सांस्कृतिक संस्थानको प्रस्तुति मौलिक “देउसी भैलो”
३१ असोज २०८२, काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रस्तुतिमा मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ । पछिल्लो समय संस्थानले आफ्नो काम, कर्तव्य, क्षेत्राधिकार र अभिभारा बमोजिम मौलिक गीतहरूको श्रव्यदृश्य सामग्री उत्पादन एवम् प्रकाशन गर्दै आइरहेको छ । यसै अनुरूप महान् सांस्कृतिक पर्व तिहारको अवसरमा मौलिक देउसी भैलो गीतको श्रव्यदृश्य सामग्री तयार पारेर प्रकाशन गरिएको हो । देउसी भैलो गीतको रचना र भाका संकलन संस्थानका कलाकार सेवामा कार्यरत श्री रोहित सुवेदीज्यूले गर्नुभएको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आवाज रहेको छ भने संस्थानका कलाकार सेवामा कार्यरत श्री राधिका भण्डारीज्यूले आवाजमा साथ दिनुभएको छ । त्यसैगरी संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दीपेन्द्र बज्राचार्य ज्यू, श्री विपिन घिमिरे ज्यू, श्री शीला विष्ट ज्यू, श्री सुशीला थापा ज्यू र सुक्रिमाया मोक्तानज्यूको सामूहिक कोरस आवाज रहेको छ ।
मौलिक देउसी भैलो गीत उत्पादन एवम् प्रकाशनका हुनका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अन्य व्यक्तित्वहरूमा सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली ज्यू, वाद्यवादकः श्री खर्क बहादुर बुढा मगर ज्यू, श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री नरेश प्रजापति ज्यू र श्री हेमन्त कान्छा रसाइली ज्यू, निर्देशक श्री माया थापा ज्यू, अवधारणा श्री रोहित सुवेदी ज्यू, छायांकार श्री बि.एम मल्ल ज्यू, दृश्य सम्पादक श्री मनिष कार्की ज्यू, अभिनयः श्री दुर्गा प्रसाद खतिवडा ज्यू, श्री गीता थापा घिमिरे ज्यू, श्री सुशीला थापा ज्यू, श्री अक्कल बहादुर पाख्रिन ज्यू, श्री शेखर घर्ति ज्यू, श्री बिना विश्वकर्मा ज्यू लगायत संस्थानका सम्पूर्ण कर्मचारीहरू, भेषभूषा श्री नारायणी पाण्डे ज्यू र मेकअप श्री सीता तामाङ केसीज्यूको रहेको छ । मौलिक देउसी भैलो गीतलाई संस्थानको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
मौलिक देउसी भैलो गीतको भिडियोः
सजीव कलाको माध्यमबाट नेपाली मौलिक संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने प्रमुख अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपालको पहिचानयुक्त सबै प्रकारका गीतहरू रेकर्डिङ गरी श्रव्यदृश्य सामग्री प्रकाशन गर्नतर्फ अग्रसर भएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा निकायगत कार्यप्रकृति अनुसार अपरिहार्य संस्थानको रेकर्डिङ स्टुडियो निर्माण गर्न सफल भएकाले संस्थान श्रव्यदृश्य सामग्री उत्पादनतर्फ सक्रिय रूपमा अगाडि बढेको छ । संस्थानले निरन्तर सबै विधाका सबै प्रकारका गीतहरू उत्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।