“Book Free Friday सम्बन्धी अभिमुखीकरण” कार्यक्रम सम्पन्न

“Book Free Friday सम्बन्धी अभिमुखीकरण” कार्यक्रम सम्पन्न


 


“Book Free Friday सम्बन्धी अभिमुखीकरण” कार्यक्रम सम्पन्न 


२३ कार्तिक २०८२ काठमाडौँ । 
सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ महानगरपालिका शिक्षा विभागद्वारा पुस्तक रहित शुक्रबार {Book Free Friday } कार्यक्रम सञ्चालन सम्बन्धमा आयोजित “अभिमुखीकरण कार्यक्रम” सांस्कृतिक संस्थानको मिनी हल, जमल, काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रम सभाध्यक्षताः श्री केशव ज्ञवाली ज्यू (कामनपा शिक्षा विभाग निमित्त प्रमुख), प्रमुख अतिथिः श्री चिनकाजी महर्जन ज्यू (कामनपा शिक्षा स्वास्थ्य समिति प्रमुख), अतिथिहरूः संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, नगर प्रमुखका सचिवालय सचिव श्री भुपदेव शाह ज्यू, सुशिल सुवेदी ज्यू (कामनपा शिक्षा विभाग वरिष्ठ शाखा अधिकृत) लगायत हुनुहुन्थ्यो भने कामनपाभित्रका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरू, शिक्षक, कामनपा कर्मचारी, संस्थानका कर्मचारीको उपस्थिति रहेको थियो । 

2.JPG

IMG_0464.JPG

4.JPG

IMG_0552.JPG

IMG_0453.JPG

बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकाले सुरुवात गरेको पुस्तक रहित Book Free Friday कार्यक्रमलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू तथा सभाध्यक्षबाट कार्यक्रम बारे धारणा राख्नुभएको थियो । 

IMG_0554.JPG

IMG_0582.JPG

IMG_0509.JPG

IMG_0436.JPG

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच G to G प्रणाली अन्तर्गत पुस्तक रहित शुक्रबार {Book Free Friday } अन्तर्गत सङ्गीत तथा नाट्य अभिनय सम्बन्धी प्रशिक्षण क्रियाकलाप सञ्चालन गरिने भएको छ । 

5.JPGIMG_0418.JPG

IMG_0539.JPGIMG_0512.JPGIMG_0504.JPGIMG_0439.JPGIMG_0419.JPGIMG_0456.JPG

 

 

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij