"सम्झनामा दिग्गज स्रष्टा: साङ्गीतिक समर्पण कार्यक्रम २०८१"

"सम्झनामा दिग्गज स्रष्टा: साङ्गीतिक समर्पण कार्यक्रम २०८१"


"सम्झनामा दिग्गज स्रष्टा: साङ्गीतिक समर्पण कार्यक्रम २०८१" भव्य रूपमा सम्पन्न
मिति: २०८१ पौष ८ गते
स्थान: सांस्कृतिक संस्थान मिनी प्रेक्षालय

सांस्कृतिक संस्थानले सिर्जनशील कला मार्फत नेपालको अस्तित्व र संस्कृतिको संरक्षण गर्दै जीवनभर नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान दिने दिवंगत राष्ट्रिय व्यक्तित्वहरूको सम्मानार्थ "सम्झनामा दिग्गज स्रष्टा: साङ्गीतिक समर्पण कार्यक्रम २०८१" भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ नृत्यनिर्देशक तथा संस्कृतिविद् श्री भैरव बहादुर थापा ज्यूले ग्रहण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट र शिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका विशेषता:
* दिवंगत स्रष्टाहरूको योगदानको स्मरण गर्दै, नेपाली कला, संगीत, र नाटकमा उनीहरूको योगदानलाई सम्मान गरियो।
* नेपाली सांगीतिक र नाट्य परम्पराको मौलिक पक्षलाई उजागर गर्दै विभिन्न प्रस्तुति प्रस्तुत गरियो।
* सहभागी कलाकारहरूले दिवंगत स्रष्टाहरूलाई समर्पित भावनात्मक गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए।
विशिष्ट आतिथिहरूको उपस्थिति:
कार्यक्रममा प्राज्ञ, संस्कृतिविद्, कलाकार र साहित्यिक क्षेत्रका आदरणीय व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमले दिवंगत स्रष्टाहरूको स्मरण गर्दै नेपाली सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
सांस्कृतिक संस्थानले यस्ता स्मरणीय कार्यक्रमहरूले राष्ट्रिय कला र संस्कृतिको जगेर्नामा प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

सम्झनामा दिग्गज स्रष्टा
साङ्गीतिक समर्पण कार्यक्रम २०८१
कार्यक्रमको तालिका

१. राष्ट्रिय गान
२. प्रमुख अतिथिको आसन ग्रहण तथा खादा वितरण
३. स्वागत मन्तव्य – महाप्रबन्धक
४. कार्यक्रम उद्‌घाटन

IMG_0779.JPG

IMG_0772.JPG

IMG_0827.JPG

IMG_0813.JPG

IMG_0788.JPG

कार्यक्रमले दिवंगत स्रष्टाहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने मात्र नभई नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने महत्त्वपूर्ण अभियानको थालनी भएको छ।

IMG_1004.JPG

५. जनार्दन सम र कोइली देवी
 जनार्दन सम:
* वि.सं. १९८४ कार्तिक शुक्ल सप्‍तमीका दिन ज्ञानेश्वरमा जन्मिएका जनार्दन समका पिता नाटककार बालकृष्ण सम र माता मन्दाकिनी सम हुन्। वि.सं. २००७ को जनक्रान्तिमा पितासँगै सक्रिय उनले सिंहदरबार स्कुलघरमा थुनामा पर्ने समय बिताएका थिए। उनको वि.सं. २०३९ मा निधन हुँदा राष्ट्र नै शोकमा डुबेको थियो।
* कोइली देवी:
कोइली देवी वि.सं. १९८७ भदौ १२ गते मकवानपुर, चिसापानी गढीमा जन्मिनुभएको हो। रेडियो नेपालमा ‘संसारको झमेला लाग्दछ यो मेला’ गीतबाट यात्रा सुरु गर्ने कोइली देवी नेपाली संगीतकी प्रथम महिला स्वरका रूपमा चिनिन्छिन्। उनको निधन वि.सं. २०६४ पुस ६ मा भयो।
गीत:
"गर्छिन् पुकार आमा"
    * रचना: म.वि.वि. शाह
    * सङ्गीत: समहरी
    * गायन: सामूहिक

६. सेतुराम श्रेष्ठ
सेतुराम श्रेष्ठको जन्म वि.सं. १९४० असन कमलाक्षीमा भएको हो। नेपाली आधुनिक गीतका आदिगायक उनले वि.सं. १९६५ मा पहिलोपटक नेपाली गीत रेकर्ड गरी इतिहास रचे। वि.सं. २००२ मा ६२ वर्षको उमेरमा उनको निधन भयो।
गीत:
"राजमती कुमती"
    * रचना: मोतीराम भट्ट
    * सङ्गीत: लोकलय
    * गायन: दिपेन्द्र बज्राचार्य
नृत्य कलाकार:
    * अक्कल बहादुर पाख्रीन र बिना बिश्‍वकर्मा

IMG_0832.JPG

IMG_0848.JPG

IMG_0847.JPG

IMG_0852.JPG

७. मेलवादेवी (गुरुङ)
मेलवादेवीको जन्म वि.सं. १९५९ ओखलढुङ्गाको रुम्जाटारमा भएको हो। उनले नेपालकी प्रथम महिला गायिका भनेर ख्याति प्राप्त गरिन्। वि.सं. २०१२ मा उनको ५३ वर्षको उमेरमा निधन भयो।
गीत:
"सवारी मेरो रेलैमा"
    * रचना: मेलवादेवी
    * सङ्गीत: मेलवादेवी
    * गायन: राधिका भण्डारी

IMG_0861.JPG

IMG_0905.JPG

 

८. हरिप्रसाद रिमाल
वि.सं. १९८२ असोज ५ मा ललितपुरको लगन टोलमा जन्मिएका रिमाल रेडियो नेपालका पहिलो गायक हुन्। उनी अभिनेता, निर्देशक र गीतकारका रूपमा परिचित थिए। वि.सं. २०७५ मा ९२ वर्षको उमेरमा उनको निधन भयो।
गीत:
"फगत एक नजरमा"
    *  रचना: केशवराज पिंडाली
    *  सङ्गीत: हरिप्रसाद रिमाल
    *  गायन: शिला विष्ट
नृत्य कलाकार:
   * सुशीला थापा

९.वटुककृष्णज्वला(सिल्वाल)
वटुककृष्ण ज्वलाको जन्म कुस्ले चौर, काठमाडौंमा भएको हो। उनले गायन र अभिनयमा समय व्यतीत गर्दै संगीत प्रशिक्षकका रूपमा पनि काम गरेका थिए।
गीत:
"ए दूरका सितारा"
    *  रचना: किरण खरेल
    *  सङ्गीत: वटुककृष्ण ज्वला
    *  गायन: बिपिन घिमिरे

IMG_0920.JPG

१०. चन्द्रराज शर्मा
वि.सं. २००० असार २४ मा जन्मिएका शर्मा सङ्गीत शिरोमणि पं. यज्ञराज शर्माका पुत्र हुन्। उनले ५० भन्दा बढी गीत गाएर ३५० भन्दा बढी गीतमा सङ्गीत दिएका थिए।
गीत:
"च्वाट्टै चुँडी"
     *  रचना: चन्द्रराज शर्मा
     *  सङ्गीत: चन्द्रराज शर्मा
     *  गायन: तीर्थराज पोख्रेलIMG_0922.JPG

 

११. पुष्प नेपाली र तारादेवी
* तारादेवी:
स्वर किन्नरी तारादेवीले जीवनभर ४००० भन्दा बढी गीत गाएकी छन्। वि.सं. २०६२ मा पार्किन्सन रोगबाट पिडित भई ६० वर्षको उमेरमा उनको निधन भयो।
* पुष्प नेपाली:
वरिष्ठ गायक पुष्प नेपालीले २५ वर्ष रेडियो नेपालमा सेवा गरे। उनले ५०० भन्दा बढी गीत गाएर थुप्रै संगीत रचना गरेका थिए। वि.सं. २०५८ मा उनको निधन भयो।
गीत:
"विदा हुने भैगयो बेला"
    * रचना: भोज्य प्रसाद शाह
    * सङ्गीत: नातीकाजी
    * गायन: दिपेन्द्र ब्रजाचार्य र राधिका भण्डारी


IMG_0933.JPG

यस कार्यक्रममा विभिन्न विधाका चर्चित कलाकारहरूद्वारा दिवंगत स्रष्टाहरूको सम्झनामा मन छुने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित महानुभावहरूले कला, सङ्गीत, र संस्कृतिको संवर्द्धनका लागि दिवंगत स्रष्टाहरूले पुर्याएको योगदानलाई सम्झँदै उनीहरूको प्रेरणादायी व्यक्तित्वको प्रशंसा गरे।

कार्यक्रमले नयाँ पुस्तालाई आफ्ना राष्ट्रिय कला र संस्कृतिको महत्त्वबारे सचेत गराउन महत्वपूर्ण भूमिका खेलेको छ। साथै, यस्तो प्रकारका कार्यक्रमहरूले राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको थियो।

IMG_0827.JPG

IMG_0985.JPG

१२. प्रमुख अतिथिको मन्तव्य

IMG_0953.JPG

प्रमुख अतिथि श्री भैरव बहादुर थापा ज्यूले दिवंगत स्रष्टाहरूको योगदानलाई स्मरण गर्दै कला र संस्कृति  संरक्षणका लागि यस्ता पहल निरन्तर आवश्यक रहेको औँल्याउनुभएको थियो।
वाद्यवादकहरू:
   *  नरसिंहलाल श्रेष्ठ
   *  लोकराज राई
   *  दुर्गाप्रसाद खतिवडा
   *  नरेश प्रजापति
   *  रोहित सुवेदी
   *  सुक्रिमाया मोक्तान
   *  सीता मैंया राजचल
कार्यक्रम व्यवस्थापन:
   *  सङ्गीत संयोजन: नरसिंहलाल श्रेष्ठ
   *  कार्यक्रम संयोजक: रेखा कुमारी कटुवाल
   *  कलाकार संयोजन: रोहित सुवेदी

 

IMG_0826.JPG
कार्यक्रम सञ्‍चाल श्री हरि पुन मगर

IMG_1038.JPG

IMG_0973.JPG

IMG_1040.JPG

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij