विश्व रंगमञ्च दिवसमा सिमलीफूल मञ्चन

विश्व रंगमञ्च दिवसमा सिमलीफूल मञ्चन


काठमाडौं:- विश्व रंगमञ्चदिवस (मार्च २७)को अवसरमा सांस्कृतिक संस्थानले वरिष्ठ चित्रकार एवं ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिकिरण मानन्धरको चित्रकलामा आधारित नाटक सिमलीफूल मञ्चन गरेको छ । संस्थानका नाट्य विभाग प्रमुख वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा मञ्चन गरिएको नाटक रोमाञ्चक र सन्देशमूलक पनि थियो ।
कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । ‘हाम्रो लोकनाटक, लोकसंस्कृतिमा जुन मिठास हुन्छ त्यो आधुनिक शैली र विधाका अन्य कुनै प्रस्तुतिमा पाउन सकिँदैन’, प्रमुख अतिथि न्यौपानेले भन्नुभयो, ‘मौलिक संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण तथा प्रवद्र्धन गर्नु राज्यको दायित्व हो ।’
सांस्कृतिक संस्थानका तत्कालीन अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नाट्यकर्मीको बाक्लो उपस्थिति थियो । सो अवसरमा डा. शिव रिजालले विश्व रंगमञ्च दिवसका अवसरमा अन्तर्राष्ट्रिय रंगमञ्च संस्था ‘वल्र्ड अर्गनाइजेसन फर द पफमिङ आट्र्स’ (आईटीआई)का फेस्टिभल डाइरेक्टर पिटर सेलार्स (अमेरिका)ले दिएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।
मञ्चित नाटक सिमलीफूलमा रेखा कटवाल श्रेष्ठ, सुशीला थापा, गीता थापा, माया थापा, सुजाता खनाल, अञ्जली शाह, ठगबहादुर थापा, राजीव श्रेष्ठ, रमेशबहादुर खड्का, रञ्जन प्याकुरेल, नरहरि पराजुली, विराज केसीको अभिनय थियो । यस्तै हेमराज मल्ल, लक्ष्मण देउवा, ज्योतिकुमारी शाह, प्रशान्त बगाले, निशान खत्री, सुदीप पटेल, जगतबहादुर भुजेल, चन्द्रा मगर, सुदीप भुसाल, तेजबहादुर बिक र आशिका महताराले पनि अभिनय गर्नुभएको थियो । नाटक मञ्चनको क्रममा अनुपम शर्मा, मनोज केसी, विज्ञान सुब्बा, दीपक पौडेल र ओम बानियाँले प्रविधिमा साथदिनु भएको थियो ।

2.jpg
undefined

3.jpg

4.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij