२०८१ वैशाख १५, काठमाडौं
नेपालको सांस्कृतिक संस्थानले ५२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। यो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजित गरिएको थियो।
वार्षिकोत्सवका विशेष कार्यक्रमहरू:
१. संस्थानको आर्थिक प्रगति र धन्यवाद ज्ञापन
महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूले संस्थानको इतिहासमै पहिलोपटक बजेटमा रेकर्ड ब्रेक सफलताको घोषणा गरे। यसमा हल निर्माण र पर्यटकीय क्षेत्रमा सांस्कृतिक संस्थान घर निर्माणको लागि २ करोड र संस्थाको नियमित अनुदान तर्फ १ करोड ७० लाख गरी कुल ३ करोड ७० लाख बजेट सुनिश्चित गरिएको छ।
अर्थमन्त्री माननीय श्री वर्षमान पुन "अनन्त" ज्यू र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङ ज्यू प्रति धन्यवाद ज्ञापन गर्दै संस्थानको दीर्घकालीन सोच, प्रमुख नीति र कार्यक्रमको घोषणाका साथ समारोहको शुरुआत गरिएको थियो।
२. सांस्कृतिक संस्थान कल्याणकारी कोषको उद्घाटन
संस्थानले "मेरो दान, संस्कृतिलाई सम्मान" दान पेटिका सञ्चालन गर्दै कल्याणकारी कोषको रु. १,५०,००० बाट उद्घाटन गरेको थियो। यसले सांस्कृतिक संस्थानको भविष्यका कार्यक्रम र योजनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
३. "नेपाली संस्कृति" नामक जर्नल विमोचन
अमूर्त/अभौतिक सांस्कृतिक सम्पदामा आधारित "नेपाली संस्कृति" नामक जर्नल विमोचन गरिएको थियो, जसले नेपालको सांस्कृतिक धरोहरको अनुसन्धान र संरक्षणमा योगदान पुर्याउनेछ।
४. वर्ष उत्कृष्ट कर्मचारी प्रोत्साहन पुरस्कार
संस्थानले मनोज जोशी ज्यू र सम्पूर्ण कर्मचारीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो, जसले संस्थानको प्रभावशाली कार्यलाई मान्यता दिएको छ।
५. संस्थानका समस्याको समाधान गर्ने प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङ ज्यू ले संस्थानका समस्याहरू समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।
६. सातै प्रदेशका लोपोन्मुख लोकसंस्कृति प्रदर्शनी
कार्यक्रमको एक महत्वपूर्ण अंशको रूपमा सातै प्रदेशका लोपोन्मुख लोकसंस्कृतिको प्रदर्शनी आयोजित गरिएको थियो, जसले नेपालका विभिन्न जातजातिका सांस्कृतिक विविधतालाई प्रकट गरेको थियो।
७. "माटोको गीत" दोस्रो संस्करण समापन
"माटोको गीत" दोस्रो संस्करण, नेपाली संस्कृति को प्रदर्शनी र कार्यक्रमको समापन गरियो, जसले नेपाली सांस्कृतिक समृद्धि र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्यो।
यस वार्षिकोत्सवले सांस्कृतिक संस्थानको समृद्धि र यसको सांस्कृतिक योगदानको महत्वलाई प्रकट गर्दै, नेपाली सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा नयाँ युगको आरम्भ गरेको छ।