शीतल निवासमा सांस्कृतिक कार्यक्रम

शीतल निवासमा सांस्कृतिक कार्यक्रम


सांस्कृतिक संस्थानका कलाकारले शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ। सम्माननीय राष्ट्रपतिबाट २०७७ चैत ९ र १० गते हुने बंगलादेशको राजकीय भ्रमणअघि भ्रमणमा सहभागी हुने कलाकार टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो । कलाकार टोलीमा शारदा सिलवाल, दुर्गाप्रसाद खतिवडा, सशनम सिलवाल, माया थापा, सुशीला थापा, रेखा कटवाल, गीता थापा, नरेश प्रजापति, सूर्या कार्की, दीपेश माझी, सनम खड्गी, छवि थापा, शेखर घर्ती, सुजित श्रेष्ठ, नवीन गुरुङ, हरिशरण लामिछाने, वर्त गन्धर्व र शिभिरा लामा हुनुहुन्थ्यो।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij