सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच सम्झौता [MOU]

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच सम्झौता [MOU]


 

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच सम्झौता


१६ कार्तिक २०८३ काठमाडौँ । 
काठमाडौँ महानगरपालिकाको गौरवको योजना अन्तर्गत “गरी खाने शिक्षा, महानगरको इच्छा” मूल भावका साथ सामुदायिक विद्यालयमा लागू गरिएको पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी ढंगले सञ्चालन गर्न संवत् २०८३ साल कार्तिक १६ गते सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच सम्झौता [MOU] कार्यक्रम सुसम्पन्न भएको छ । 

IMG-20261102-WA0204.jpg

IMG-20261102-WA0207.jpg

IMG-20261102-WA0197.jpg

तत्कालीन महानगर प्रमुख तथा वर्तमान सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ज्यूको अवधारणामा बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ सुरुवात गरिएको उक्त गौरवको योजना सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) तथा नाटक सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न संस्थान र महानगरपालिकाको सहकार्यमा G to G प्रणालीमा आ.व.२०८१/८२ देखि सञ्चालनमा ल्याइएको हो भने आ.व.२०८३/८४ मा निरन्तरता प्रदान गरिएको हो ।

cover fnl.jpg

IMG-20261102-WA0072.jpg

IMG-20261102-WA0034.jpg

सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र कामनपा शिक्षा विभाग प्रमुख श्री नमराज ढकालज्यूले सो  समझदारी पत्र  [Memorandum of Understanding - MOU] मा हस्ताक्षर गर्नुभएको हो । सम्झौता कार्यक्रममा कामनपाका तर्फबाट शिक्षा विभाग वरिष्ठ शाखा अधिकृत (महाशाखा प्रमुख परिक्षा तथा कार्यक्रम) श्री सुशिल सुवेदी ज्यू, वरिष्ठ शाखा अधिकृत (महाशाखा प्रमुख विद्यालय व्यवस्थापन) श्री सरस्वती पोखरेल भट्टराई ज्यू, वरिष्ठ विद्यालय निरीक्षक श्री विनिता महत ज्यू, शिक्षा अधिकृत चन्द्रा देवी शर्मा ज्यू र संस्थानका तर्फबाट लेखा अधिकृत प्रेम ध्वज जि.सी ज्यू, कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदी ज्यू र महाप्रबन्धक सचिवालय प्रमुख श्री राजु पुन मगर ज्यू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र कामनपा शिक्षा विभाग प्रमुख श्री नमराज ढकालज्यूले आ–आफ्ना प्रतिबद्धतामूलक धारणा राख्नु भएको थियो । पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) सम्बन्धी प्रशिक्षण क्रियाकलापलाईलाई विगतभन्दा झनै प्रभावकारी ढंगले अगाडि बढाउने दुबै पक्ष बीच प्रतिबद्धता भएको छ । 


IMG-20261102-WA0122.jpg 

IMG-20261102-WA0212.jpgIMG-20261102-WA0149.jpgIMG-20261102-WA0139.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij