३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सांस्कृतिक संस्थानमा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । २०७८ पुस २७ गते भएको कार्यक्रममा नृत्य वाटिका, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम सांस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको हो ।




