सांस्कृतिक संस्थान इतिहासमै पहिलोपटक नाफामा
१४ जेठ २०८३ काठमाडौँ ।
वि.सं.२०१६ सालमा स्थापित राष्ट्रिय नाचघर वि.सं.२०२९ मा सांस्कृतिक संस्थानको रूपमा पुनर्गठन भएदेखि हालसम्म करिब ६७ वर्षीय इतिहासमा पहिलोपटक खुद नाफामा जान सफल भई ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ इतिहास कायम राख्न सफल भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा” प्रतिवेदन अन्तर्गत यस वर्षको प्रतिवेदन https://mof.gov.np/content/1739/annual-status-review-of-public-institutions-2083/ सार्वजनिक भए पश्चात विविध सञ्चार माध्यममा प्रकाशन गरिएका समाचार यसप्रकार छ ।
समता प्रेस डटकम मार्फत सम्प्रेषण गरिएको समाचार लिंकः

अनलाइन खबर मार्फत सम्प्रेषण गरिएको समाचार लिंकः

लालीगुराँस मिडिया नेटवर्क मार्फत सम्प्रेषण गरिएको लिंकः [ https://www.facebook.com/share/p/1BLsxqm2Kh/ ]

कान्तिपुर दैनिक मार्फत केही समय पहिले सम्प्रेषण गरिएको लिंकः
https://sanskritiksansthan.gov.np/content/699
रातोपाटी डटकम मार्फत केही समय पहिले सम्प्रेषण गरिएको लिंकः
युवा ऊर्जाशील एवम् सम्बन्धित क्षेत्रको विषयविज्ञ नेतृत्व महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको कार्यकालमा संस्थागत कार्यप्रकृति बमोजिम संस्थानको औचित्य पुष्टिलाई प्राथमिकतामा राखी डिजिटल युगसँगै प्रविधिमैत्री नीति तथा कार्यक्रम तर्जुमा गरी संस्थान सुधारका थुप्रै कार्यसम्पादन भएका छन् । उहाँको नेतृत्वको संस्थानको कार्यकाललाई राष्ट्रिय पत्रपत्रिका तथा सञ्चार माध्यमले स्वर्णकालको उपमा दिएका छन् । साथै, तालुक मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संवत् २०८२ भाद्र ५ गते प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सांस्कृतिक संस्थानले उत्कृष्ट कार्यसम्पादन गरेर नाफामा गएको विषयलाई प्राथमिकताका साथ समेटेको छ ।

गत वर्षको अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८२ प्रतिवेदन अनुसार ६९.४७ प्रतिशतले सञ्चालन आयमा वृद्धि गर्न सफल संस्थानले यस वर्षको अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार २९ (रु.लाखमा) खुद नाफा हुन गई संस्थानले पहिलोपटक गौरवय इतिहास बनाएको छ । यतिमात्र नभई, संस्थानमा विगत दुई वर्षदेखि महाप्रबन्धकको रूपमा कार्यरत श्री किरण बाबु पुनज्यूको नेतृत्वमा संस्थानको इतिहासमै निकायगत कार्यप्रकृति बमोजिम अपरिहार्य कार्ययोजनामै सीमित रहेका थुप्रै कार्ययोजनाहरू सम्पन्न गरी उत्कृष्ट कार्यसम्पादन भएका छन् । जस्तैः रेकर्डिङ स्टुडियो निर्माण, सेमिनार हल निर्माण, साउण्ड प्रूफ सहित व्यवस्थित अभ्यास तथा प्रशिक्षण कक्ष निर्माण, विशेष क्षमता भएका व्यक्तित्व तथा ज्येष्ठ नागरिकमैत्री संस्थानको प्रवेशद्वारमा र्याम्प (सिँढी) निर्माण, पहिलोपटक संस्थानको युटुब मनिटाइज गरी युटुब तथा एप मार्फत सिर्जनशील क्रियाकलाप प्रकाशन गर्ने कार्यको शुभारम्भ, हल सामग्री व्यवस्थापन कक्ष निर्माण, सजीव कला प्रदर्शनी सम्बन्धी अनुसन्धनात्मक जर्नल प्रकाशन प्रारम्भ, डिजिटल सेवा प्रवाह प्रारम्भ, डिजिटल उत्पादन प्रणालीको विकास, G to G प्रणाली अन्तर्गत दीर्घकालीन कार्ययोजना तर्जुमा आदि ।
