२१ वैशाख २०८१,
माटोको गीत दोस्रो संस्करण अन्तर्गत चौथो शृङ्खला नेपाल सरकारका रक्षामन्त्री माननीय श्री हरि प्रसाद उप्रेतीज्यूको विशिष्ट आतिथ्यतामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री हेमराज तामाङज्यू लगायतका शिष्ट विशिष्ट अतिथिज्यूहरुको आतिथ्यतामा सात प्रदेशका लोपोन्मुख लोकसंस्कृति तथा रैथाने कृषि उत्पादन एवम् खाना प्रदर्शन सहित माटोको गीत दोस्रो संस्करण अन्तर्गत चौथो शृङ्खला सभ्य-भव्य रूपमा सम्पन्न भएको छ ।

