चीनियाँ नयाँ बर्ष सांस्कृतिक फेस्टिवल इस २०२४

चीनियाँ नयाँ बर्ष सांस्कृतिक फेस्टिवल इस २०२४


चिनियाँ नयाँ वर्ष सांस्कृतिक फेस्टिभल २०२४ सम्पन्न

२०८१ माघ २७ गते चिनियाँ दूतावासनेपाल पर्यटन बोर्डको आयोजना तथा सांस्कृतिक संस्थानको विशेष सहकार्यमा "संस्कृति आदानप्रदान कार्यक्रम" आयोजना गरिएको थियो। यस कार्यक्रमको उद्देश्य दुई देशका बीच सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ र मैत्रीपूर्ण बनाउनु थियो।

कार्यक्रममा सांस्कृतिक संस्थानको तर्फबाट राष्ट्रको पहिचान झल्काउने मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यस अवसरमा नेपाली कला र संस्कृतिको समृद्ध र विविधतापूर्ण पहिचानलाई चिनियाँ समुदायसँग साझा गरिएको थियो।

सांस्कृतिक संस्थानले कला र संस्कृतिको आदानप्रदानमा आफ्ना योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, आगामी दिनहरूमा पनि द्विपक्षीय सांस्कृतिक सम्बन्धलाई प्रबर्द्धन गर्ने कार्यमा सक्रिय रहनेछ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित यस सांस्कृतिक उत्सवले दुई राष्ट्रहरूको मित्रता र सांस्कृतिक एकताको प्रतीकका रूपमा कार्य गरिरहेको छ।

"संस्कृति आदानप्रदान कार्यक्रम"मा संस्थानको तर्फबाट राष्ट्रको पहिचान झल्किने मौलिक सांस्कृतिक प्रस्तुतिका  केही झलकहरु:

WhatsApp Image 2024-02-27 at 11.57.08.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.06 (1).jpeg

WhatsApp Image 2024-02-27 at 11.54.59.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.05.jpeg

WhatsApp Image 2024-02-27 at 11.57.04.jpeg

sss.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij