दरभाउपत्र आह्वान
(गोरखापत्रमा प्रथम पटक प्रकाशित मिति : २०८३/०५/२६ गते)
जमल, काठमाडौँ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौँलाई सुरक्षाकर्मी एवं सरसफाईकर्मी सेवा आवश्यक परेको हुँदा इजाजत प्राप्त तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका ईच्छुक फर्म, संंस्था वा कम्पनीबाट शिलबन्दी दरभाउपत्र (हार्ड कपी) आह्वान गरिएको छ ।

इच्छुक दरभाउपत्र दाताहरुले कार्यालय समयभित्र यस संस्थानको कार्यालय, जमल, काठमाडौँस्थित कार्यालयमा सम्पर्क राखी सिलबन्दी दरभाउपत्र सम्बन्धमा थप जानकारी लिन वा दरभाउपत्र सम्बन्धी कागजात अध्ययन गर्न सकिनेछ ।