“गणतन्त्र दिवस उत्सव २०८१“ तथा ’ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १० औं शृङ्खला

“गणतन्त्र दिवस उत्सव २०८१“ तथा ’ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १० औं शृङ्खला


२०८१ जेष्ठ १५ गते
काठमाडौं – गणतन्त्र दिवस विशेष सांस्कृतिक कार्यक्रम "गणतन्त्र दिवस उत्सव २०८१" नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति मा. श्री भुपाल राईज्यूको प्रमुख आतिथ्यतामा आयोजित गरियो। यस कार्यक्रममा वरिष्ठ संस्कृतिविद् मा. बम कुमारी बुढा मगरज्यू, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञज्यूहरू, नृत्यविद् विमला श्रेष्ठज्यू, नाटककार पुरु लम्सालज्यू, सञ्चालक समिति सदस्य पूजा श्रेष्ठज्यू, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपतिज्यू, र जनगायक झन्कार बुढा मगरज्यू लगायतका व्यक्तित्वहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली सांस्कृतिक धरोहरको सजीव प्रस्तुतिका रूपमा ‘माटोको गीत’ दोस्रो संस्करण नेपाली संस्कृति को दशौं शृङ्खला पनि प्रदर्शन गरिएको थियो। यस शृङ्खलामा नेपालको विभिन्न सांस्कृतिक आयाम र रैथाने जीवनशैलीलाई प्रदर्शित गर्दै, देशभरका कलाकारहरूले लोकनृत्य र संगीतका माध्यमबाट सांस्कृतिक एकता र विविधता प्रस्तुत गरेका थिए।

कार्यक्रमले गणतन्त्र दिवसको महत्वलाई सम्मान गर्दै, नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍यायो।

IMG_3349.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij