२०८१ वैशाख २८
काठमाडौं– सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्याउने उदेश्यले सांस्कृतिक संस्थानद्धारा आयोजित ‘माटोको गीत’को दोस्रो संस्करण अन्तर्गत पाँचौं शृंखला शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई लगायतको उपस्थिती रहेको थियो ।
संस्थानको मेघा प्रेक्षालयमा भएको उक्त कार्यक्रममा सातै प्रदेशका लोपोन्मुख लोकसंस्कृति तथा रैथाने कृषि उत्पादन एवम् खाना प्रदर्शन गरिएको थियो ।
नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले विदेशी पर्यटकहरूलाई नेपालको मौलिक संस्कृतिबारे अवगत गराई प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन साथै देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारहरूलाई चलायमान बनाउन ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ संस्थानले सुरु गरेको हो ।
२०८० मंसिर २९ गते शुक्रबार तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नै यस कार्यक्रमको समुद्घाटन गरेका थिए ।