सांस्कृतिक संस्थानको सात प्रदेश यात्रा : गुलरिया, बर्दियामा कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थानको सात प्रदेश यात्रा : गुलरिया, बर्दियामा कार्यक्रम सम्पन्न


IMG-20250426-WA0082.jpg

सांस्कृतिक संस्थानको सात प्रदेश यात्रा : गुलरिया, बर्दियामा कार्यक्रम सम्पन्न 


संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा सात प्रदेशका प्रदेश, स्थानीय सरकार र सरकारी एवम् गैरसरकारी विभिन्न संघसंस्थासँगको समन्वयमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता विशेष सचेतना नाटक सहित नेपाली संस्कृतिको प्रवर्द्धनका लागि जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” लिएर सांस्कृतिक संस्थान हाल सात प्रदेशको यात्रामा रहेको छ । यसै क्रममा लुम्बिनी प्रदेशका लागि गुलरिया, बर्दियास्थित जिल्ला समन्वय समितिको सभाहलमा मिति २०८२ वैशाख १२ गते शुक्रबारका दिन कार्यक्रम “नेपाली संस्कृति” सभ्यभव्य रूपमा सम्पन्न गरिएको छ । 

IMG-20250426-WA0050.jpg

IMG-20250426-WA0026.jpg

IMG-20250426-WA0024.jpg

कार्यक्रम “नेपाली संस्कृति” लाई नयाँ वर्ष २०८२ सालको अवसरमा वैशाख १ गते “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको हातबाट समुद्घाटन गरी सात प्रदेशको यात्रा गरिएको छ । युवालाई विदेशभन्दा स्वदेशप्रतिको मोह बढाउने सन्देश सम्प्रेषण गर्न वर्तमान नेपालको परिवेश प्रतिविम्बित महाकवि लक्ष्मीप्रसाद देवकाटा कृत लोकप्रिय खण्डकाव्यमा आधारित ‘गीति नाटक मुनामदन’, नेपाली समाजमा विद्यमान व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतनामूलक नाटक, नेपालको पहिचानयुक्त लोकगीत, लोकनृत्य तथा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृति समेत समेटिने गरी नवजागरणमूलक एवम् सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “नेपाली संस्कृति” लाई सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा सात प्रदेशमा प्रदर्शन गरिने छ ।

IMG-20250426-WA0007.jpg

IMG-20250426-WA0086.jpg

IMG-20250426-WA0069.jpg

संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूको संयोजकत्वमा, संस्थानका बजार व्यवस्थापक संयोजक श्री अनुपम शर्माज्यूको व्यवस्थापनमा, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको सभाध्यक्षता, नगरपालिकाका प्रमुखज्यूहरू, गाउँपालिकाकाका अध्यक्षज्यूहरू, नगरपालिका उपप्रमुखज्यूहरू, गाउँपालिकाका उपाध्यक्षज्यूहरू, स्थानिय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू तथा कर्मचारीहरू, जिल्लका सुरक्षा निकायका प्रमुखज्यूहरू, विभिन्न कार्यालय प्रमुखज्यूहरू, ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरू, वडा सचिवज्यूहरू, गैरसरकारी महासंघ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरूको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा स्वागत सहितको विशेष मन्तव्य प्रमुख जिल्ला अधिकारीज्यूको रहेको थियो भने उद्घोषण संस्थानका कलाकार सेवामा कार्यरत कर्मचारी श्री रोहित सुवेदीज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा समग्र नेपाली संस्कृति बोकेको ऐतिहासिक गीति नाटक मुनामदन, सचेतनमूलक नाटक व्यक्तिगत घटना दर्ता, झ्याउरे नृत्यका अलावा लापोन्मुख स्थानीय लोकसंस्कृति थारु समुदायको मुङ्ग्रहवा नाच ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानबाट र राउटे समुदायको मौलिक लोक नृत्य समेत स्थानीय समूहद्वारा प्रस्तुत गरिएको थियो । 

IMG-20250426-WA0016.jpg

IMG-20250426-WA0084.jpg

 

IMG-20250426-WA0081.jpg

IMG-20250426-WA0064.jpg


संस्थानका कलाकारहरू : रेखा कुमारी कटुवाल श्रेष्ठ, माया थापा, सुशिला थापा, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, रोहित सुवेदी, नरेश प्रजापति, गीता थापा, विपिन घिमिरे, अक्कल पाख्रिन, बिना विश्वकर्मा, शेखर घर्ती, अनमदर्शी बज्राचार्य (बालकलाकार) आदि ।


संस्थानका व्यवस्थापक तथा प्राविधिकहरू  : अनुपम शर्मा, प्रविन मगर, ओम प्रकाश बानियाँ, नारायणी पाण्डे, श्रीकृष्ण शाही, पेमा लामा, सीताराम ।

IMG-20250426-WA0021.jpg

वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने प्रमुख अभिभारा अनुरूप नेपालको पहिचानयुक्त लोकगीत, लोकधून, लोकनृत्य, लोकनाटक तथा समग्र लोकसंस्कृति झल्किने कार्यक्रम उत्पादन, प्रदर्शन तथा दस्तावेजीकरण गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूलमर्म अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतामा एकताको भाव सम्प्रेषण गर्न सात प्रदेशका अमूर्त संस्कृतिलाई समान ढंगले प्रदर्शनी गर्दै आफ्नोे ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ ।

IMG-20250426-WA0083.jpg

IMG-20250426-WA0087.jpg

IMG-20250426-WA0077.jpg

IMG-20250426-WA0078.jpg

बाँकी कार्यक्रम हुने मिति तथा स्थान : सुर्खेत वैशाख १४ गते । 
आयोजक : सांस्कृतिक संस्थान ।
प्रवर्द्धक : नेपाल पर्यटन बोर्ड ।
सहकार्य : नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ।
विशेष सहयोग : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ।
कलाकारहरू : सांस्कृतिक संस्थानका कलाकारहरू ।

IMG-20250426-WA0005.jpg

IMG-20250426-WA0020.jpg

IMG-20250426-WA0019.jpg

 

IMG-20250426-WA0008.jpg

IMG-20250426-WA0017.jpg

IMG-20250426-WA0025.jpg

IMG-20250426-WA0014.jpg

IMG-20250426-WA0010.jpg

IMG-20250426-WA0024.jpg

IMG-20250426-WA0022.jpg

IMG-20250426-WA0051.jpg

IMG-20250426-WA0011.jpg

IMG-20250426-WA0048.jpg

IMG-20250426-WA0052.jpg

IMG-20250426-WA0061.jpg

IMG-20250426-WA0038.jpg

IMG-20250426-WA0055.jpg

IMG-20250426-WA0009.jpg

IMG-20250426-WA0070.jpg

IMG-20250426-WA0028.jpg

 

 

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij