हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित उपन्यास ‘एक चिहान’लाई नाट्य रूपान्तरण गरी सांस्कृतिक संस्थानमा पुनः मञ्चन गर्न थालिएको छ । रमेश बिजीले नाट्य रूपान्तरण गरेको यस नाटकलाई वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा मञ्चन गरिएको हो । नाटकमा मदन थापा, गीता थापा, सुशीला थापा, माया थापा, विपिन घिमिरे, रोहित सुवेदी, राजेन्द्र गड्तौला, आकाश त्रुप्छाके, नरेश प्रजापति, मिलन नेपाली, रामभजन कामत, दीपक पौडेल, ओमप्रकाश बानियाँ, सुस्मिता तामाङले अभिनय गरेका छन् । यो उपन्यास कक्षा १२ को अविवार्य नेपालीमा समेटिएकाले विभिन्न कलेजबाट सैयौंको संख्यामा विद्यार्थी नाटक हेर्न आउने गरेका छन् ।



