पृथ्वीजयन्तीमा विशेष कार्यक्रम

पृथ्वीजयन्तीमा विशेष कार्यक्रम


काठमाडौं :- सांस्कृतिक संस्थानले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसम नाएको छ । कार्यक्रममा राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोकनृत्यहरू प्रस्तुत गरिएको थियो । 

1-min.jpg
undefined


कार्यक्रमका प्रमुख अतिथि पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको एकीकरण र अस्तित्वमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताउनुभयो । ‘हामीले पृथ्वीनारायण शाहलाई कुनै राजा महाराजाका रूपमा होइन, देश निर्माण गर्ने अभियन्ता र सांस्कृतिक एकताको सूत्रधार गर्ने नेताका रूपमा मानेका हौं’, पूर्वमन्त्री भट्टराईले भन्नुभयो, ‘नेपालको अस्तित्व कायम हुनुमा पृथ्वीनारायण शाहको महत्वपूर्ण देन छ ।’ 

2-min.jpg
कार्यक्रममा पूर्वमन्त्री भट्टराईले सांस्कृतिक संस्थानको पछिल्लो कार्यहरूको प्रशंसा गर्दैअब नयाँ पुस्तामा पनि सांस्कृतिक जागरण ल्याउन जरुरी रहेको बताउनु भयो । संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुलुकको पर्यटन विकासमा संस्कृति र प्रकृतिको महत्वपूर्ण योगदान रहने बताउनु भयो ।


कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत प्रसाद उपाध्याय लगायतले नेपालको एकीकरणमा पृथ्वीनारायणशाहको योगदानको चर्चा गर्दै संस्कृति प्रवद्र्धनमा सांस्कृतिक संस्थानको योगदानबारे आफ्नो भनाइ राख्नुभएको थियो । 


विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत दोस्रो चरणमा नृत्य एवंगायन प्रस्तुत गरिएको थियो । जसमा शारदादेवी सिलवाल र केशवराज राईको नृत्य संयोजन मार्फत कलाकार मनोज जोशी, मदन थापा, रेखा श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, वीना विक, सनम खड्गी, नवीन गुरुङ, मनिष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर पाख्रिन, सुरभी मगर, सुमिना मगर, बाबु सेन्चुरी, केशरबहादुर पुर्जा लगायत नृत्य कलाकारल ेसोरठी, साकेला, धिमे, झाँगड, सखिया, ट्याकुरी, छलिया जस्ता मौलिक नृत्य प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा तीर्थराज पोखरेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, विपिन घिमिरे, दुर्गा परियार लगायतले ‘जहाँ सुनकाबाला’, ‘यहीहो नेपाल’, ‘डर छैन देशकालागि ’जस्तागीत प्रस्तुत गर्नु भयो । गायन कलाकारलाई वाद्यवादनमा खर्कबहादुर बुढा, नरसिंहलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचल, नरेश प्रजापति, लोकराज राई, अनुप दास, तेजु श्रेष्ठ लगायतले वाद्यवादनमा साथ दिनु भएको थियो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij