काठमाडौं:- काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेको बेला आफ्नो कार्यालय परिसर सफा राख्न र डेंगुबाट सुरक्षित रहन सांस्कृतिक संस्थानले सरसफाइ अभियान चलाएको छ । महाप्रबन्धक अशोककुमार राईको नेतृत्वमा संस्थानका कलाकार तथा कर्मचारीले कार्यालयभित्र र बाहिर सरसफाइ गरेको हो ।
![2.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718170387-s6Qj1.jpg)
२०७९ मंसिर १२ गते बिहान ११ बजेबाट सुरु भएको सरसरफाइ अभियान दिनभर चलेको थियो । सांस्कृतिक संस्थान बेलाबेलामा सामाजिक अभियानमा पनि सहभागी हुँदै आएको छ । महाप्रबन्धक राईले सरसफाइ अभियानमा उत्साहका साथ सहभागी सबै कलाकार तथा कर्मचारीलाई धन्यवाद दिनुभयो ।
![4.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718170386-U1NGM.jpg)
![3.jpg](http://45.117.153.40/media-file/images/2024/06/1718170386-Hx6Rn.jpg)