दरभाउपत्रको बोलपत्र कागजातमा संशोधन गरिएको सन्दर्भमा
२९ भाद्र २०८३, जमल, काठमाडौँ ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौं नेपालले यस संस्थान, काठमाडौंमा सुरक्षाकर्मी सेवा आपूर्ति गर्ने कार्यका लागि आह्वान गरिएको बोलपत्र (ठेक्का नं. SQ/CC/083/84-01) सम्बन्धी शिलबन्दि दरभाउपत्रको बोलपत्र कागजातमा निम्नानुसार संशोधन गरेको छ ।
१. शिलबन्दि दरभाउपत्रको खण्ड २: दरभाउपत्र दातालाई निर्देशन को बुँदा नं. २. “दरभाउपत्र दाताको कानुनी योग्यता” को क्र.सं. घ. मा उल्लेखित “दरभाउपत्र दाताले दरभाउपत्र सम्बन्धी कागजातमा तोकिए अनुसारका सुरक्षागार्ड श्रमिक (कर्मचारी) नेपाल भर आपूर्ति गर्न सक्ने गरि इजाजत प्राप्त गरेको हुनुपर्नेछ । ” भन्ने व्यवस्थालाई संशोधन गरी “दरभाउपत्र दाताले दरभाउपत्र सम्बन्धी कागजातमा तोकिए अनुसारका सुरक्षागार्ड श्रमिक (कर्मचारी) आपूर्ति गर्न सक्ने गरि इजाजत प्राप्त गरेको हुनुपर्नेछ ।” कायम गरिएको छ ।
२. शिलबन्दि दरभाउपत्रको खण्ड २: दरभाउपत्र दातालाई निर्देशन को बुँदा नं. ८. “दरभाउपत्र पेश गर्न संलग्न गर्नु पर्ने कागजपत्रहरु” को क्र.सं. ८. मा उल्लेखित “दरभाउपत्रले तोकेअनुसारका कर्मचारी (श्रमिक) देशभर आपूर्तिका लागि पाएको अद्यावधिक इजाजतपत्रको प्रमाणित प्रतिलिपि” भन्ने व्यवस्थालाई संशोधन गरी “दरभाउपत्रले तोके अनुसारका कर्मचारी (श्रमिक) आपूर्तिका लागि पाएको अद्यावधिक इजाजतपत्रको प्रमाणित प्रतिलिपि” कायम गरिएको छ ।
किरण बाबु पुन
महाप्रबन्धक