राष्ट्रपति भवनमा देउसीभैलो

राष्ट्रपति भवनमा देउसीभैलो


काठमाडौं:- राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सांस्कृतिक संस्थानका कलाकार तथा कर्मचारीको टोलीले राष्ट्रपति भवन, शीतल निवासमा देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । २०७९ कात्तिक ७ गते आयोजित कार्यक्रममा नेपाली लोककला, संस्कृति तथा परम्परा झल्किने विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । 

2-min.jpg
undefined


संस्थानका कलाकारले पारम्पारिक देउसीभैलोबाट सुरु गरेको कार्यक्रममा नचरी, हुर्रा, मारुनीलगायत विभिन्न लोकनृत्यहरू प्रस्तुत गरेको थियो । शारदादेवी सिलवाल, मनोज जोशी, रेखा श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, जसराज राई, मनिष कार्की, वीना विश्वकर्मा, रेनुका लामा, सुमिना मगर, सनम खड्गी, नवीन गुरुङ, अक्कलबहादुर पाख्रिन र बाबु सेन्चुरीलगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

3-min.jpg
undefined


सो अवसरमा तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला बिष्ट, विपिन घिमिरे र ममता गुरुङलगायतका गायकगायिकाले दियो बाली साँझको, जाग लम्क चम्क हे, धौले घरको, यो नेपाली शिर उचालीलगायत देउडा, देउसीभैलो गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वाद्यवादन कलाकार नरसिंहलाल श्रेष्ठ, खर्कबहादुर बुढा, लोकराज राई, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैयाँ राजचल, राजु भट्ट, तेजु श्रेष्ठ र विष्णुदेवले वाद्यवादनमार्फत विभिन्न नेपाली लोकधुन पनि प्रस्तुत गर्नुभएको थियो । 

4-min.jpg
undefined


सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईको नेतृत्वमा रहेको कलाकार तथा कर्मचारीहरूको टोलीमा वीरेन्द्र हमाल, पवित्रा पंगेनी, सुदर्शन थापा, पार्वती ज्ञवाली, प्रेमध्वज जीसी, वीना पोखरेल, सिभिरा लामा, अनुपम शर्मा, मनोज केसी, नारायणी पाण्डे, सुस्मिता तामाङ, अनिल शाही, दीपक पौडेल पनि देउसीभैलोमा सहभागी हुनुहुन्थ्यो ।


यसअघि २०७८ सालको तिहारमा पनि संस्थानका कलाकार तथा कर्मचारीको टोलीले राष्ट्रपति भवनमा राष्ट्रपतिको समुपस्थितिमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रपतिले कार्यक्रमको प्रशंसा गर्दै सांस्कृतिक संस्थानलाई धन्यवाद दिनुभएको थियो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij