हास्यव्यङ्ग्य प्रहसन तथा शुभ दिपावली कार्यक्रम सभ्यभव्य रूपमा  सम्पन्नः सांस्कृतिक संस्थान

हास्यव्यङ्ग्य प्रहसन तथा शुभ दिपावली कार्यक्रम सभ्यभव्य रूपमा  सम्पन्नः सांस्कृतिक संस्थान


 

हास्यव्यङ्ग्य प्रहसन तथा शुभ दिपावली कार्यक्रम सभ्यभव्य रूपमा  सम्पन्नः सांस्कृतिक संस्थान

२० कार्तिक २०८३, काठमाडौँ ।
सांस्कृतिक संस्थानको आयोजनामा “हास्यव्यङ्ग्य प्रहसन तथा शुभ दिपावली कार्यक्रम – २०८३” संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा नृत्यशास्त्री, वरिष्ठ संस्कृतिविद् एवम् जीवन्त मानव सम्पदा श्री भैरव बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय, जमल, काठमाडौँमा सभ्यभव्य रूपमा सुसम्पन्न भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुख श्री शौभाग्य प्रधानाङ्ग ज्यू, संस्थान सञ्चालक समिति सदस्य श्री केशव राज भट्टराई ज्यू, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री भुपेन्द्र रायमाझी ज्यू, प्राज्ञ विजय विस्फोट ज्यू, नेपाल पर्यटन बोर्डका सदस्य श्री सहदेव धमला ज्यू, मा।मन्त्रीज्यूको सचिवालय सदस्य श्री समिक शर्मा ज्यू, संस्कृति महाशाखा अधिकृत श्री हेम अधिकारी ज्यू, दिगो पर्यटन परियोजना निर्देशक श्री धर्म दवाडी ज्यू, संस्थान कानूनी सल्लाहकार श्री रत्न बुढा ज्यू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष श्री पशुपति शर्मा ज्यू तथा पूर्व अध्यक्ष श्री चन्द्र शर्मा ज्यू, इन्द्रेणी समाज नेपालका अध्यक्ष श्री कृष्ण कँडेल ज्यू, लोकप्रिय हास्यकलाकार श्री हिमेश पन्त ज्यू,  सगरमाथा फाण्डेशनका अध्यक्ष श्री सावित्री अधिकारी ज्यू, एनआरएनए जापानका पूर्व अध्यक्ष शिव प्रसाद पौडेल ज्यू लगायत विविध निकाय प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो । 

IMG_4211.jpg

IMG_4090.jpg

IMG_4605.JPG

IMG_4247.JPG

कार्यक्रममा प्रमुख आकर्षणका रूपमा लोकप्रिय हास्यव्यङ्ग्य कलाकारहरू सुबोध गौतम (एदुमे), खड्ग बहादुर पुन मगर (खबपु), दिनेश काफ्ले (हाउडे दाइ), सरोज भण्डारी, विकाश अर्याल, सन्तोष थापा (नेपाली टिचर), कर्म लामा, सिडी विजय अधिकारी, प्रेम विश्वकर्मा र संस्थानका कलाकारहरू सवनम सिल्वाल, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, सुशिला थापाले समसामयिक विषयवस्तु, सामाजिक विसङ्गति र तिहारका रमाइला पक्षमाथि चोटिलो प्रहार गर्दै दर्शकलाई बेस्सरी हसाउन सफल हुनुभएको थियो । साथै, संस्थानका कलाकारद्वारा शुभ दिपावली विशेष प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उद्घोषण लोकप्रिय हास्यकलाकार श्री दिनेश काफ्लेज्यूले गर्नुभएको थियो ।

IMG_4191.JPG

IMG_4243.JPG

IMG_4265.jpg

IMG_4285.JPG

IMG_4335.JPG

IMG_4420.JPG

IMG_4467.jpg

IMG_4511.jpg

IMG_4437.JPG

IMG_4102.JPG

IMG_4319.jpg

IMG_4110.JPG

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले राख्नुभएको स्वागत तथा कार्यक्रम विशेष मन्तव्यको सारांशः–
“आज विशेष दिन पनि हो धनत्रयोदशी, धनतेरस तिहारको आरम्भसँगै मनाइने एक धार्मिक तथा सांस्कृतिक पर्व हो । यस पर्वमा धन, आरोग्य, सुख र समृद्धिको कामना गरिन्छ । यो ऐतिहासिक दिनमा हामीले कार्यक्रम आयोजना गर्न पाउनु नै अहोभाग्य  हो । मैले धेरै भनिरहनु पर्ने त छैन तापनि कार्यक्रम बारे संक्षिप्त जानकारी दिन यहाँ उपस्थित छु । हामी सबैलाई विदितै छ, प्रकृतिको कठोर भवितव्यलाई हामीले टार्न सक्दैनौं । मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण र अकल्पनीय बाढीका कारण हाम्रो राष्ट्रले अपूरणीय मानवीय तथा भौतिक क्षति बेहोर्नु पर्यो  । बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्ण प्रति म यस मञ्चबाट पुनः भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । देश शोक र विषम परिस्थितिबाट गुज्रिरहेको त्यो संवेदनशील घडीमा नागरिकको पीडामा एकाकार हुनु र राष्ट्रिय भाव दर्शाउनु हाम्रो परम कर्तव्य थियो । त्यसैले, नेपाल सरकारको निर्णय बमोजिम यसअघि तय गरिएका संस्थानका विविध नीति तथा कार्यक्रमहरू कार्यक्रम स्थगित गर्नु अपरिहार्य थियो । देशले फेरि प्राकृतिक विपत्ति भोग्न नपरोस् भन्ने कामना सहित राज्यका नीति तथा कार्यक्रमहरू अलपत्र पर्नु हुँदैन । देश बिस्तारै पुरानो लयमा फर्कँदै गर्दा, संस्थानका नीति तथा कार्यक्रमहरूलाई सिर्जनात्मक रूपमा कार्यान्वयन गर्नु हाम्रो दायित्व हो । सोही अनुरूप, आज कार्तिक २० गते तिहारको यो पावन अवसरमा “हास्यव्यङ्ग्य प्रहसन तथा शुभ दीपावली कार्यक्रम – २०८३” सम्पन्न गर्न गइरहेका छौँ । चाडपर्व भन्नु नै संस्कृतिलाई जीवन्त राख्ने तथा सभ्य संस्कृति सम्प्रेषण गर्ने माध्यम भएकाले चाडपर्वको अवसरमा यो कार्यक्रम आयोजना गर्नु हाम्रो अभिभारा बमोजिम सार्थकताको पुष्टि हो । हामी स्पष्ट हुनु पर्दछ कि, कला केवल मनोरञ्जनको साधन होइन, यो त समाजको ऐना र दुःख भुलाउने ओखती पनि हो । प्राकृतिक विपद्बाट तङ्ग्रँदै गरेको हाम्रो समाज, तिहारको उज्यालोसँगै थोरै भए पनि मुस्कान र खुसी प्रदान गर्न यो कार्यक्रमले एउटा बलियो ऊर्जाको काम गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । त्यसमा पनि, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ६७ वर्षीय गौरवशाली इतिहास बोकेको ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको प्रमुख अभिभारा भन्नु नै यस्तो परिवेशमा सजीव कलाको माध्यमबाट नवजागरण प्रवाह गर्नु हो । संस्थानको वर्तमान नेतृत्व स्पष्ट छ कि, नेपालको परिवेशमा राष्ट्रको समृद्धिका लागि हाम्रा मौलिक स्रोत साधन पहिचान गर्नु आधारभूत शर्त हो । विविधतायुक्त विशेषता नै नेपालको सम्पत्ति हो । यो विशेषताको प्रमुख आधार नै संस्कृति र प्रकृति हुन् । यसर्थ, समृद्धिको मूल स्रोत भन्नु वा समृद्धिको मूल शौम्य शक्ति भन्नु संस्कृति र प्रकृति नै हुन् । प्रकृति अर्थात् पर्यावरण अनुसार नै संस्कृतिको विविधता पाइन्छ । हिमालदेखि तराईसम्मको प्राकृतिक विविधता र तत्तत् भूगोलमा बसोबास गर्ने समुदायले पर्यावरण अनुसारका संस्कृति अङ्गीकार गर्दै आए । आज त्यही संस्कति र प्रकृतिको अन्योन्याश्रित बन्धनका कारण नेपाल र नेपालीको अस्तित्व जीवित छ । नेपालको यही पहिचानलाई कलाको माध्यमबाट सिर्जनात्मक रूपमा अभिव्यक्त गर्दै नवजागरण प्रवाह गर्नु हाम्रो धर्म हो । स्वस्थ मनोचिन्तन, स्वस्थ वातावरण र सत्कर्म बिना समृद्धि कदापि हुन सक्दैन । हामीले सत्कर्म गर्दै संस्थानलाई पुनर्जीवन दिने प्राण भर्ने कोसिस गरिरहेका छौँ । आजको प्रमुख अतिथि यो संस्थान राष्ट्रिय नाचघरको रूपमा जन्म लिनुमा अद्वितीय भूमिका निर्वाह गर्नुहुने जीउँदो भगवान्को रूपमा एक साक्षी हुँदै गर्दा म गर्वका साथ भन्न चाहन्छु कि, तपाईंहरूले १६ सालदेखि २९ साल र २९ साल पछिका संस्थानका गतिविधिलाई लिएर सदा चिन्ता गर्ने विषय हो “अब संस्थानको अस्तित्व नै नरहने हो कि ?” त्यो चिन्तालाई शिरोधार्य गर्दै वर्तमान नेतृत्व प्रतिबद्ध भई सुशासन सहितको सत्कर्म गर्दा आज संस्थानमा पुनर्जीवनको आभास पक्कै भएको छ । वर्षौंसम्म आर्थिक, प्रशासनिक, नीतिगत र संरचनागत समस्याले थलिएर निरन्तर घाटामा गइरहेको सांस्कृतिक संस्थान इतिहासमै पहिलोपटक खुद नाफा कमाउन सफल भएको छ । यसअघि वर्षौंदेखि रोकिएको र संस्थानका लागि करोडौंको आर्थिक भार बनेको कर्मचारीहरूको उपदान दायित्वको जटिल समस्यालाई हामीले आन्तरिक आम्दानी वृद्धि गरी सफलतापूर्वक समाधान गरेका छौँ । निकायगत कार्यप्रकृति बमोजिम अपरिहार्य ६७ वर्षदेखि योजनामै सीमित रहेका पूर्वाधारहरू अत्याधुनिक स्वरसम्राट नारायण गोपाल रेकर्डिङ स्टुडियो, अत्याधुनिक भैरव बहादुर थापा सेमिनार हल, प्राज्ञिक तथा मौलिक ढंगले संस्कृति अध्ययनका लागि लक्ष्मी प्रसाद देवकोटा पुस्तकालय र साउन्डप्रुफ सहितका अभ्यास कक्षहरू निर्माण भएका छन् । संस्कृतिको वकालत गर्ने यो निकाय मन्दिर बन्नुपर्छ भन्ने मान्यताका साथ ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तित्वहरूका लागि प्रवेशद्वारमा र्याम्प निर्माण सम्पन्न गरेका छौं । त्यतिमात्र होइन, समयको गतिसँगै हामीले संस्थानलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्नुपर्छ भन्ने मान्यताका साथ युट्युब मनिटाइजेशन, एप, अनलाइन हल बुकिङ र अनलाइन टिकट प्रणाली लागू भएसँगै संस्थानको डिजिटल उत्पादन र पहुँचमा अभूतपूर्व वृद्धि भएको छ । संस्थानको दीर्घकालीन हितमूलक ‘कार्यप्रकृतिगत विनियमावली’ स्वीकृत गरी लागू गरिएको छ । यो ऐतिहासिक कार्यसम्पादन गर्न प्रभावकारी वातावरण निर्माण गर्नुहुने वर्तमान सरकार प्रति हार्दिक आभार प्रकट गर्दछु । यो सफलताको जगमा उभिएर म आज यो गरिमामय मञ्चबाट के उद्घोष गर्न चाहन्छु कि “अब संस्थानको अस्तित्व रक्षा हुने नयाँ युगको सुरुवात भएको छ, मात्रै यसको निरन्तरता अपरिहार्य हो ।” हामी स्पष्ट छौं, राष्ट्रको पहिचान संस्कृतिमा निहित छ, संस्कृति संरक्षण हुनु पर्दछ । संस्कृति संरक्षणका लागि संस्कृतिको वकालत गर्ने निकाय संरक्षण हुनु पर्दछ, संस्कृतिको चिन्तन गर्ने जीवन्त मानव सम्पदाको संरक्षण हुनु पर्दछ । संस्थान ऐतिहासिक विरासतलाई कायम राख्दै, वर्तमान सरकारको रणनीतिलाई शिरोधार्य गर्दै पूर्ण सुशासन र पारदर्शीताको चिन्तनलाई आत्मसात गर्दै अगाडि बढेको छ, यो यात्रा अक्षुण्ण रहनेछ । वर्तमान सरकारले नेपालको स्रोत, साधन र विशेषता बमोजिम अपरिहार्य सांस्कृतिक उद्योगको विकास गर्न अग्रसर हुनेछ भन्ने समेत अपेक्षा गर्दछु । तिहारको सबैभन्दा सुन्दर र महŒवपूर्ण पक्ष भनेकै दिदीबहिनी र दाजुभाइबीचको पवित्र सम्बन्ध र अगाध प्रेमको प्रतीकलाई प्रतिविम्बित गर्नु हो । यही पवित्र सम्बन्धले हामीलाई समाज र राष्ट्रप्रतिको कर्तव्यमा इमानदार हुने सांस्कृतिक सन्देश सम्प्रेषण गर्दछ । जसरी दिदीबहिनीले दाजुभाइको रक्षा र प्रगतिको कामना गर्छन्, त्यसैगरी सांस्कृतिक संस्थान पनि नेपाली मौलिक संस्कृति र समाजको उन्नति एवम् विशेषगरी राष्ट्रको समृद्धिका संवाहक युवापुस्तामा सकारात्मक चेतना जगाउन सधैँ सत्कर्म गर्ने र सुमार्गमा हिँड्ने प्रतिबद्धता व्यक्त गर्दछ । अन्त्यमा, पुनः तिहार, छठ र नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि लगायत सम्पूर्णमा आभार प्रकट गर्दछु । साथै, नियुक्तिसँगै हालसम्मको मेरो स्पष्ट धारणा “नबिराउनु, नडराउनु” ‘म काम गर्छु, मलाई काम गर्न देउ’ मूल भाव प्रति सदा प्रतिबद्ध रहने प्रण गर्दछु ।”

IMG_4210.JPG

IMG_4347.JPG

कार्यक्रममा प्रमुख अतिथि नृत्यशास्त्री एवम् वरिष्ठ संस्कृतिविद् श्री भैरव बहादुर थापाज्यूले “राष्ट्रिय नाचघर कसरी उत्पत्ति भयो ? नाचघरको पहिलो निर्देशकको रूपमा आफूले जिम्मेवारी सम्हाल्दाको अवस्था, नाचघर संस्थानको रूपमा कसरी परिमार्जन गरियो भन्ने बारे प्रकाश पार्नुभयो । उहाँले संस्थानको ६७ वर्षीय इतिहासमा निकायगत कार्यप्रकृतिगत ढंगले ऐतिहासिक कार्यसम्पादन गरेको यो पहिलो रेकर्ड भएकाले महाप्रबन्धकज्यूलाई स्याबासी दिँदै नाचघर स्थापनाका लागि आफूले खेलेको भूमिकालाई समेत संस्थानले पहिलोपटक यथार्थपरक ढंगले मूल्यांकन गरेकोमा हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले संस्कृतिलाई नयाँ गतिका साथ स्थापना गर्नको लागि आफूलाई सही ढंगले राज्यले सदुपयोग गर्नुपर्ने माग गर्नुहुँदै यसबारे चिन्तन गर्न संस्कृति महाशाखा प्रमुख मार्फत संस्कृति मन्त्रालयलाई अनुरोध गर्नुभयो ।”

IMG_4342.JPGIMG_4604.jpgIMG_4590.jpgIMG_4572.jpgIMG_4582.jpgIMG_4557.jpgIMG_4567.jpgIMG_4551.jpgIMG_4542.JPGIMG_4527.jpgIMG_4533.jpgIMG_4498.JPGIMG_4494.JPGIMG_4492.JPGIMG_4491.jpgIMG_4485.JPGIMG_4477.jpgIMG_4481.jpgIMG_4472.JPGIMG_4459.JPGIMG_4454.JPGIMG_4451.JPGIMG_4448.jpgIMG_4444.JPGIMG_4445.jpgIMG_4441.JPGIMG_4440.jpgIMG_4437.JPG

IMG_4426.JPGIMG_4383.JPGIMG_4380.jpgIMG_4369.JPGIMG_4362.JPGIMG_4374.jpgIMG_4330.jpgIMG_4280.jpgIMG_4270.jpgIMG_4290.jpgIMG_4295.jpgIMG_4227.jpgIMG_4201.jpgIMG_4250.JPGIMG_4257.jpgIMG_4261.jpgIMG_4103.JPGIMG_4112.JPGIMG_4342.JPGIMG_4020.JPGdeep prajolan 2.jpgIMG_4018.JPG

IMG_4070.jpg

_ZR12558.JPGIMG_4331.JPGIMG_4332.jpgIMG_4088.jpgIMG_4247.JPG

_ZR12554.JPGIMG_4244.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij