२०८१ भाद्र २४ गते
सांस्कृतिक संस्थानको प्रस्तुति शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यकासाथ कक्षा १२ को नेपाली विषयमा समाहित उपन्यास 'एक चिहान' लाई नाट्य रुपान्तरण सहित मञ्चन गरिएको नाटक भाद्र २४ गते १७९ र १८० औं शृङ्खला र भाद्र २५ गते १८१ औं शृङ्खला संस्थानको मेघा हलमा सभ्य एवम् भव्य रूपमा प्रदर्शनी भएको छ।
नाटक : एक चिहान
उपन्यासकार : स्व. हृदयचन्द्रसिंह प्रधान
नाट्य रुपान्तरण : रमेश बिजी
निर्देशन : वीरेन्द्र हमाल
हाम्रो देश विभिन्न भाषा घर्म र संस्कृतिले धनी छ । भौगोलिक रुपमा हिमाल, पहाड, तराई विभिन्न धरातलीय फरक विभिन्न जातको विविधता भए पनि हामी एक सत्रमा बाँधिएका नेपाली हौ । आज हामी हाम्रो साहित्यले विश्व मञ्चमा आफ्नो प्रभाव राख्न सफल भएको छ । नेपालमा कविता उपन्यास तथा कथा विकास साहित्यहरू एक विशेष प्रयोजन निम्ति रचना तथा प्रसारण भएको पाइन्छ । नेपाली रङ्गमञ्चले साहित्यका विधालाई मनोरञ्जनको साधनहरू नभएको अवस्थामा संरक्षण तथा प्रबर्द्धन गरेको पाइन्छ । विस्तारै २००७ पछि नेपालमा शिक्षणको विकास र लेखिएको साहित्यहरू पनि लिपिबद्ध हुदै आम जनताहरूले पठनपाठन गर्ने मौका पाएका छन् ।
आजको शिक्षा पद्धति जीवन उपयोगी शिक्षा हुनुपर्छ सो मान्यता आम विश्व समुदायले लिएको पाइन्छ । सोही सन्दर्भमा यस सांस्कृतिक संस्थानले विगत एक दशकदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य तथा युवा जागरणका लागि अभियान कार्यक्रमहरू आयोजना गर्ने योजना अनुरूप संस्थानको स्वयंसेवक कोष सञ्चालनका साथै विद्यार्थीहरूलाई नाटकमञ्चनको स्वाद सहित प्रत्यक्ष शिक्षण सिकाइको उद्देश्य लिएर उच्च माध्यमिक शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बोर्ड) कक्षा १२ विज्ञान, व्यवस्थापन तथा मानविकी समूहको पाठ्यक्रममा रहेको हृदयचन्द्रसिंह प्रधानको प्रगतिशील सामाजिक उपन्यास एक चिहानको विशेष नाटक प्रदर्शनीको आयोजना गर्दै आएकोछ।
नाटक प्रर्दशन गरेर हृदयचन्द्रसिंह प्रधानको १५ दिन सम्म पढाइ हुने शिक्षण प्रक्रियालाई २ घण्टाको नाटक प्रर्दशनपछि पूर्ण रूपले प्रभावकारी शिक्षण पद्धति बनाउने र कजेज तथा विद्यालय र विद्यार्थीको समय बचत गर्ने र रङ्गकर्मीको विकास गर्ने उद्देश्यका साथ संस्थानले नाटक प्रदर्शनीको आयोजना गर्दै आएको छ ।