सपनाको मलामी : मञ्च प्रदर्शन

सपनाको मलामी : मञ्च प्रदर्शन


२४ श्रावण २०८३ / जमल, काठमाडौँ

 

WhatsApp Image 2026-08-08 at 2.52.23 PM (2).jpeg

 

सांस्कृतिक संस्थानको आयोजनामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका सिर्जनशील कलाको व्यवहारिक ज्ञान प्रवाह गर्ने उदेश्यका साथ सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत संस्थानका ३६औं समूहका प्रशिक्षार्थीद्वारा (सपनाको मलामी) नाटकको प्रदर्शनी भएको छ । नाटकका लेखन तथा परिकल्पना सन्तोष खनाल, निर्देशन / सृजनसिल निर्देशन र रङ्गमञ्चिय एवं शैली सम्योजन सन्तोष खनाल, सवनम सिलवाल, सुशिला थापा, गीता थापाले गरेका थिए ।

WhatsApp Image 2026-08-08 at 2.52.25 PM (2).jpeg

स्वर सङ्गीतमा विपिन घिमिरे, प्रकाशमा : प्रविन अछामि, मञ्च तथा हल व्यवस्थापनमा दिपक पौडेल, भक्त बहादुर सारू मगर, मनोज केसि, ओम प्रकाश वानियाले गरेका थिए अभिनयमा संस्थानका ३६ औं सम्ुहका प्रशिक्षार्थी विद्यार्थी समूहले गरेका थिए ।

WhatsApp Image 2026-08-08 at 2.52.25 PM.jpeg

श्रावण २१ गते देखि संस्थानका महाप्रबन्धक किरण बाबु पुनको अध्यक्षतामा सुरु भएको मञ्च प्रदर्शन कार्यक्रम श्रावण २३ गते सम्पन्न भएको हो । २१ गते गायन, बाँसुरी र मादल विधाको मञ्च प्रदर्शन रहेको थियो । जसमा क्रमश : नरसिंहलाल श्रेष्ठ, तीर्थराज पोखरेल, विपिन घिमिरे, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र सुक्रीमाया मोक्तान प्रशिक्षकको रूपमा रहनुभएको थियो । श्रावण २२ गते तवला,  हार्मोनियम र नृत्य (चर्या) विधाको मञ्च प्रदर्शन भएको थियो । जसमा क्रमश : नरेश प्रजापति, तीर्थराज पोखरेल, रोहित सुवेदी र माया थापा प्रशिक्षकको रुपमा रहनुभएको छ। यसैगरी श्रावण २३ गते अभिनय विधाका प्रशिक्षार्थी र नृत्य विधाबाट लोकतर्फको प्रस्तुति रहेको थियो । जसमा क्रमश : सवनम सिलवाल, सन्तोष खनाल, सुशीला थापा, गीता थापा प्रशिक्षकको रूपमा रहनुभएको छ । छत्तीसौँ प्रशिक्षार्थी कलाकार समूहको दीक्षान्त कार्यक्रम श्रावण २५ गते सम्पन्न हुनेछ ।

WhatsApp Image 2026-08-08 at 2.52.24 PM.jpegWhatsApp Image 2026-08-08 at 2.52.24 PM (1).jpegWhatsApp Image 2026-08-08 at 2.52.23 PM.jpegWhatsApp Image 2026-08-08 at 2.52.24 PM (2).jpegWhatsApp Image 2026-08-08 at 2.52.25 PM (1).jpegWhatsApp Image 2026-08-08 at 2.52.26 PM.jpegWhatsApp Image 2026-08-08 at 5.08.14 PM (2).jpegWhatsApp Image 2026-08-08 at 5.08.14 PM (1).jpegWhatsApp Image 2026-08-08 at 5.08.13 PM.jpeg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij