मित्रराष्ट्र कतारका मौसुफ राजकीय भ्रमणमा सांस्कृतिक झाँकी प्रदर्शनी
२०८१ बैशाख ११ र १२ गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसुफ शेख तमिम बिन हमाद अल थानीज्यूको नेपाल राजकीय भ्रमणलाई भव्य बनाउन, नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सांस्कृतिक संस्थानले 'सांस्कृतिक झाँकी प्रदर्शनी'* को आयोजनाको जिम्मेवारी पाएको थियो।
यस कार्यक्रमको अंशको रूपमा नेपालको विविध सांस्कृतिक धरोहर र विभिन्न जातजातिहरूको समृद्ध संस्कृति झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गरियो। प्रत्येक झाँकीमा नेपालको पहिचान र सांस्कृतिक विविधताको समावेश थियो, जसले कतारी अतिथिहरू र अन्य पाहुनाहरूलाई नेपालका सांस्कृतिक सम्पदाबारे जानकारी गराएको थियो।
सांस्कृतिक झाँकी प्रदर्शनीलाई अनुशासित र व्यवस्थित तरिकामा प्रस्तुत गरिएको थियो, जसले नेपालका विभिन्न जातजातिको इतिहास, परम्परा, र सांस्कृतिक विविधताको समृद्ध झलक प्रस्तुत गर्यो। यस प्रदर्शनीले नेपालको सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने एक महत्त्वपूर्ण अवसरको रुपमा कार्य गर्यो।