५१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न अग्रज कलाकारलाई सम्मान तथा पुरस्कार

५१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न अग्रज कलाकारलाई सम्मान तथा पुरस्कार


सांस्कृतिक संस्थान स्थापनाको ५१औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । देश झल्किने सांस्कृतिक कार्यक्रमसहितको विशेष समारोहमा अग्रज स्रष्टा साधकलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो ।

3.jpg
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ संगीतकर्मी तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैयाँसहित ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ प्रदान गरियो । त्यसैगरी जनही ५१, ५१ हजार रुपैयाँसहित सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८० वरिष्ठ नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई, सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८० अभिनेत्री सुष्मा शाहीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८० वरिष्ठ संगीतकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई प्रदान गरियो ।

2.jpg
कार्यक्रममा २५ हजार रुपैयाँसहित यस वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार संस्थानका सहायक नृत्य प्रबन्धक केशवराज राईलाई प्रदान गरियो । त्यसैगरी सांस्कृतिक संस्थानको स्वर्ण महोत्सव र ५१औं वार्षिकोत्सवमा प्रस्तुत बाद्यवादन तथा संगीत संयोजकको भूमिका निर्वाह गर्नुभएका प्राज्ञ अशोक राईलाई कदरपत्र प्रदान गरियो । नेपाली सांगीतिक क्षेत्रमा लामो समय काम गरी यस क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई कदरपत्र प्रदान गरिएको हो ।

5.jpg
लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका लीलाधर बाँस्कोटालाई पनि कदरपत्र प्रदान गरिएको थियो । सांस्कृतिक संस्थानले सांस्कृतिक जागरणका लागि सञ्चालन गरेको एक प्रदेश एक स्थानीय तह नमुना कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशको कार्यक्रम सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

4.jpg
५१औं वार्षिकोत्सवको अबसरमा संस्थानले आफ्ना कर्मचारीमा निहित अतिरिक्त क्षमता उजागर गर्न आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान ग¥यो । जसमा भलिबल खेलमा विजयी प्रशासन शाखाका लागि पवित्रा पंगेनी र टिमका उपकप्तान प्रेमध्वज जीसीले पुरस्कार तथा प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । 

1.jpg
ब्याडमिन्टन महिला एकलतर्फ शवनम सिलवाल, ब्याडमिन्टन पुरुष एकलतर्फ मिलन नेपाली, चेस महिलातर्फ बिना पोखरेल, चेस पुरुषतर्फ सुदर्शन थापा, क्यारेमबोर्ड पुरुषतर्फ सुदर्शन थापा र क्यारेमबोर्ड महिलातर्फ शवनम सिलवाल विजयी हुनुभएको थियो ।


हिमाली भेगमा प्रचलित टुंगुनाको धुनसँगै याक नृत्यबाट सुरु भएको कार्यक्रम तराईमा प्रचलित होलीसम्म प्रस्तुत गरिएको थियो । कार्यक्रममा अरुण भ्यालीको पूर्वेली असारे गीत एवम् नृत्य, संगिनी नृत्य, खैंजेडी भजन तथा नृत्य, काठमाडौं उपत्यकको नेवारी गायन तथा नृत्य, तराईको भोजपुरी तथा मैथली गायन एवम् नृत्यलगायत पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण भेगसम्मका लोकसांस्कृतिक एवं राष्ट्रिय भावका गीतहरू समेत प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि सभामुख देवराज घिमिरेले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकलाई सांस्कृतिक रूपमा समुन्नत बनाउन सांस्कृतिक संस्थानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । त्यसैगरी संस्थानका महाप्रबन्धक अशोककुमार राईले संस्थानमा भइरहेका गतिविधि एवं उपलब्धिहरूको चर्चा गर्दै संगीन अवस्थामा गुज्रिरहेको संस्थान आत्मनिर्भरतर्फ अग्रसर रहेको जानकारी दिनुभयो ।


कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब सुरेश अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा समापन मन्तव्य दिँदै सचिव अधिकारीले संस्थानले पछिल्लो समय हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै ५१औं वार्षिकोत्सवमा प्रस्तुत कार्यक्रम उत्कृष्ट भएको बताउनुभयो ।

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij