भूमे पर्वको शुभकामना

भूमे पर्वको शुभकामना


भूमे पर्वको शुभकामना 


बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश नेपालको अनेकतामा एकताको अलौकिक सङ्गम संस्कृति मार्फत झल्किन्छ । हरेक जातजातिका मौलिक संस्कृतिले जातीय पहिचानलाई स्थापित गर्दै राष्ट्रको सांस्कृतिक सौन्दर्य एवम् गरिमालाई उजागर गरेको छ । प्राचीनकालदेखि सांस्कृतिक चाडपर्वले समाजलाई सद्भावको सूत्रमा बाँध्दै सत्मार्ग तर्फ डोेर्याउँदै ल्याएको छ । चाडपर्वले नै राष्ट्रिय एकताको सन्देश प्रवाह सहित सभ्य संस्कृति निर्माणमा ठूलो भूमिका निर्वाह गर्दछ । प्रत्येक चाडपर्वसँग जोडिएका किंवदन्ती, मिथक एवम् पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गरेको छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम नै चाडपर्व हुन् ।  

आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदाय संस्कृतिको हिसाबले पनि अत्यन्तै समृद्ध छ । मगर समुदायका आफ्नै मौलिक कला, भाषा, संस्कार, रीतिरिवाज, चाडपर्व, भेषभूषा, मूल्यमान्यता, रीतिथिति, मौखिक परम्परा, मौलिक खानपान, मौलिक खेलकुद जस्ता अनेकन् मौलिकपन भएका विविधतायुक्त अभौतिक संस्कृति रहेका छन् । मगर समुदायका थुप्रै मौलिक सांस्कृतिक पर्वहरू पाइन्छन् । मगर जातिको ऐतिहासिक पृष्ठभूमि बोकेको मौलिक सांस्कृतिक चाड भूमे पर्व हो । भूमे पर्वलाई भूम्या, नाम्क, बल्क, नोगोबाङ्गे, भल्क, बलपूजा, ज्यामकरी, भुँयार, भूमि जस्ता थुप्रै नामबाट भूगोल अनुसार सम्बोधन गरिनुले पनि एउटै जातिको सांस्कृतिक मूल्यमान्यतामा विविधता भित्रको एकताको विशिष्ट रूपलाई पुष्टि गर्छ । भूमे पर्व मनाउने केन्द्रीय स्थलहरूमा रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, बागलुङ आदि रहेतापनि हाल मगर समुदाय बसोबास गर्ने देशैभरीका स्थानहरूमा भूमि–प्रकृतिको विधिवत रूपमा पूजा गरी प्राकृतिक दैवी प्रकोप नआओस्, अनिकाल नहोस्, दु : ख कष्ट नहोस्, पृथ्वीका प्राणीको भलो होस् भनी कामना सहित असार १ गतेदेखि विधिवत रूपमा यो पर्व शुभारम्भ गरिन्छ ।

भूमे पर्वको अवसरमा मगरका जन्मदेखि मृत्युसम्मका क्रियाकलापहरूलाई प्रदर्शन गर्दै २२ चालामा भूमे नाच प्रस्तुत गरिन्छ । यस पर्वमा बुकी पूmल टिप्न जाने मौलिक संस्कृति सहित भूमे पर्वसँग थुप्रै मिथकहरू जोडिएको पाइन्छ । भूमे पर्व मगर समुदायको सांस्कृतिक पर्व मात्र नभई राष्ट्रको एउटा सुन्दर अमूर्त सांस्कृतिक सम्पदा हो । मगर समुदायले नेपाल सरकारबाट राष्ट्रिय पर्वका रूपमा भूमे पर्वलाई सम्बोधन गरी असार १ गते बिदा माग गर्दै आइरहेको छ । असार १ गतेबाट विधिवत रूपमा शुभारम्भ गरी यो पर्व स्थान विशेषको परम्परागत चलन अनुसार धेरै दिनसम्म मनाउने चलन छ । काठमाडौँमा वर्षौदेखि भूमे पर्व संरक्षण नेपालको आयोजना तथा नेपाल मगर संघको संरक्षकत्वमा ३ दिनसम्म भूमे पर्व मनाउने प्रचलन रहेको छ ।

जाति नरहे संस्कृति रहन्न, संस्कृति नरहे देश रहन्न, देशै नरहे हामी रहन्नौं । हरजातिका संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थान सदा प्रतिबद्ध छ । मगर समुदाय विशेष यस सांस्कृतिक पर्वले नेपालीहरू बीच आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै आफ्नो पहिचान, अस्तित्व सहितको संस्कृति झल्किने गरी सभ्य रूपमा मनाउने सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित भूमे पर्व २०८२ को शुभकामना व्यक्त गर्दछु ।
१ असार २०८२                                                                किरण बाबु पुन
ने.सं.११४५ दिल्लागा पञ्चमी                                                      महाप्रबन्धक                  

CamScanner 14-06-2025 17.01.jpg                                                                                                                         

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij