ्यता, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छालीज्यूको विशिष्ट आतिथ्यता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री हिसन समाल ज्यू, संस्थान समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम राष्ट्रिय परियोजना प्रबन्धक श्री धर्मराज दवाडी ज्यू, शास्त्रीय सङ्गीतका धरोहरहरू श्री श्रीराम आचार्य ज्यू, श्री धन बहादुर गोपाली ज्यू, श्री मोहन प्रसाद जोशी ज्यू, श्री सङ्गीता प्रधान राना ज्यू, श्री डा.रमेश पोखरेल ज्यू, श्री गोकुल लिम्बु ज्यू, श्री श्री केसी ज्यू, श्री जीवन आले ज्यू, श्री मिलन–मिलेश तण्डुकार ज्यू, श्री सुदर्शन राजोपाध्याय ज्यू लगायत शास्त्रीय सङ्गीत क्षेत्रका दिग्गज धरोहरदेखि अनुजसम्मका व्यक्तित्वहरूको आतिथ्यता एवम् सहभागितामा सो महा–उत्सव सम्पन्न गरिएको हो ।
दुई दिवसीय महाउत्सवको ''पहिलो दिन'' प्रस्तुत गरिका प्रस्तुतिहरूः
क) ८ माघ २०८२ समुद्घाटन समारोहका प्रस्तुतिः
१.भूमे नाच (२२ मुद्रा शास्त्रीय विधिविधानयुक्त नृत्य): भूमे पर्व संरक्षण नेपाल
२.दाफा गायनः थबही त्वाः तजः
३.चरिया नृत्यः सांस्कृतिक संस्थान
४.सुमन खत्री सहितको समूह वृन्दवादनः अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान
५.नेपालीपनयुक्त शास्त्रीय धूनः सांस्कृतिक संस्थान
६.वविता गोपालीको समूह कत्थक नृत्यः तिमिला एकेडेमी
७.शिव पौडेल नेपालीपनयुक्त शास्त्रीय गायनः महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान
८.हेमराज पुन (आश्रम) छोटा ख्यालः आश्रम सङ्गीत पाठशाला
९.मिलेश तण्डुकार सहितको समूह वादनः त्रिनेत्र सङ्गीत धुकु
१०.प्रमिला श्रेष्ठ रघुवंशीको समूह भरत नाट्यम बाल नृत्यः क्लासिक कल्बर सेन्टर
११.उमेश पण्डित, यतिराज अधिकारी जुगलबन्दीः शास्त्रीय सङ्गीत समाज
१२.नेपाली राग गायनः श्रीराम आचार्य