२०८१ असोज १८
नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ एवम् आधिकारिक निकाय सांस्कृतिक संस्थानको आयोजनामा संस्कृति भित्रको प्रमुख अवयव मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ दशैं, तिहार, छ्ठ पर्व तथा नेपाल संवत् ११४५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री अरुण कुमार चौधरी ज्यूको प्रमुख आतिथ्यतामा “चाड पर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१” सभ्यभव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष माननीय श्री गोपाल ठाकुर ज्यू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति माननीय श्री लाल काजी लामा ज्यूको विशिष्ट आतिथ्यता, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री देव प्रसाद काफ्ले ज्यू, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञज्यूहरू, संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धकज्यू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूको आतिथ्यता र लोकप्रिय कलाकारहरू श्री रामजी खाँण ज्यू, राजा राजेन्द्र पोख्रेल ज्यू, दिनेश काफ्ले (हाउडे दाइ) ज्यू, खड्गबहादुर पुन मगर (खबपु) ज्यू तथा संस्थानका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रम सफल पार्न सहकार्य गर्नुहुने श्री रिद्धि सिद्धि ज्वेलर्स र एभरेष्ट बैंक लिमिटेडलाई विशेष धन्यवाद छ । हाम्रो निमन्त्रणालाई स्वीकार्दै पाल्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र सम्पूर्ण जनमनहरू प्रति हार्दिक आभार प्रकट गर्दै दशैं, तिहार, छ्ठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्दछौं ।