२०८० चैत्र ९ गते
सांस्कृतिक संस्थानको प्रस्तुति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा तथा नेपाल पर्यटन बोर्डको सहयोगमा तयार पारिएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीतको दोस्रो संस्करण "नेपाली संस्कृति" लाई नेपाली नयाँ वर्ष २०८१ को अवसरमा "शुभारम्भ सांस्कृतिक साँझ २०८१" मार्फत समुद्घाटन गरी १३ हप्तासम्म लगातार प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । उक्त कार्यक्रमलाई सभ्य-भव्य रूपमा सफल पार्न एवम् संस्कृतिलाई उत्पादनसँग जोड दिई सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका विविध संघ-संस्थाका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संस्थानको निमन्त्रणालाई स्वीकार्दै पाल्नुहुने सबै शिष्ट-विशिष्ट पाहुनाहरुमा हार्दिक आभार प्रकट गर्दै सांस्कृतिक संस्थान पर्यटन क्षेत्रका सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य-समन्वयका लागि सदा प्रतिबद्ध रहनेछ ।