“शुभारम्भ सांस्कृतिक साँझ २०८२” सम्भभव्य रूपमा सम्पन्न : सांस्कृतिक संस्थान

“शुभारम्भ सांस्कृतिक साँझ २०८२” सम्भभव्य रूपमा सम्पन्न : सांस्कृतिक संस्थान


 “शुभारम्भ सांस्कृतिक साँझ २०८२” सम्भभव्य रूपमा सम्पन्न : सांस्कृतिक संस्थान

संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य,  नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा नयाँ वर्ष २०८२ सालको अवसरमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवर्द्धन, संस्कृति प्रवर्द्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा “शुभारम्भ सांस्कृतिक साँझ २०८२” वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल जमल काठमाडौँमा सभ्यभव्य ढंगले सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि लोकसेवा आयोगका अध्यक्ष माननीय श्री माधव प्रसाद रेग्मीज्यू र अतिथिहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छालीज्यू लगायत नेपाल सरकारका श्रीमान् सचिवज्यूहरू, सहसचिवज्यूहरू, उपसचिवज्यूहरू एवम् विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू हुनुहुन्थ्यो । 

Deep Prajalan.jpg

IMG_0747.jpg

वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । अनेक समस्याले ग्रसित अवस्थामा रहेको सांस्कृतिक संस्थान पछिल्लो समय प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ । महाकवि लक्ष्मीप्रसाद देवकाटाको लोकप्रिय खण्डकाव्यमा आधारित संस्थानका पूर्वकर्मचारी नेपाल कलाभूषण श्री चन्द्रराज शर्माको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल, तारादेवी लगायतले गाउनुभएको कालजयी कृति “गीति नाटक मुनामदन” राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६/७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल संस्थानको सबैभन्दा लोकप्रिय, उत्पादनमैत्री एवम् ऐतिहासिक गीति नाटक हो । गीति नाटक मुनामदन वि.सं. २०३२ साल असार ५ गते पहिलोपटक प्रदर्शन भएको र त्यस पश्चात् थुप्रैपटक मञ्चन तथा प्रदर्शन भएतापनि वर्षौंदेखि (झण्डै १५/२० वर्षदेखि) श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरी “शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत समुद्घाटन गरिएको छ । यो गीति नाटक अब नियमित प्रदर्शन गरिने भएको छ । संस्थानका पूर्वकर्मचारी गोविन्द प्रसाद तिमिल्सिनाले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” मा तत्कालीन कलाकार कर्मचारीहरू विमला श्रेष्ठ मुना र कोकिल गुरुङ मदनको भूमिकामा अभिनय गर्नुभएको थियो भने अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरूको अभिनय रहेको थियो । हाल उक्त गीति नाटक संस्थानमा कलाकार सेवामा कार्यरत कर्मचारी माया थापाको निर्देशनमा सुशिला थापा मुना र विपिन घिमिरे मदनको भूमिकामा तथा अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरुको अभिनय रहेको छ । 

IMG_0760.jpg

“शुभारम्भ सांस्कृतिक साँझ २०८२” कार्यक्रममा दर्शकहरूको अत्यधिक भिड रहेको थियो । हल भरिएर वस्ने सिट नपुगेपछि थप कुर्सीहरू समेत थप गरी व्यवस्थापन गर्न खोजिएतापनि उपस्थित सम्पूर्णले कार्यक्रम हेर्न सिट नपुगेपछि निरास हुँदै फर्किनु समेत परेको थियो । विशेष गरी ऐतिहासिक गीतिनाटक वर्षौंपछि प्रदर्शनी गरिएपछि सो नाटक हेर्नकै लागि मानिसहरूको भिड भएको हो । संस्थानले नियमित प्रदर्शन गर्ने भएकाले फर्किनु परेका दर्शकलाई निरास नहुन समेत संस्थानले अनुरोध गरेको छ ।
“शुभारम्भ सांस्कृतिक साँझ २०८२” मार्फत सात प्रदेशको अमूर्त संस्कृतिमूलक कार्यक्रम “नेपाली संस्कृति” समेत समुद्घाटन गरिएको छ । उक्त कार्यक्रम “नेपाली संस्कृति” लाई नेपाल पर्यटन बोर्डको नेपाली संस्कृति प्रवर्द्धन सहित सांस्कृतिक पर्यटनमैत्री क्रियाकलाप, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको घटना दर्ता सप्ताह विशेष जागरण क्रियाकलाप, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको संस्कृतिमा युवा आकर्षण विशेष जागरण क्रियाकलाप र गीति नाटक मुनामदनको सहित नवजारण प्रवाह गर्ने उद्देश्यकासाथ सात प्रदेशमा प्रदर्शन गर्ने तयारी समेत गरिएको छ । सात प्रदेशका कार्यक्रमहरूमा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृतिलाई समेत विशेष स्थान दिइनेछ । 
सात प्रदेशका मिति तथा स्थान : वैशाख १ गते काठमाडौँ, सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते ।

कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको घटना दर्ता सप्ताह विशेष सचेतनामूलक प्रस्तुति रहेको थियो । सो घटना दर्ता नाटकको परिकल्पना, लेखन र निर्देशन संस्थानको नाटक शाखामा कार्यरत श्री सबनम सिलवाल ज्यू र श्री रामभजन कामतज्यूले गर्नु भएको हो । घटना दर्ता सप्ताह बारे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशकले विशेष सम्बोधन मार्फत प्रष्ट पार्नु भएको थियो । 

IMG_0915.jpg

कार्यक्रममा संस्थानका कलाकारहरूले शुभकामना विशेष प्रस्तुति, मौलिक टप्पा बनगारी नृत्य प्रस्तुत गरेका थिए भने लोकप्रिय हास्य कलाकार श्री सुबोध गौतमज्यूको समेत प्रस्तुति रहेको थियो । गीति नाटक मुनामदन सम्बन्धी श्रष्टा र पहिलोपटक मञ्चन तथा प्रर्दशनीमा सिर्जनशील कला मार्फत अतुलनीय योगदान दिनुहुने स्थापक राष्ट्रिय व्यक्तित्वहरूलाई शिष्टाचारको सम्मान समेत गरिएको थियो । सात प्रदेशको प्रतिनिधिमूलक प्रस्तुति भूमे समाज काठमाडौँको तर्फबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै लोपोन्मुख “फाङक” संस्कृति प्रदर्शन गरिएको थियो ।

IMG_0799.jpg

IMG_0884.jpg

कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले नयाँ वर्षको शुभकामना दिनुहुँदै संस्थानले पछिल्लो समय सिर्जनशील कलायुक्त संस्कृतिबाट राष्ट्रको समृद्धि सम्भव छ, भन्ने कुरालाई जसरी प्रमाणित गर्दै आएको छ, यो अत्यन्ते प्रशंसनीय कार्य भएको छ । यसमा म अभिभावक भएको नाताले संस्थानलाई समृद्धितर्फ लैजान संस्थानको समस्या समाधानतर्फ प्रतिबद्ध छु । साथै यो कार्यक्रम सात प्रदेशमा प्रदर्शनी हुने कुराले थप खुशी व्यक्त गर्दै सातवटै प्रदेशमा सभ्यभव्य प्रदर्शनीको समेत शुभकामना व्यक्त गर्नुभयो । संस्कृतिको विषयमा विज्ञ मन्त्रीको रूपमा समेत हालका मन्त्रीज्यूलाई सारा जनमानसले चिन्ने गरेको छ । 

IMG_0261.jpg

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनले “नेपाली नयाँ वर्षको अवसरमा नयाँ ऊर्जा र जोश सहित आयोजना गरिएको शुभारम्भ सांस्कृतिक साँझ २०८२ साँच्चिकै यो नयाँ युगको शुभारम्भ हो किनकी नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमा यसरी संयुक्त कार्यक्रम हुनु नै एक युगको सुरुवात हो । कार्यक्रमकै नाम शुभारम्भ सांस्कृतिक साँझ विशेष दुई कार्यको सुभारम्भ हो । एउटा चार निकायको ऐक्यबद्धताको शुभारम्भ हो भने अर्को सांस्कृतिक संस्थानको सांस्कृतिक विरासतको अस्तित्व बचाउने युगको शुभारम्भ हो ।”

IMG_0857.jpg

उहाँले चार निकायको ऐक्यबद्धताको चार प्रमुख उद्देश्य यसरी प्रष्ट पार्नु भयो :–
१) परम्परागत सभ्य नेपाली संस्कृति प्रवद्र्धन तथा सांस्कृतिक रूपान्तरण सहित सांस्कृतिक पर्यटनमैत्री संस्कृति निर्माणको आधार दिशाबोध गर्न,
२) समाजमा विद्यमान व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना प्रवाह गरी सामाजिक रूपान्तरण सहित न्यायिक संस्कृति निर्माणको आधार दिशाबोध गर्न,
३) युवालाई सिर्जनशील कलातर्फ अभिमुखीकरण गरी जागरण संस्कृति निर्माणको आधार दिशाबोध गर्न,
४) सभ्य, सुसंस्कृत, न्यायिक, सुशासनयुक्त नयाँ संस्कृति निर्माण गरी राष्ट्रको समृद्धिको आधार दिशाबोध गर्न ।


महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले थप सम्बोधनमा भन्नुभयो “मैले यहाँको नेतृत्व सम्हालीसकेपछि, यहाँको अवस्थालाई नजिकबाट नियालीसकेपछि, म भित्र केही गर्ने हुटहुटी र ६५ वर्षदेखि जड बनेका बेथितिलाई निर्मूलन गर्ने मूर्ख सपनाहरू मेरो मानसपटलमा बास गर्न थाले । पहिले म सक्छु भन्ने सकारात्मक सोच सहित प्रण गरें कि परिआए नेपालको अस्तित्व संस्कृतिका निम्ति प्राण दाउमा लाउँछु । त्यसका लागि मलाई उपयुक्त वातावरण र अभिभावकत्व खाँचो थियो । दैवले पनि तँ आँट, म पु¥याउँछु भन्छ रे भन्ने उखान झैँ, मैले आँटेपछि सोही बमोजिमकै अभिभावक माननीय मन्त्रीज्यूलाई पाएँ । जो आफैमा संस्कृतिबारे गहिरो चिन्तन गर्ने व्यक्तित्व हुनुहुन्छ, उहाँको असल अभिभावकत्वमा संस्थानको वर्तमान नेतृत्वको प्रतिबद्ध भई सुशासनको यात्रा तय गर्दा अनेक समस्याले ग्रस्त संस्थानमा केही आशाका किरणहरू छाउन थालेका छन् । संस्थानका केही नीतिगत त्रुटिपूर्ण ऋण र नेपाल सरकारको अनिवार्य दायित्व उपदानको समस्या समाधान भएमा यस्तै किसिमले सुशासन कायम राखी निरन्तरता दिनेहो भने अबको ५ वर्षदेखि १० वर्षभित्र संस्थान नसोचेकै नाफामा जानसक्छ । त्यसको प्रमाणित पहिले र म नियुक्ति पश्चात् भएको आम्दानी विवरणमा ६१ प्रतिशतका दरले बृद्धि भएको आँकलनबाट प्रष्ट पारेका छौं । त्यसैले संस्थानका नीतिगत समस्या समाधानको लागि मा.मन्त्रीज्यूले अभिभावकत्व लिई आ.व.८२/८३ को बजेट मार्फत सम्बोधन गर्नु हुनेछ भन्ने पनि विश्वास लिएका छौं । तर केही संस्कृतिलाई भोगचलन गर्नेहरू संस्थानको उन्नतिप्रगति देखेर रन्थनिएर मलाई रोक्न, छेक्न अनेक प्रपञ्च रच्दैपनि छन् । त्यसैले राष्ट्रियताको दृष्टिकोणबाट संस्कृति भन्नु नै नेपाल आमा हुन् म नेपाल आमा र मा.मन्त्रीज्यूलाई साक्षी राखेर प्रण गर्दै संस्कृतिलाई भोगचलन गर्दै संस्थानलाई मृत्युशैयामा पु¥याउनेहरू, संस्कृति जस्तो संवदेनशील निकायलाई त्रुटिपूर्ण ऋणको भारी बोकाउनेहरू, कर्मचारीका सञ्चयकोष, नागरिक लगानी कोषमा रकम रोक्नेहरू, संस्थानको इतिहास र सांस्कृतिक विरासतलाई मेटाउन खोज्नेहरूलाई खबरदारी समेत भन्न चाहन्छु ।”
 
महाप्रबन्धक पुनले थप सम्बोधन मार्फत राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा ६/७ महिनाभन्दा बढी लगातार प्रदर्शन भई रजत जयन्ती समेत मनाउन सफल संस्थानको ऐतिहासिक सांस्कृतिक सम्पत्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा कृत, नेपाल कलाभूषण चन्द्रराज शर्माको संगीत, स्वरसम्राट नारायण गोपाल, तारादेवी लगायतले गाउनुभएको, पहिलोपटक कोकिल गुरुङ, विमला श्रेष्ठ लगायतले अभिनय गर्नुभएको, गोविन्द प्रसाद तिमिल्सिनाले निर्देशन गर्नुभएको कालजयी गीति नाटक मुनामदनलाई मेटाउने प्रयास गरिएको प्रति घोर आपत्ति प्रकट गर्दै सिर्जनशील कला मार्फत राष्ट्रलाई अतुलनीय योगदान दिने राष्ट्रिय व्यक्तित्वहरू चाहे कवि, साहित्यकार, संस्कृतिविद्, कलाकार वा अन्य सीप सम्बन्धी व्यक्तित्व हुन् ती अमर राष्ट्रिय व्यक्तित्वलाई युगौंयुग बचाउने कार्यको सुरुवात स्वरूप मुनामदन समुद्घाटन भएकाले संस्थानको सांस्कृतिक विरासत बचाउने युगको शुभारम्भ पनि हो भन्दै महाकविज्यूले वि.सं.१९९२ सालमा मुनामदन मार्फत सिर्जनशील कलाको अद्भुत क्षमताबाट राष्ट्रप्रति गहिरो चिन्तन गरी नेपालको दीर्घकालीन परिवेशलाई चित्रण गर्नुभएको पाइन्छ । महाकविज्यू र मुुनामदनलाई प्रशंसा गर्नयुक्त सायद नेपाली शब्दकोशमा त्यस्तो शब्द नहोला । वर्तमान नेपालको चित्रण, नेपाली समाजमा आवश्यकता समानता र समाजवादी दृष्टिकोणको प्रतिविम्ब महाकविज्यूले सोही समयमा आफ्नो दूरदर्शीताबाट प्रकट गर्नुभएको छ । कालजयी गीति नाटकको रूपमा मुनामदन स्थापित हुनुमा प्रमुख श्रेयस्कर अमर राष्ट्रिय व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यू लगायत गीति नाटक मुनामदन उत्पत्ति हुनुमा पहिलोपटक सिर्जनशील कला मार्फत योगदान दिने राष्ट्रिय व्यक्तित्वहरूलाई नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र ज्येष्ठ निकाय सांस्कृतिक संस्थानको तर्फबाट सदा उच्च सम्मानकासाथ शिष्टाचारको सम्मान गर्दैछौं । जीवित रहनु भएका राष्ट्रिय व्यक्तित्वलाई प्रत्येक्ष तथा दिवंगत हुनु भएका राष्ट्रिय व्यक्तित्वको हकमा नेपथ्यबाट साथ दिनुहुने उहाँको महान् परिवारजनलाई सम्मान गर्ने बताउनु भयो । जुनसुकै विषयमा पनि स्थापकहरू इतिहास हो त्यो इतिहास मेट्ने छुट कसैलाई पनि छैन । बडो मुस्किलले आज मुनामदनको सही इतिहास बाहिर ल्याउन सफल भएका छौं । गीति नाटक मुनामदनका स्थापकहरू प्रति उच्च सम्मान तथा संस्थानको इतिहासमा पटकपटक मञ्चन तथा प्रदर्शन हुँदा सिर्जनशील कला मार्फत योगदान दिनुहुने सबैमा आभार प्रकट गर्दछु । साथै संगिनको धारमा रोपिएको एउटा मूर्ख सपनालाई साकार पार्न मेरो स्प्रीट र स्पीडलाई बुझेर जिम्मेवारी वहन गर्नुहुने संस्थानको कार्यक्रम तथा योजना शाखा र हालको निर्देशक माया थापा, मुना सुशिला थापा, मदन विपिन घिमिरे लगायत सम्पूर्ण संस्थानका कलाकार प्रति मनैदेखि धन्यवाद ज्ञापन गर्दछु । फेरि प्रण गर्दै भन्न चाहन्छु कि यो सुरुवात मात्रै र प्रोमो मात्रै हो, जतिसुकै बाधाहरू आए पनि, परि आए ज्यानै दाउमा लाउन परे पनि, एक इञ्च पनि विचलित नभई अझै सुशासनको यात्रामा जति अलोकप्रिय बन्नु परे पनि बन्न तयार भई जिम्मवारी वहन गरी नेपाली संस्कृति नेपाली आमाको रक्षार्थ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसैगरी असल अभिभावकत्वको मा.मन्त्री ज्यू बाट अपेक्षा सहित उपस्थित सबैमा स्वागत तथा आभार प्रकट गर्नुभयो ।

IMG_0306.jpg
कार्यक्रममा सञ्चालक हरि पुन मगरले गर्नुभएको थियो भने सभाध्यक्ष सांस्कृतिक संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूले नयाँ वर्षको शुभकामना दिँदै उपस्थित सबैलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो ।

IMG_0787.jpg

IMG_0225.jpg

IMG_0892.jpg

IMG_0826.jpg

IMG_0754.jpg

 

IMG_0283.jpg

IMG_0254.jpg

IMG_0776.jpg

 

IMG_0226.jpg

IMG_0185.jpg

 

IMG_0764.jpg

IMG_0301.jpg

IMG_0265.jpg

IMG_0213.jpg

IMG_0176.jpg

IMG_0887.jpg

IMG_0709.jpg

© 2025 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij