अनलाइन मार्फत हल बुकिङ सम्बन्धी व्यवस्था
सांस्कृतिक संस्थानले डिजिटल प्रविधिसँगै हल बुकिङ प्रणालीलाई विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरेकाले देहाय बमोजिमको प्रणालीलाई आत्मसात गरी अनलाइन मार्फत हल बुकिङ गर्न सकिनेछः
- सांस्कृतिक संस्थानको आधिकारिक वेबसाइट www.sanskritiksansthan.gov.np लगइन गरी हल बुकिङ लेखेको अप्सनलाई क्लिक गर्ने,
- कुन हल बुकिङ गर्नुपर्ने हो सोही हलको “हल बुकिङ गर्नुहोस्” भन्ने अप्सनलाई क्लिक गर्ने,
- फोन नम्बर भन्ने अप्सनमा क्लिक गरी आफ्नो मोबाइल नम्बर राख्ने OTP को लागि अनुरोध गर्ने र मोबाइलको Message Box मा प्राप्त हुने इत्ए कोडलाई राखेर क्भलम गर्ने,
- त्यसपछि व्यक्तिगत विवरण भन्ने अप्सनमा गएर त्यहाँ माग भए बमोजिमका विवरणहरू भरेर Next अप्सनलाई क्लिक गर्ने,
- त्यसपछि कार्यक्रमका विवरणहरू भन्ने अप्सनमा गएर त्यहाँ माग भए बमोजिमका कार्यक्रमको नाम, उपस्थित हुने संख्या, बुकिङ गर्न चाहेको मिति, समय, सिफ्ट र कति रुपैयाँ भुक्तानी गर्ने हो सो बारे सम्पूर्ण विवरणहरू भरेर Next अप्सनलाई क्लिक गर्ने,
- त्यसपछि अतिरिक्त सेवाहरू भन्ने अप्सनमा गएर यदि अतिरिक्त सेवा चाहिएको भए सो सेवाहरू बारे Yes वा चाहिएको छैन भने No भरेर Next अप्सनलाई क्लिक गर्ने,
- त्यसपछि नियम र शर्त भन्ने अप्सनमा Purpose अप्सनमा कुन प्रयोजनको लागि कार्यक्रम गर्न चाहेको सो बारे उल्लेख गरी I Agree भन्ने अप्सनमा क्लिक गरेर Pay Booking Amount & Continue मा क्लिक गरी Khalti वा ConnectIPS प्रणाली मार्फत आफ्नो व्यक्तिगत खाताको विवरण भरेर Send गर्ने Payment Successful भनेपछि तपाईंको बुकिङ भएको मानिनेछ ।
- बुकिङ भइसकेपछि बुकिङ भएको विवरण डाउनलोड वा स्क्रिनशट गरी सो विवरण संस्थानलाई उपलब्ध गराउनु पर्नेछ ।
संस्थानका हलहरू
मेगा हल

मिनी हल

सेमिनार हल

अभ्यास कक्ष

सांस्कृतिक संस्थान डिजिटल युगसँगै अत्याधुनिक व्यवस्थापन तथा विशेष सहुलियतका साथ सेवा प्रवाहमा समर्पित
पुरा विवरणः Brochure Sanskritik Sansthan Hall.pdf :To download file click here