त्यसैगरी दोश्रो श्रृखला पौष ६ गते भएको थियो यस दिनको प्रस्तुतिमा पर्यटक व्यबसायी सम्बन्धी संघ संस्थाहरुको उपस्थित रहेको थियो ।
नेपाल पर्यटन बोर्ड र संस्कृति संस्थानको सहकार्य रहेको यस कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ ।
|
कार्यक्रमलाई ब्यबस्थित र चलायमान बनाउँन निम्न किसिमका कलाकार तथा कार्यक्रम ब्याबस्थापकहरुको ब्यबस्था गरीएको थियो ।
|
प्रस्तुति छनोट तथा अनुगमन समिति
|
प्राज्ञ नारायणदेवी प्रधान – सल्लाहकार (वरिष्ठ नृत्यविज्ञ)
|
श्री प्रेमनाथ अधिकारी – सल्लाहाकार (पूर्व अध्यक्ष सास्कृतिक संस्थान)
|
प्राज्ञ धीरेन्द्र प्रेमर्षि – सल्लाहाकार (वरिष्ठ साहित्यकार तथा संस्कृतिविद्)
|
डा.भक्त राई – सल्लाहाकार(वरिष्ठ संस्कृतिविद्)
|
प्राज्ञ अशोक राई – संयोजक (वरिष्ठ सङ्गीतकार)
|
श्री मनोज जोशी – प्रतिनिधि सांस्कृतिक संस्थान (नृत्यविज्ञ)
|
श्री कृष्ण गुरुङ – सदस्य (वरिष्ठ वाद्यवादक)
|
श्री खर्क बुढामगर – सदस्य (वरिष्ठ वाद्यवादक)
|
श्री सुदर्शन थापा – सदस्य सचिव (प्रमुख अभिलेख शाखा सांस्कृतिक संस्थान)
|
|
नेपाली सांस्कृतिक कार्यक्रम
|
१. मौलिक धुन
|
विभिन्न प्रदेशहरुमा प्रचलित मौलिक लोकधुनहरुलाई समेटेर तयार पारिएको यी धुनमा ठाडो भाका–सुदूुरपश्चिम, धिमे बाजा– नेवारी, पश्चिम नेपालका थारु समुदायको–सखिया भाका, मैथिली लोकलयमा आधारित, मादल ताल–सनाइले साथ दिने, वालुङ भाका–वालुङ समुदायको परम्परागत लोकलय, स्याब्रो भाका– सेर्पा समुदायमा प्रचलित परम्परागत धुन, पूर्वेली लोकभाकामा आधारित धुन, कौरा ताल, लाखे नाच – नेवारी समुदायमा प्रचलित परम्परागत लोकलय, सिङ्गारु भाका– कर्णाली प्र्रदेशमा प्रचलित लोकभाका समेटिएको छ ।
|
|
वाद्यवादन ;-
|
भरत नेपाली – सारङ्गी मनोहर सुनाम – भ्वाइलिन भरत बुढाथोकी – ताल वादन
|
देव राई – बेस गितार गोपाल देव – बाँसुरी धन बहादुर गुरुङ – सनाई
|
छेवाङ तेन्जिङ लामा – टुङ्ना पोषण घर्ती मगर – ताल वादन प्रभात तामाङ – टुङ्ना
|
नरसिङ लाल श्रेष्ठ – हार्मोनियम दुर्गा खतिवडा – बाँसुरी लोकराज राई – सन्तुर
|
रोहित सुवेदी – किवोर्ड सितामैंया राजचल – सितार नरेश प्रजापति – ताल वादन
|
सुक्रिमाया मोक्तान (निमा)– ताल वादन
|
|
२. वालुङ नृत्य
|
यो नाच नेपालको उत्तरी भेगमा बसोबास गर्ने वालुङ समुदायले गर्ने गर्दछन् । विशेष गरेर प्रस्तुत नृत्य विभिन्न प्रकारका चाडपर्वहरुमा सामूहिक रुपमा प्रस्तुत गर्ने गर्दछन् ।
|
कलाकारहरु:-
|
टासी डोमा पेमा ढिकी पेमा डोमा
|
छिरिङ फुटिक (क) दावा किया छिरिङ फुटिक (ख)
|
नवाङ छोडन कुन्जोक डोमा पेमा याङडोल
|
|
३. सोरठी नृत्य :-
|
यो एउटा पुरानो लोकप्रिय नृत्य हो । विशेष गरेर नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने गुरुङ्ग, मगर समुदायमा यो नृत्य प्रस्तुत गरिने गरिन्छ । राजा जयसिंगे र हेमैती रानीको जीवनमा घटेका घटनाहरुलाई प्रतिबिम्वित गर्दे सोरठी नृत्य गर्ने गरिन्छ । यहाँ धादिङ्ग र गोरखाको केही ठाउमा प्रचलित सोरठी नृत्यलाई समेटिएको छ ।
|
कलाकारहरु:-
|
सनम खड्गी नवीन गुरुङ दीपेश माझी
|
मनीष कार्की अक्कल पाख्रिन सूर्य कार्की
|
सुरवि मगर समी गुरुङ सुमीना थापा मगर
|
|
३. घाटु नृत्य
|
घाटु नृत्य विशेषतस् गुरुङ जातिमा प्रचलित लोकनृत्य हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औंसीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरूङहरूको लोक संस्कृतिमा आधारित एउटा गीती (नाटक हो ।
|
जंगरास गुरुङ्ग राजु गुरुङ्ग श्याम कुमार गुरुङ्ग कृष्णप्रसाद गुरुङ्ग कमान सिंङ्ग गुरुङ्ग डेक बहादुर गुरुङ्ग ईन्द्र बहादुर गुरुङ्ग अर्जुन गुरुङ्ग पञ्च बहादुर गुरुङ्ग बम बहादुर गुरुङ्ग वीर कासी गुरुङ्ग पुष्पराज गुरुङ्ग
|
|
४. च्याबु्रङ नृत्य :-
|
लिम्बू जातिको मौलिक सांस्कृतिक एवं ऐतिहासिक मुन्धुमी बाजा के (च्याब्रुङ) हो । लिम्बू समुदायमा यो बाजाको अत्यन्तै ठूलो महत्व छ । विशेषतः लिम्बू जातिभित्र सांस्कृतिक रुपमा कुनै पनि शुभकार्यमा यसको अनिवार्यता हुन्छ ।
|
च्याब्रुङ एक प्रकारको ताल बाजा हो । यसको दाहिने तालक उच्च मात्र होइन लामो र कम्पन सहितको “च्याङ” आवाज आउँछ । यो तलको आवाजका कम्पन र गर्जन बाघ गर्जे जस्तै आउने हुनाले लिम्बू जातिले –(यो बाजा) च्याब्रुङलाई के (बाद्य) भन्ने गरिएको हो । देब्रे ताल चाहि सामान्य बेस आवाज मात्र आउने भएकाले यसको आवाजलाई लिम्बूहरुले “ब्रुङ” भन्छन् । यसरी यो बाजाको नाम च्याब्रुङ भएको भनेर पनि भन्छन् । यो बाजा अन्य ताल बाजाहरु जस्तै दुईतिर छालाकै तानाले कसिएको हुन्छ ।
|
च्याब्रुङ बनाउन काठ, बाँस, छाला अनिवार्य आवश्यक पर्छ । दाहिने तालको मृगको छाला र देब्रे तालको लागि गाई या गोरुको छाला हुनु पर्छ । काठ चाहिँ मुन्धुम अनुसार हङ्गेसिङ् (खमारी) कै रुख हुनुपर्छ । तथापि आजभोलि यी सामग्रीहरु उपलब्ध नभए अन्य सामग्रीबाट च्याब्रुङ निर्माण गरेर काम चलाउने गरेको पाइन्छ ।
|
कलाकारहरु:-
|
उदय बेघा विवेक बेघा सुकराज बेघा
|
छयम चेम्जोङ प्रमिला तुम्बाहाम्फे सिम्रान लामा
|
मोहनी माया राई सुस्मिता मोक्तान लाल बहादुर बेघा
|
बेन बहादुर बेघा दिलिप लुङफुङवा डिल्ली चोङबाङ
|
एलन लिङथेप लिम्बु एलाइभ लिङथेप लिम्बु आर्जु मगर
|
|
५. हुड्केली नृत्य;-
|
सुदूरपश्चिमको डोटी, डडेलधुरा, बैतडी आदि जिल्लाहरुमा प्रचलित नृत्य हुड्केली खास गरी दमाईजातिले गर्दछन् । यो नृत्य मुगल साम्राज्यलाई तरबारको भरमा अन्त गरिएको झझल्को दिंदै नाचिने नृत्य हो ।
|
कलाकारहरु :-
|
सनम खड्गी सौरभ न्यौपाने सिद्धार्थ सिल्वाल
|
समिर श्रेष्ठ बाबु सेन्चुरी
|
|
६. साकेला नृत्य;-
|
साकेला नृत्य नेपालको पूर्वी क्षेत्रका किरात राई समुदायको निकै लोकप्रिय नृत्य हो । किरात राई समुदायले सामान्यतया वर्षको दुई पटक उधौली र उभौलीका बेलामा प्रकृति र पितृ पूजा गर्ने अवसरमा यो नाच नाच्ने गरिन्छ ।
|
कलाकारहरु;-
|
दिपेश राई दीपेश चाम्लिङ चक्र पुलामी जस बहादुर राई
|
अमर राई दीलकर्ण राई संजीब राई अमन किरांत
|
सरगम राई शुष्मा राई चन्द्रकला राई लक्ष्मिशोभा राई
|
सोनिया राई सिम्रन राई एलिसा राई प्रतिमा राई
|
सृजना राइ नुनिमा किरांत रश्मि राई शुशिला राई
|
|
७. झिझिया नृत्य :-
|
झिझिया नाचको आफ्नै प्रकारको गीत र लय छ । झिझिया गीत गाउने क्रममा एक निश्चित स्थानमा गोलाकार रुपमा नाचिन्छ । भौगोलिक क्षेत्र अनुसार गीतहरु मैथिली वा भोजपुरीमा छन् । गीतमा ढोल र भ्याम्टा जस्ता लोक वाद्ययन्त्रमा नाच्ने गरिन्छ । यसमा दुई प्रकारका गीतहरु गाइन्छ ।
|
१. पहिलो दुर्गा देवीको प्रशंसामा,
|
२. दोस्रो गीत बोक्सर कालो जादु विरुद्ध सुरक्षाका लागि गाइएको भनिन्छ ।
|
यस झिझिया पूर्ण रुपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवीस्तुतिको लोकपरम्परामा आधारित लोकनृत्य प्रस्तुत गरिएको पाइन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सी, जादु, मन्त्रबाट आफ्नो सन्तानको सुरक्षा गर्ने भन्ने बुझिन्छ ।
|
|
कलाकारहरु:-
|
विना विश्वकर्मा स्मृति राई सुमिना थापा मगर
|
सुरुवि मगर (चन्द्र) स्वर्णिमा राई समी गुरुङ
|
|
८. नाटक – सिया चरित
|
सिया–हलोको सियाबाट जन्मिएकी, ठुला ठुला व्यक्तिले उठाउन नसक्ने शिवधनुष सजिलै उठाएर सीता कहलिएकी, मिथिला राज्य विदेहकी पुत्री– वैदेही अथवा राजा जनककी पुत्री–जानकी, आदि नामले प्रसिद्घ एक आर्दशपत्नी, आर्दशमाता, आर्दश भाउजू, आर्दश बुहारी, आदर्श महारानी र समग्रमा भन्नुपर्दा एक आर्दश नारीका रुपमा बहुचर्चित सीता नेपालकी पुत्री हुन् । तसर्थ उनलाई एक राष्ट्रिय विभूतिको रुपमा पनि लिइएको छ ।
|
यिनै गुणहरुबाट सम्पन्न सीता तत्कालीन समयको मिथिला (हाल नेपालको जनकपुर) का राजा जनकले वर्षा परेको खडेरीलाई हटाउन हलो जोत्ने क्रममा हलोको सियाबाट सिया जन्मिएकी, तत्पश्चात खडेरी हटेको खुशियाली, सीताको बाल्यावस्था, किशोरावस्था, सीताले शिवधनुष उठाएपछि त्यही शक्ति अनुरुपको वर खोज्न स्वयंवरको आयोजना गरी रामसङ्गको स्वयंवर भएसम्मको प्रस्तुति यस नाटकद्वारा प्रस्तुत गरी सीता नेपालकी पुत्री हुन् भन्ने देखाइएको छ ।
|
|
कलाकारहरु:-
|
पात्र
|
१) राजा जनक - रामभजन कामत
|
२) रानी सुनैना - कशीश शासनकर
|
३) सीता - सन्जिता भण्डारी
|
४¬) मध्य सीता - दक्षता खतिवडा
|
५) राम , गाँउले- निर्णय विक्रम डंगोल
|
६) लक्ष्मण, गाँउले- यादव बहादुर बस्नेत
|
७) ऋषि वशिष्ठ, गाँउले- विनोद बुढाथोकी
|
८) सैनिक- नवीन चौहान
|
९) सैनिक- सौगात आचार्य
|
१०) महात्मा- राजीव श्रेष्ठ
|
११) महात्मा- आशिष मगर
|
१२) महात्मा- मनोज शाही (अरमान)
|
१३) दमाहा, गोरु, गाँउले- समीर घिमिरे
|
१४) दमाहा, गाँउले- मनीष चौलागाईं
|
१५) गोरु, गाँउले, राजा- राम कुमार श्रेष्ठ
|
१६) गाँउले - प्रमोद बाबु
|
१७) गाँउले, राजा - शुशील गौतम
|
१८) गाँउले, राजा- समीर खान
|
१९) गाँउलेहरु- भूमिका परियार, एरिका श्रेष्ठ, राधा बस्नेत, सुसन राई, सुनिता तण्डुकार, सविता तामाङ जुनिका खड्का
|
सङ्गीत- तिर्थराज पोखरेल, विपिन घिमिरे
|
श्रृङ्गार- सीता तामाङ
|
प्रकाश परिकल्पना- मिलन नेपाली
|
ध्वनि परिचालन- मनोज के.सी.
|
वेशभूषा परिकल्पना- सबनम सिल्वाल
|
प्रप्स व्यवस्थापन- प्रमोद बाबु
|
मञ्च सहयोगी - दिपक पौडेल, ओम प्रकाश बानिया
|
परिकल्पना/निर्देशन - रामभजन कामत
|
|
९. नौमती बाजा
|
नौमती पञ्चे बाजाको विस्तारित रुप हो । पञ्चे बाजा पाँचवटा बाजाहरुको समूह हो भने नौमती बाजा केही बाजा थप गरी नौवटा बाजाहरुको समूह हो । नेपाली संस्कृतिमा कुनै ठुलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतहरुमा मङ्गल धुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । परम्परागत रुपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले समेत व्यवसायिक रुपमा बजाउन थालेका छन् । नौमती बाजा नरसिंह–२, सनाई–२, ढोलकी–१, ट्याम्को –१, भ्mयाली–१, दमाहा–२, गरी नौ वटा बाजाहरु समावेश गरिएको हुन्छ । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । जस्तैः विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजा आदि ।
|
|
कलाकारहरु:-
|
इन्दिरा श्रेष्ठ– सनाई, उमेश नेपाली – सनाई
|
कल्पना नेपाली– नरसिंह, हरि नेपाली – नरसिंङ्गा
|
समिता परियार– ढोलकी कोपिला परियार –ट्याम्को
|
मिश्रिमाया बराम– दमाह ज्याति मगर – दमाह
|
भिम कुमारी श्रेष्ठ– झ्याली
|
|
१० . थकाली लोकगीत
|
यो नेपालको मुस्ताङ जिल्लाको थाकखोला वरिपरि बस्ने थकाली समुदायको विवाह संस्कारमा नाच्दै गाइने लोकगीत हो ।
|
|
११ राष्ट्रिय गीत
|
यो नेपाली शिर उचाली
|
गीत- भूपी शेरचन सङ्गीत- नातीकाजी
|
कलाकारहरु:-
|
रविता मगर चाहना राना मगर पूर्ण लामा प्रतिसा लामा
|
अनिश कुमार पुडासैनी शेखर घर्ति मगर छवि थापा मगर
|
खिम बलम्पाकी लगायत सम्पूर्ण कलाकारहरु ।
|
|
गायन कलाकारहरु
|
तीर्थराज पोख्रेल शीला विष्ट दिपेन्द्र बज्राचार्य
|
राधिका भण्डारी विपिन घिमिरे रुपक चौधरी
|
सञ्जय तुम्रोक साजन राई निर्मला तामाङ
|
बेनुसा राई दीपा सुहाङ
|
|
व्यवस्थापन सचिवालय :-
|
संयोजक :- पवित्रा पंगेनी
|
सदस्य :- चक्रबहादुर श्रेष्ठ
|
अनुपम शर्मा
|
मनिष कार्की
|
पद्यमा चापागाई
|
रेनुका लामा
|
जसराज राई
|
व्यवस्थापन
|
प्रकाश व्यवस्थापन - मिलन नेपाली, निर्मल साउद
|
ध्वनि व्यवस्थापन- अनुपम शर्मा, मनोज के.सी.
|
स्टेज व्यवस्थापन - दिपक पौडेल, ओमप्रकास बाँनिया
|
|
परिकल्पना/कार्यक्रम व्यवस्थापन
|
अशोककुमार राई
|
महाप्रबन्धक
|
![P1010174.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/11/1730725958-GYcLu.jpg)
![P1010153.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/11/1730725995-0tmI0.jpg)
![P1010141.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/11/1730726040-YU1UV.jpg)
![P1010189.JPG](https://sanskritiksansthan.gov.np/media-file/images/2024/11/1730726080-bBpKm.jpg)