सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव, २०८२” भव्यताका साथ सम्पन्नः सांस्कृतिक संस्थान

सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव, २०८२” भव्यताका साथ सम्पन्नः सांस्कृतिक संस्थान


 

सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव, २०८२” भव्यताका साथ सम्पन्नः सांस्कृतिक संस्थान


९ माघ २०८२, काठमाडौँ । 
सांस्कृतिक संस्थानको आयोजनामा सांस्कृतिक संस्थान विशेष समारोह “वसन्त शास्त्रीय सङ्गीत दुई दिवसीय महा–उत्सव, २०८२” भव्यताका साथ सम्पन्न गरिएको छ । सांस्कृतिक संस्थाने विगतदेखि नै सांस्कृतिक पर्व वसन्त पञ्चमी तथा सङ्गीत÷विद्याकी देवी सरस्वती पूजाको अवसरमा आयोजना गर्दै आएको वसन्त शास्त्रीय सङ्गीत उत्सवलाई नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ नयाँ शिराबाट सो महा–उत्सव आयोजना गरेको हो । संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको उक्त क्रियाकलापलाई व्यावहारिक बनाउन संस्थानको सेमिनार हलमा संवत् २०८२ पुस १७ गते अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । संस्थानका अध्यक्ष श्री चन्द्र कुमार राई हतुवालीज्यूको सभाध्यक्षतामा ललितकला केन्द्रीय विभाग प्रमुख श्री डा.अञ्जु उप्रेतीज्यूको प्रमुख आतिथ्यता, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छालीज्यूको विशिष्ट आतिथ्यता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री हिसन समाल ज्यू, संस्थान समिति सदस्य श्री पूजा श्रेष्ठ ज्यू, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम राष्ट्रिय परियोजना प्रबन्धक श्री धर्मराज दवाडी ज्यू, शास्त्रीय सङ्गीतका धरोहरहरू श्री श्रीराम आचार्य ज्यू, श्री धन बहादुर गोपाली ज्यू, श्री मोहन प्रसाद जोशी ज्यू, श्री सङ्गीता प्रधान राना ज्यू, श्री डा.रमेश पोखरेल ज्यू, श्री गोकुल लिम्बु ज्यू, श्री श्री केसी ज्यू, श्री जीवन आले ज्यू, श्री मिलन–मिलेश तण्डुकार ज्यू, श्री सुदर्शन राजोपाध्याय ज्यू लगायत शास्त्रीय सङ्गीत क्षेत्रका दिग्गज धरोहरदेखि अनुजसम्मका व्यक्तित्वहरूको आतिथ्यता एवम् सहभागितामा सो महा–उत्सव सम्पन्न गरिएको हो ।

IMG_6797.jpg

IMG_6815.jpg

IMG_6846.jpg

IMG_6933.jpg

IMG_6959.jpg

IMG_6886.jpg

महा–उत्सव समुद्घाटन विशेष समारोहमा स्वागत सहित विशेष सम्बोधन गर्नुहुँदै महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले भन्नुभयोः–

IMG_6893.jpg

“आज मेरो लागि विशेष दिन, मैले पथभार ग्रहण गरेको दिन, मेरो कार्यकालको दुई वर्ष पुरा भएको दिन,२ वर्षे कार्यकालमा मैले देखेका, भोगेका कुराहरू विस्तार गर्ने हो भने त उपन्यास नै बन्छ होला । केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेर प्रस्थान गरेको एउटा सच्चा प्राणीलाई यहाँ विचलित पार्न के कस्ता षड्यन्त्र, प्रपञ्च हुन्छन् ती कुराको विस्तार कुनै दिन उपन्यासमा लेख्ने धोको छ । सारमा भन्नुपर्दा केही गर्न सबैभन्दा पहिले सकारात्मक सोच सहित सम्बन्धित निकायको क्षेत्राधिकार पहिचान गरी सोही बमोजिम कर्तव्यनिष्ठ भई सत्कर्म गर्नु नै हो । नकारात्मक चिन्तनमा अभ्यस्त भएको निकायको परिवेशभित्र रहेर काम गरेर प्रतिफल दिनु निकै चुनौतीको विषय थियो । तर पनि मैले प्रण गरें कि म बिराउँदिन, डराउँदिन सुशासनको दियो बालेरै छोड्छु । मैले बारम्बार भन्दै आएको छु कि हर मानवका लागि संस्कृति सम्प्रेषण गर्ने पहिलो पाठशाला आमा हुन्, आमा नै संस्कृति हुन् जसले आफ्नो सन्ततिलाई सभ्य संस्कृति दिन्छिन्, यसर्थ राष्ट्रियताको दृष्टिकोणबाट हेर्ने हो भने संस्कृति भन्नु नेपाल आमा हुन् किनकी हरेक राष्ट्रको अस्तित्व संस्कृतिमै निहित हुन्छ । मलाई लाग्थ्यो यो संवेदनशील विषयको वकालत गर्ने निकाय सभ्य संस्कृतिमय छ होला, यहाँ कार्यत कर्मचारीहरू सुसंस्कृति छन् होला । तर विडम्बना मैले त्यसको उल्टो पाएँ । चरम बेथिति र नीतिगत त्रुटिले ग्रसित भई संस्थान मृत्युशैयामा छटपटाइरहेको थियो । त्यो छटपटाहटमा प्राण भर्ने भन्दापनि दोहन गर्नेहरूको हाबी थियो । यस्तो बेथितिलाई अन्त्य गर्ने प्रण गर्नु आफैमा एउटा मूर्ख सपना थियो । तर मैले कर्तव्यनिष्ठ भई सुशासनको दिप जलाउने शंखघोष गरेँ । मैले बारम्बार गम्भीरतापूर्वक उठाउने प्रसङ्ग कि सिर्जनशील प्राणीहरूको मुख्य समस्या नै नीतिगत प्रणाली बुझ्न नसक्नु हो ।

नीतिगत प्रणालीको चेतना नहुँदाका परिणामः
क) राष्ट्रिय अस्तित्वसँग जोडिएको संस्कृति सम्बन्धीको संवेदनशील निकायमा कार्यरत सिर्जनशील कर्मचारी तथा नेतृत्व नीतिगत हिसाबले स्पष्ट हुन्थे भने भवन निर्माणार्थ नेपाल सरकारबाट अनिवार्य प्रदान गरिनुपर्ने अनुदान त्रुटिपूर्ण ढंगले ऋण हुन गई आज ४१ करोडको त्रुटिपूर्ण ऋणको कारण मृत्युशैयामा हुनु पर्थेन होला । 

ख) सिर्जनशील प्राणीहरूको निकाय भएकाले यहाँ शैद्धान्तिकभन्दा व्यावहारिक अनुभवलाई प्रधानता दिई सोही बमोजिम सबैले स्वीकार्न सक्ने संगठन संरचना निर्माण गर्ने नीतिगत हिसाबको ज्ञान हुन्थ्यो भने आज सबै उच्च कला क्षमता भएका सिर्जनशील प्राणीहरू यहाँ अनुबन्धित हुन्थे होला । 

ग) भिन्न प्रकृतिको निकाय भएकाले यसको छुट्टै ऐन आवश्यकता पर्छ भन्ने नीतिगत ज्ञान हुन्थ्यो भने आज ओ एण्ड एम, विनियमावली स्वीकृत नभई निरन्तरतामै प्रश्न उठ्ने वातावरण हुन्थेन होला । 

घ) नेपाल सरकारको अनिवार्य दायित्व अवकाश प्राप्त कर्मचारीको उपदान सम्बन्धी छुट्टै कोषको विकास गरी कर्मचारी अवकाश प्राप्त हुनु ३/४ महिना पहिलेदेखि नै उसको उपदानको व्यवस्थापन बारे चिन्तन गरिसक्नुपर्छ भन्ने नीतिगत प्रणालीको विकास हुन्थ्यो भने आज करोडौंको उपदान दायित्वको समस्या हुन्थेन होला । 

ङ) अन्य सार्वजनिक संस्थानमा नेपाल सरकारबाटै कर्मचारी सेवा सुविधा पुर्याइन्छ हाम्रो संस्थानमा पनि त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने नीतिगत ज्ञान त भएन–भएन तर कम्तीमा आन्तरिक स्रोतबाटै कर्मचारीको तलब, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संवेदनशील विषयको व्यवस्थापन गर्नुपर्छ भन्ने सामान्य हेक्का राखी चरम दुरूपयोग हुँदा आवाज उठाउने नैतिकता हुन्थ्यो भने तलब सुविधा पुर्याउन गाह्रो हुने, सञ्चय कोष तथा नागरिक लगानी कोषमा करोडौं दायित्व सिर्जना हुन्थेन होला । 

च) संस्थानको स्थापनाकालदेखि निकायगत कार्यप्रकृति तथा क्षेत्राधिकार बमोजिम अपरिहार्य श्रव्यदृश्य उत्पादनमैत्री रेकर्डिङ स्टुडियो जस्ता आधारभूत संरचना निर्माण गरी प्रकाशन गर्नुपर्छ भन्ने नीतिगत ज्ञान हुन्थ्यो भने आज संस्थानको कार्य सम्पादनमा प्रश्नको सामना गर्नु पर्थेन होला । 

यी मात्रै प्रमुख उदाहरण हुन् । यी र यस्ता किसिमका अनेकौं नीतिगत समस्याबाट ग्रसित संस्थानमा केही गर्नु पक्कै फलामको चिउरा चपाउनु सरह चुनौती थियो । भनिन्छ कि जगबाटै घर बनाउन अत्यन्तै सहज हुन्छ तर बिग्रिसकेको घर बनाउन बडो मुस्किल हुन्छ । नीतिगत हिसाबले नै क्षत–विक्षत भएको निकायमा मेरो २ वर्षे कार्यकाल भनेकै बिग्रे भत्केका खाडलहरू पुर्ने कार्यमै व्यतीत भयो । मैले भनिसकेँ मैले देखे, भोगेका कुराहरू विस्तार गर्ने हो भने उपन्यास बन्छ । चुनौतीलाई हाँसीहाँसी स्वीकार्दै हरेक परिस्थितिसँग लड्दैभिड्दै कहिल्यै नाश नहुने अजरअमर कृतिहरूका कार्य हामीले गर्न सफल भयौं ।

सुशासन सहितका सत्कर्महरू मार्फत बनेका कृतिहरूः
क) अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८२” प्रतिवेदन अनुसार देशैभरीका सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरू मध्ये सांस्कृतिक संस्थानको मात्र ६९.४७ प्रतिशतले आम्दानी वृद्धि । साथै महालेखापरिक्षकको कार्यालयले भर्खरै सम्पन्न गरेको लेखा परिक्षण प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा झनै संस्थानकै इतिहासमा रेकर्ड ब्रेक गर्दै हालसम्मको इतिहासमा कहिल्यै पनि नाफा हुन नसकेको संस्थान समग्र रूपमा नाफामा गएको छ । 

ख) संस्थानको स्थापनाकालदेखि हालसम्म निर्माण गर्न भनी निर्णयमै सीमित निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य सांस्कृतिक संस्थानको रेकर्डिङ स्टुडियो निर्माण एवम् सञ्चालन ।

ग) निकायगत कार्य प्रकृति अनुसार अपरिहार्य सांस्कृतिक पर्यटनमैत्री सांस्कृतिक संस्थानको सेमिनार हल निर्माण एवम् सञ्चालन ।

घ) सजीव कला प्रदर्शनी सम्बन्धी ISSN मान्यताप्राप्त अनुसन्धनात्मक जर्नल संस्कृति अध्ययन प्रकाशन प्रारम्भ ।

ङ) वर्षौंदेखि श्रव्य सामग्री हराएर प्रदर्शन हुनबाट वञ्चित ऐतिहासिक गीति नाटक मुनामदन पुनरुत्थान गरी प्रदर्शन प्रारम्भ तथा सांस्कृतिक सम्पत्ति उत्खनन समिति निर्माण गरी अन्य ऐतिहासिक कृतिहरू खोजी कार्यलाई तीव्रता दिइएको ।

च) गाईजात्रा विशेष प्रहसन कार्यक्रम, मनमनमा संस्कृति–ओठओठमा हाँसो जस्ता संस्कृति संरक्षण सहित उत्पादनमैत्री कार्यक्रमहरू वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी प्रदर्शन थालनी । 

छ) पहिलोपटक युटुब मनिटाइज तथा एप मार्फत सिर्जनशील क्रियाकलाप प्रकाशन गर्ने कार्यको शुभारम्भ गरी डिजिटल उत्पादनको कार्य थालनी ।

ज) व्यवस्थित (साउण्ड प्रुफ) अभ्यास कक्ष निर्माण ।

झ) संस्थानको प्रवेशद्वारमा विशेष क्षमतामैत्री र्याम्प निर्माण ।

ञ) संस्थानको नीतिगत प्रणालीलाई दीर्घकालीन रूपमा सुधार गर्ने अभिप्रायका साथ संस्थानको छुट्टै ऐन सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रालयमा पेश । 

ट) संस्थानका हरेक सेवा प्रवाहलाई डिजिटल प्रणाली मार्फत हुनसक्ने व्यवस्था निर्माण ।

ठ) संस्थानको क्षेत्राधिकार बमोजिम सजीव कला प्रदर्शनी सम्बन्धी सबै विधालाई समान ढंगले दीर्घकालीन रूपमा अगाडि बढाउने उद्देश्यका साथ वार्षिक नीति तथा कार्यक्रमहरू बजेट सहित निर्माण गर्ने प्रणालीको विकास । 

ड) ज्यानको प्रवाह नगरी संस्थानलाई उपभोग्य साधनको रूपमा प्रयोग गर्ने प्रणालीलाई अन्त्य गरी सुशासन स्थापना गर्दा हल आम्दानीमा उल्लेखनीय वृद्धि ।

ढ) G to G प्रणाली अन्तर्गतका दीर्घकालीन नीति तथा कार्यक्रममा संस्थानको यात्रा तय जस्तैः काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा पुस्तक रहित शुक्रबार कार्यक्रम, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनमा सांस्कृतिक पर्यटनका लागि सांस्कृतिक प्रदर्शन प्याकेजको निर्माण कार्यक्रम, पशुपति क्षेत्र विकास कोषसँग धार्मिक सांस्कृतिक कार्यक्रम आदि । 
ण) वर्षौंदेखि नीति विपरित संस्थानको प्राङ्गण प्रयोग गर्ने बेथितिलाई पूर्णतः बन्द गरी कानून सम्मत सम्बन्धित निकायसँग सम्झौता गरी संस्थानको आय स्रोतमा वृद्धि ।

त) सिर्जनशील क्रियाकलापयुक्त सांस्कृतिक सम्पत्ति संरक्षणका लागि सांस्कृतिक सम्पत्ति दस्तावेजीकरण तथा सर्वाधिकार सम्बन्धी प्रणाली, २०८१ नीतिगत प्रणाली निर्माण ।

थ) कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता अत्यन्तै संवेदनशील विषयमा समेत रकम जम्मा नहुँदा कर्मचारीहरू सम्बन्धित कोषबाट पाउने विभिन्न सुविधाहरूबाट वञ्चित हुनु परेको, वर्षौंदेखि रकम जम्मा हुन नसकेको करोडौं दायित्व जम्मा गरी हाल लगातार तलब भत्तासँगै जम्मा हुने प्रणालीको सुरुवात । 

द) नेपाल सरकारको अनिवार्य दायित्व अवकाश प्राप्त कर्मचारीहरूलाई प्रदान गरिने उपदान रकमको दायित्व समाधानका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रकममा आन्तरिक आयमा वृद्धि हुन आएको रकम थप गरी हालसम्मकै बढी रकम एकैपटक एकजनालाई ४० लाखसम्मका दरले अवकाश प्राप्त कर्मचारीलाई वितरण गरिएको, दीर्घकालीन रूपमा उपदानको समस्या समाधानको लागि संस्थानको विनियमावली संशोधन गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिएको ।  

ध) ‘मेरो दान, संस्कृतिलाई सम्मान’ श्लोकन सहित दानपेटिका सहितको “सांस्कृतिक संस्थान कल्याणकारी कोष” स्थापना गरी संस्थानका कर्मचारी तथा अन्य संस्कृतिविद्, सिर्जनशील प्राणीलाई आपत्विपद् पर्दा मलमपट्टी स्वरूप सहायता मिल्ने व्यवस्था गरिएको ।

न) संस्थानका विभिन्न कार्यक्रममा अनावश्यक जनशक्तिलाई सहभागी गराई संस्थानका कलाकार सेवाका कर्मचारीको आत्मसम्मानमा आघात पुग्ने गरी सिर्जनशील कला प्रर्दशनी गर्ने वातावरणबाट वञ्चित गरिएको तथा क्षमता अनुरूपको स्थान नपाएर वञ्चित भएका प्रशासन सेवाका कर्मचारीलाई उपयुक्त वातावरण एवम् जिम्मेवारी प्रदान गरी आत्मनिर्भर नीतिमा केन्द्रित गरिएको ।

प) संस्थानका कर्मचारीहरूको सिर्जनशील क्रियाकलापलाई डिजिटल प्रविधि मार्फत प्रकाशन गरी विश्वभरी चलायमान हुने वातावरण निर्माण गरिएको ।

फ) संस्थानको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न समय सूचकयुक्त वार्षिक नीति तथा कार्यक्रम समेटिएको भित्तेपात्रो निर्माण प्रणाली शुभारम्भ ।

ब) विविधतायुक्त नेपालको पहिचानलाई आत्मसात् गरी हरेक सांस्कृतिक चाडपर्वलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी स्थलगत रूपमै क्रियाकलाप सम्पन्न गर्ने प्रणालीको सुरुवात गरिएको साथै सबै विधालाई समान रूपमा विकास गर्ने उद्देश्यका साथ नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ नेपालीपन भएको उपशास्त्रीय सङ्गीत समारोहलाई पहिलोपटक संस्थानको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको ।

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड, यो निकाय यति सभ्य निकाय हो, नेपाल सरकारको एकमात्र निकाय जहाँ सिर्जनशील सजीव कलाको माध्यमबाट समाजमा नवजागरण प्रवाह गर्नु प्रमुख अभिभारा प्राप्त गरेको छ । नवजागरण प्रवाह गर्दै सभ्य संस्कृति निर्माण गर्ने अभिभारा प्राप्त यहाँका सिर्जनशील कर्मचारी सुसंस्कृत हुनुपर्ने आधारभूत शर्त होला नि ? तर विडम्बना यहाँ स्थापनाकालदेखि नै कुसंस्कृति हाबी भयो अहिलेसम्म कायम रह्यो । यहाँ जो सिर्जनशील कलाको शैद्धान्तिक ज्ञान, प्रशासनिक ज्ञान, नीतिगत ज्ञान, शास्त्रीय ज्ञान आपूmमा छ भन्ठान्छ, उही विधि विपरित, नीति विपरित, शास्त्र विपरित हिँडिरहेको छ, ऊ आफूलाई स्वयं कानून ठान्छ, गैरजिम्मेवारी, अव्यावहारिक, अप्राकृतिक संस्कार सम्प्रेषण गर्दै हिँड्छ, न आफू गर्छ, न अरूलाई गर्न दिन्छ । मानसिक हिसाबले क्षत–विक्षत भएपछि, लाज पनि लजाउने गरी अराजक क्रियाकलाप गरेपछि त्यस्ता प्राणीलाई रामराम भन्न बाहेक सत्कर्मको बाटोमा ल्याउन कदापि नसकिँदो रहेछ । तर केही कर्मचारीहरू मेरो दुई वर्षको स्कुलिङ र मेरो स्प्रीड बमोजिमको मूल भावलाई शिरोपर गरेर सिर्जनशीलतामा वृत्तिविकास भएको देख्दा खुशी पनि लाग्छ । तर केही त अब चाहेर पनि सत्कर्मको सोच आउन्न होला जस्तो लाग्छ । संस्थानलाई चरम दोहन गर्ने समूहको चङ्गुलमा नराम्रोसँग बाँधिएकाहरू संस्थानको प्रगति देखेर आत्तिएका छन् । म त्यस्ता कुसंस्कृत प्राणीलाई प्रश्न सहित खबरदारी गर्न चाहन्छु,

क) संस्थानको औचित्य समाप्त भयो भनी खारेजको प्रक्रियामा अगाडि बढाउँदा र संस्थानलाई दोहन गरी चरम बेथिति हुँदा के हेरेर बसेको ?

ख) निकायगत ढंगले कार्य सम्पादनका लागि अत्यावश्क संरचना जुन स्थापनाकालदेखि निर्माण गर्न भनी निर्णयमै सीमित रहेको रेकर्डिङ स्टुडियो, सांस्कृतिक पर्यटनमैत्री सेमिनार हल निर्माण नहुँदा मै विद्वान भन्ठान्नेहरूको विद्वता कहाँ थियो ? 

ग) छुट्टै ऐन नहुनु, तालुक मन्त्रालयको स्वीकृतमा विनियमावली तथा ओ एण्ड एम नहुनु र अभिभारा बमोजिम कार्य सम्पादन नभई औचित्य पुष्टि गर्न नसक्दा संस्थानको निरन्तरता माथि प्रश्न उठ्दा चुप लाग्ने अनि संस्थानको अहित हुने कार्यमा विधि विपरित स्वयं विधिपद्धति हुँ भन्न सुशोभित हुन्छ हो ?

घ) विशेष क्षमतामैत्री  र्याम्प बनाउन सम्बन्धित निकायबाट पटकपटक ध्यानाकर्षण गरी सचेत गराउँदा समेत किन कानमा तेल हालेर बसेको ?

ङ) तलब सुविधा समयमा नपाउँदा, सञ्चय कोष तथा नागरिक लगानी कोष जस्ता अत्यन्तै संवेदनशील विषयमा करोडौं दायित्व सिर्जना हुँदा काम, कर्तव्य र अधिकारका कुरा गर्दै स्वयं कानून बन्नेहरू यतिसम्म संवेदनशील अधिकारको हेक्का नराख्ने नैतिकता कहाँ थियो ?

च) अभ्यास कक्षमा साउण्ड प्रूफ नहुँदा दिनहुँ छिमेकीले ठूलो आवाज आयो भनेर ढुङ्गा प्रहार गर्दा त्यो ढुङ्गा भन्दा पनि कडा भएर राम्रो काम गर्दा प्रहार गर्नेहरूको प्रहार त्यो बेला कहाँ गुमराहमा थियो ?

छ) नीतिगत प्रणालीको विकास गरौं भन्दा नचाहिने आत्मसम्मानको तर्क गर्दै नीति विपरित चर्को अभिव्यक्ति दिने बोक्रे विद्वानहरू हिजो संस्थानका कर्मचारीको सिर्जनशील क्षमतालाई नै कुण्ठित पारी उत्पादनहीन कार्यक्रममा संस्थानलाई आर्थिक दायित्व मात्रै सिर्जना गर्ने हरेक कार्यक्रममा बाहिरका जनशक्ति प्रयोग गर्दै नैतिक रूपमा अपमान गर्दा र सम्पूर्ण कर्मचारीको मान मर्दन हुने गरी व्यवस्थापनको वरिपरि घुम्दै प्रशासनिक सेवा प्रवाहलाई आफ्नो वैयक्तिक लाभ अनुकूल निर्णय गर्न लगाउँदा समितिले नोट अफ डिसेन्ट लेख्दा समेत कुन दुलोमा लुकेका थिए ?

ज) वर्तमान नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यतालाई शिरोपर गर्दै स्वतन्त्रता, समावेशीताई प्राथमिकता दिई व्यवस्थापनसँग सीधा पहुँचको वातावरण निर्माण गर्दा अराजकताको सीमा पार गर्नेहरू हिजो व्यवस्थापनसँग पहुँच त के निरंकुश प्रणाली जस्तै वातावरण हुँदा किन मुखमा पट्टी बाँधेको ?

त्यसैले म मनोरोगले आक्रान्त आदरणीय व्यक्तिहरूलाई म आह्वान गर्न चाहन्छु कि हाम्रा सुशासनका कृतिहरूले न निद न भोक नहुनुहोस् न आत्तिनुहोस् सक्नुहुन्छ साथ दिनुहोस् होइन भने व्यर्थमा समय नखर्चिनुहोस् । विभिन्न प्रपञ्चका प्रयास भइरहे हामी सत्कर्मको यात्रामा अक्षुण्ण लम्किरह्यौं । सत्कर्म दीर्घकालीन हुन्छ । सत्कर्म कृतिको रूपमा रहिरहन्छ । भोलि म जहाँ रहेपनि, यो संसारमै नरहेपनि यी सत्कर्मका कृतिहरू कहिल्यै मेटिने छैनन्, इतिहास बनेर रहिरहनेछन् । त्यसैले देशको वर्तमान परिवेश, समयको मागले पनि के भन्दैछ भने कि सच्चिनुहोस्, कि सक्किनुहोस् अब दुष्कर्म गर्नेलाई छुट छैन । सच्चिएर आफ्नो अभिभारा पहिचान गरी सत्कर्म गरी कृति छोड्ने काम गर्न म सबैलाई आह्वान गर्दछु । 


वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव बारेमा मैले अन्तरक्रिया कार्यक्रममा पनि यसको उद्देश्य बारे प्रकाश पारिसकेको छु । एउटा प्रचलित कथन छ, “कुनै पनि राष्ट्रको अस्तित्व मेटाउनु छ भने कुनै अस्त्र चाहिँदैन, उक्त राष्ट्रको संस्कृति मेटाइदिए पुग्छ ।” अर्को प्रचलित कथन छ, “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ ।” प्रचलित दुई कथनलाई गम्भीरतापूर्वक चिन्तन गर्ने हो भने यहाँ संसार अटाउने फराकिलो मार्गदर्शन सहितको ऊर्जा प्राप्ति हुन्छ । कि संसारमा सबैभन्दा अद्भुत–अलौकिक शक्ति संस्कृतिमै निहित हुन्छ, जुन शक्तिले समाजलाई मानवजातिको उत्पत्तिकालदेखि हालसम्म सत्मार्ग तर्फ डोर्याउँदै ल्याएको छ । मानव सभ्यताको विविध कालखण्डमा जन्मदेखि मृत्यु पर्यन्त भोगेका क्रियाकलापहरू मार्फत नयाँ पाठ सिक्दै निरन्तर संस्कारको रूपमा अङ्गीकार गर्दै विविध संस्कृतिको निर्माण हुँदै आए, जुन संस्कृतिले मानव जातिलाई राष्ट्रिय एकतामा बाँध्न प्रेरित गर्यो। संस्कृति विशाल छ । जहाँ जन्मदेखि मृत्यु पर्यन्त मानव जीवनका हरेक क्रियाकलापहरू अटाउँछन् । जब सभ्य संस्कृतिको निर्माण हुन्छ, तब समाजले सहजै स्वीकार्न सक्ने साझा अस्तित्वको पनि विकास हुनुका साथै युगौंयुगसम्म शास्त्रीय  मूल्य–मान्यता स्वरूप जीवन्त रहन्छ । नेपालमा पनि समयको विकासक्रमसँगै विभिन्न संस्कृति निर्माण हुँदै नेपाली समाजले अङ्गीकार गर्दै आएको पाइन्छ । भनिन्छ, सङ्गीतको कुनै भूगोल, परिधि, सीमा हुँदैन अर्थात् यो विश्व भाषा हो । हो, विश्व परिवेशमा सङ्गीतको सूत्र एउटै भएतापनि यसलाई ग्रहण तथा अभिव्यक्त गर्ने हरेक राष्ट्रका आ–आफ्नै संस्कृति छन् । नेपाली साङ्गीतिक जगतमा विभिन्न सङ्गीत विधाका आ–आफ्नै संस्कृति छन् । जहाँ जुन विधाको संस्कृति नेपाली माटोको सुगन्धले सिञ्चित भए, ती विधाको लोकप्रियता आम जनमानसमा सहजै विस्तार भए र अक्षुण्ण रहिरहे । तसर्थ नेपाली शास्त्रीय विधालाई आम जनमानसमा विस्तार गर्न नेपालीपनको संस्कृति निर्माण हुनु आवश्यक छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी हरेक नेपालीले साझा रूपमा सहजै ग्रहण गर्नसक्ने “नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण” हुनु आजको आधारभूत शर्त हो । नेपाली शास्त्रीय सङ्गीतको सभ्य संस्कृति निर्माणका लागि शास्त्रीय सङ्गीतका साधकहरू एक–अर्काको अस्तित्वलाई स्वीकार्दै एकै सूत्रमा गोलबद्ध भई सिर्जनशील कला मार्फत नवजागरण प्रवाह गर्नु आजको आवश्यकता हो । 

सांस्कृतिक संस्थानको आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको “वसन्त शास्त्रीय सङ्गीत उत्सव – २०८२” मार्फत नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणार्थ आधारभूत जग बसाल्ने हेतुका साथ संवत् २०८२ साल पुस १७ गते संस्थानको सेमिनार हलमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरिएको थियो । सो अन्तरक्रिया कार्यक्रमका अमूल्य सुझावलाई मध्यनजर गर्दै संस्थानले दुई दिवसीय वसन्त शास्त्रीय सङ्गीत महा–उत्सव मनाउने निर्णय गरेको हो । मलाई यसको निरन्तरताको चिन्ता छ । के शास्त्रीय विद्वान हुँ भन्ने साथीहरूको यस्तै अशास्त्रीय चिन्तनले यसले स्थायित्व पाउला त ? एकैपटक कायापलट हुने होइन सुरुवात हुनु नै इतिहास निर्माणको मार्गचित्रण हुनु हो । नेपालमा प्रचलित हरेक सङ्गीतका विधालाई समान ढंगले विकास गर्न सांस्कृतिक संस्थान प्रतिबद्ध प्रतिबद्धता प्रकट गर्दछ । 

IMG_6898.jpg

मेरै तर्क सत्य हो भन्ने होइन तर मेरो चिन्तनका कुरा म राख्न चाहन्छु । शास्त्रीय सङ्गीत र लोक सङ्गीतको बारेमा मतभेद पाइन्छ । मलाई लाग्छ, कि यसको दोषी तपाईं हामी नै हो । हाम्रा विद्वान्देखि हामीसम्म यी दुबै विधाको गलत संस्कृति अङ्गीकार गर्दै आयौं । लोक र शास्त्रीय भनेको के हो भन्ने भाष्यबाटै मतभेद युगौंदेखि चलिरह्यो । यसलाई गहन ढंगले खोज गरी हिजोको सभ्य संस्कृतिलाई शिरोपर गरी साझा रूपमा स्वीकार्न सक्ने रूपान्तरित संस्कृति निर्माण गर्न सकेनौं भने यो मतभेद युगौंसम्म चलिरहनेछ । लोक सङ्गीत सहज, सरल, मौखिक, मौलिक आदि हो नै तर शास्त्रीय पद्धतिमा आधारित हुन्छ है भन्ने संस्कृति युगौंदेखि चलाएको भए सायद यो मतभेद हुन्थेन कि ? किनकी कुनैपनि देशको लोक संस्कृति भन्नु नै त्यस देशको जन्मदेखि मृत्युसम्मका क्रियाकलापहरूको समष्टि रूप हो । लोक अर्थ के ? भन्ने सामान्य हेक्का नराखी आफूले आफैलाई अवमूल्यन गर्दै तर्कहरू गर्नु राष्ट्रियताको पनि  अवमूल्यन गर्नु हो । लोक संस्कृतिमा जति शास्त्रीय पद्धतिहरू पाइन्छ त्यो अन्त कहाँ पाइन्छ र ? जन्मदेखि मृत्र्यु पर्यन्त हरेक क्रियाकलापमा कठोरभन्दा कठोर शास्त्रीय विधिविधान हुन्छन् । लोक संस्कृतिकै एउटा सानो अंश होइन र लोक सङ्गीत ? मौलिक लोक सङ्गीतका कुरा गर्ने हो भने चाहे गायन, चाहे वादन, चाहे नृत्य होस् कठिनभन्दा कठिन शास्त्रीय नियमहरू पालना गरी अनुष्ठानीय कार्य सहित दिनरात २४ घण्टादेखि साता–महिनासम्म पनि प्रस्तुत गरिन्छ । उदाहरणको लागि अघि प्रस्तुत भएको भूमे नाचमा अत्यधिक शास्त्रीय नियमहरू छन्, जहाँ २२ चाला छन्, मौलिक शब्दमा चाला भनिएता पनि शास्त्रीय रूपमा ती भनेका मुद्राहरू हुन् । तर अशिक्षाको कारण खोजको अभावका कारण यी मु्द्राको रूपमा लिपिबद्ध हुने सकेनन् । यी र यस्ता लोक सङ्गीत (लोक गायन, लोक वादन र लोक नृत्य) नेपाली समाजमा कति होलान् कति तिनको खोज गर्नु पर्दैन ? समयको विकासक्रमसँगै २४ घण्टादेखि साता–महिनासम्म प्रस्तुत गरिने लोक सङ्गीतलाई मेला, उत्सवमा शास्त्रीय नियम अभिव्यक्त नगरी त्यसको आकर्षक अंश मात्रै प्रस्तुत गर्न थालियो । त्यससँगै व्यावसायिक ढंगले रेकर्डिङ हुन थाल्दा झनै सानो आकर्षक अंशको रूपमा अभिव्यक्त भए । जुन सङ्गीतमा नेपालीपनको सुगन्ध थियो, नेपालीहरूले सहजै ग्रहण गर्नसके । जुन नेपाली लोक सङ्गीतको संस्कृति स्वरूप आम जनमानसमा विकास भयो । त्यसैगरी नेपालीपन भएको शास्त्रीय सङ्गीतको विकास गर्न आम जनमानसले सहजै ग्रहण गर्नसक्ने संस्कृति निर्माण गर्नु आधारभूत शर्त होला नि । त्यसका लागि नवजागरण प्रवाह नै अनिवार्य शर्त भएकाले शास्त्रीयलाई अनुशरण गर्ने शास्त्रीय व्यक्तित्व अशास्त्रीय नभई एकले अर्काको अस्तित्व स्वीकार्दै एकबद्ध हुन म आह्वान गर्दछु । नवजागरण अभाव, गहन खोजको अभावका कारण सिर्जित शास्त्रीय र लोक संस्कृति बीचको मतभेदलाई चिर्न सभ्य संस्कृति निर्माणका लागि दीर्घकालीन सोच सहित वर्तमान नेतृत्वले चालेको कदमलाई निरन्तरता पाउनु पर्दछ भन्ने हो । किनकी म भोलि जहाँ रहुँला तर यहाँ कार्यरत शास्त्रीय पद्धतिलाई चिन्तन गर्ने सिर्जनशील कर्मचारी सर्वप्रथम कुसंस्कारबाट मुक्त भई मेरो स्प्रीड बमोजिम कायम राख्न जरुरी छ । 

मानव सभ्यताको विकास चरणलाई हेर्ने हो भने के ढुङ्गे युग, कृषि युग, औद्योगिक युग र डिजिटल युगको संस्कृति एउटै भइदिएको भए अहिलेको परिवर्तन सम्भव थियो त ? डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले पश्चिमा संस्कृति हाबी हुँदै गएको परिवेश, प्रविधिसँगै डिजिटल एल्गोरिदम र कृत्रिम बुद्धिमता (एआई) को शिकार हुँदै गएको नेपाली समाजमा हरेक क्षेत्रमा राष्ट्रिय अस्तित्व सहितको संस्कृति निर्माण गर्नु अत्यावश्यक छ । युग कहाँदेखि कहाँ पुगिसक्यो तर सभ्य संस्कृति निर्माणका लागि नवजागरण अपरिहार्यता भएको परिवेशमा नवजागरणको प्रमुख स्रोत सिर्जनशील कला क्षेत्र र त्यसको प्रमुख दायित्व वहन गर्नुपर्ने सिर्जनशील प्राणीहरू अझै ढुङ्गे युगमा निर्मित संस्कृतिमै अभ्यस्त हुनु प्रमुख समस्या हो । यति भन्दै गर्दा प्राचीन सभ्य संस्कृतिलाई शिरोपर गर्दै कुप्रथालाई निर्मूलन गरी नयाँ संस्कृति निर्माण गर्नुपर्छ भन्ने हो । हामीले नीतिगत ढंगले नवजागरण गर्ने संवेदनशील विषय शिक्षालाई समेत उपहास गरेका छौं । नेपालको सङ्गीतको पाठ्यक्रम कहिले निर्माण भएको, कहाँबाट ल्याइएको, अनि के नेपाली संस्कृति बमोजिम सुशोभित छ त ? यस विषयमा त अस्ति नै अन्तरक्रिया कार्यक्रममा नेपालको सङ्गीत पाठ्यक्रम वि.सं.२०१६ सालमा पटना विश्वविद्यालयबाट साभार गरेर बनाइयो त्यो हालसम्म कायम छ परिवर्तन हुन सकेन भन्ने वहस भइसकेको छ । नेपालीपन सहित नेपालमा सङ्गीतको पाठ्यक्रम तुरुन्तै परिष्कृतको विकल्प छैन । फेरि पाठ्यक्रमको परिष्कृतको नाउँमा २/४ वटा शब्द तलमाथि गरेर परिष्कृत गर्नुको औचित्य हुँदैन कि पाठ्यक्रम परिष्कृत सहित त्यस सम्बन्धी अन्तस्करणको सामग्री समेत यस्तो हनुपर्छ भनेर हेरफेर गरिनुपर्छ । नेपाली पहिचान सहितको शास्त्रीय विधिसम्मत नेपाली सङ्गीतको शिक्षण पद्धति देशैभरीका विद्यालय–क्याम्पसमा पठनपाठन हुने वातावरण गरिनुपर्छ । तसर्थ अब गम्भीर ढंगले अनुसन्धान गरौं, बहस गरौं, नेपालको लोक संस्कृति र शास्त्रीय संस्कृति बीच नङमासुको सम्बन्ध छ भन्ने विषयक नवजागरण गरौं । 

मैले बुझेको लोकलाई उत्पत्तिकालदेखि अनुशासनमा बाँध्ने पवित्र ग्रन्थहरू तथा प्राचीन विधिविधान नै शास्त्रीय पद्धति हो । लोकले नै उत्पत्तिकालदेखि मानव सभ्यताको विभिन्न चरणमा शास्त्रीय पद्धतिको विकास गरी अङ्गीकार गर्दै आए । लोक संस्कृतिबाटै शास्त्रको विकास भयो । शास्त्रीय भनेपछि शास्त्रीय सङ्गीत मात्र हो भन्ने जस्तो संकीर्ण धारणाले कुण्ठित हुनु अर्को प्रमुख समस्या हो । शास्त्र जन्ममृत्युपर्यन्त क्रियाकलापमा रहेको हुन्छ । शास्त्र भनेको जीवनलाई सही मार्गमा डो¥याउने, ज्ञान दिने र अनुशासन सिकाउने लोकनिर्मित व्यवस्थित सिद्धान्त, नियम वा ग्रन्थहरूको समूह हो । व्यक्ति र समाजलाई सुव्यवस्थित, अनुशासित र उद्देश्यपूर्ण जीवन जिउन मार्गदर्शन गर्ने ज्ञानको भण्डार हो । शास्त्र मानव कल्याणको निम्ति लेखिएको ग्रन्थ हो । जस्तैः धर्मशास्त्र, समाजशास्त्र, मानवशास्त्र, आयुर्वेदीय शास्त्र आदि शास्त्रहरूको समाजमा विशेष चर्चा हुने गरेको पाइन्छ । ग्रन्थ चल सांस्कृतिक सम्पदा हो । भौतिक र अभौतिक सांस्कृतिक सम्पदाको योग संस्कृति हो । सिर्जनशील कला र सिर्जनशील प्राणीहरूको क्रियाकलाप अभौतिक सांस्कृतिक सम्पदा हो । त्यसैले हामी अभौतिक सांस्कृतिक सम्पदाको बढी बहस गर्दछौं । विधिविधानयुक्त शास्त्रले धर्मको प्रतिनिधित्व गर्दछ । धर्म भन्नु नै अभौतिक सांस्कृतिक सम्पदा हो । विविध धर्मको फूलबारी नेपालमा धार्मिक सहिष्णुतालाई कायम राखी साझा रूपमा सबैले अङ्गीकार गर्ने लोकको मर्म अनुरूप नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण प्रमुख शर्त हो । लोकले शास्त्रीय विधिविधानलाई अङ्गीकार नगरे, शास्त्रीय विधिविधान अनुसार लोक नचले यो सृष्टिको समेत अस्तित्व समाप्त हुन्छ । तसर्थ लोक संस्कृति र शास्त्रीय पद्धति बारे गहन ढंगले बहस गरी हाम्रा पाठ्यक्रम पनि परिवर्तन गरौं, सोही अनुरूप सबै विद्वान् व्यक्तित्व, लेखक, संस्कृतिविद्, साहित्यकार, कलाकारदेखि सबै सिर्जनशील प्राणी एकीकृत भई साझा आवाज बनाई समाजमा नवजागरण गरौं । लोकले शास्त्रीय विधिविधान निर्माण नगरेको भए लोक असभ्य अराजकताको भुमरीमा हुन्थ्यो होला । लोकले नै समाज तथा राष्ट्रलाई सभ्य रूपमा सञ्चालन गर्नका लागि विविध शास्त्रीय पद्धतिको विकास गर्यो। कि जन्मदेखि मृत्यु पर्यन्त हरेक क्रियाकलाप सम्पन्न गर्न तत्तत्का शास्त्रीय विधिपद्धति पुरा गर्नुपर्छ भन्ने संस्कृति निर्माण गर्दै आजको युगसम्म समाजलाई संस्कृतिले नै डोर्याउँदै ल्यायो । चाहे लोक सङ्गीत चाहे शास्त्रीय सङ्गीत होस् चाहे अन्य विधाको सङ्गीत होस् संस्कृतिभित्रकै स–साना अंशको रूपमा हामीले ग्रहण गरेका छौं, यी सबै  विधाको मुहान एउटै हो – संस्कृति । तसर्थ नेपाली लोक संस्कृति र शास्त्रीय पद्धतिलाई गहन चिन्तन, बहस गरी समयको मागसँगै परिष्कृत गर्दै हरेक नेपालीले सहज एवम्  साझा ढंगले ग्रहण गर्नसक्ने नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण गर्नु अपरिहार्य छ । नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माणका लागि सबै एकीकृत हुन पुनः हार्दिक आह्वान गर्दै दुई दिवसीय महा–उत्सवको औचित्य पुष्टि हुने गरी सबै सहभागी हुन पनि अनुरोध गर्दछु ।”                                                            
८ माघ २०८२                                                     किरण बाबु पुन                                                                                   
ने.सं.११४६                                                          महाप्रबन्धक        

   

कार्यक्रमा नेपाली पहिचानयुक्त लोक सङ्गीतमा रहेको शास्त्रीय बिम्ब स्वरूप भूमे नाच र दाफा गायन प्रस्तुत गरिएको थियो भने शास्त्रीय सङ्गीतका दिग्गज धरोहरदेखि अनुजसम्मका व्यक्तित्वहरूले प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । 

IMG_6820.jpg

IMG_6843.jpg

IMG_7005.jpg

IMG_7043.jpg

वरिष्ठ शास्त्रीय सङ्गीतक साधक तथा नेपाली शास्त्रीय सङ्गीतका शास्त्री श्री श्रीराम आचार्यज्यूले नेपाली रागहरू राग पशुपति, राग नरज्योती, राग सगरमाथा, राग नेपाल आदि गाउनुहुँदै नेपाली शास्त्रीय सङ्गीत बारे मौलिक धारणा समेत व्यावहारिक रूपमा प्रस्तुत गर्नुभएको थियो । 

IMG_7042.jpg

IMG_6991.jpg

IMG_6951.jpg

IMG_6940.jpg

कार्यक्रममा मन्तव्य राख्नुहुँदै वरिष्ठ शास्त्रीय गुरु श्री धन बहादुर गोपालीज्यूले “सङ्गीतमा जीवजन्तुदेखि वनस्पतिलाई समेत आकर्षित गर्ने शक्ति हुने भएकाले नेपाल विविधतायुक्त देश भएकाले नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि सांस्कृतिक संस्थानले गरेको पहललाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले महाप्रबन्धकज्यूले भनेजस्तो नेपाली लोक संस्कृतिमा अथाह शास्त्रीय पद्धति रहेकाले नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण सम्भव रहेको बताउनुभयो ।”

IMG_6979.jpg

IMG_6861.jpg

IMG_6828.jpg

वरिष्ठ साधक श्री डा.रमेश पोख्रेलज्यूले “मानव समाज शास्त्रसम्मत चल्ने भएकाले हरेक क्रियाकलाप शास्त्रसम्मत हुने तर्क गर्नुहुँदै शास्त्रीय सङ्गीतको विकास लोकबाटै भएकाले नेपाली मूलका शास्त्रीय सङ्गीतको खोज गर्नुपर्ने बताउनुभयो । साथै उहाँले भूमे नाचको २२ मुद्राको उदाहरण दिँदै यस्ता किसिमका शास्त्रीय विधिविधानयुक्त नेपाली सङ्गीतको खोज गरी हरेक सङ्गीत शास्त्रसम्मत नै छ भनेर पुष्टि गर्दै नेपाली शास्त्रीय सङ्गीतलाई विकास गर्नुपर्ने बताउनुभयो ।”

IMG_6900.jpg

IMG_6997.jpg

IMG_6993.jpg

IMG_7032.jpg

शास्त्रीय सङ्गीत समाज नेपालका उपाध्यक्ष श्री जीवन आलेज्यूले “युवा पुस्ताले शास्त्रीय सङ्गीत प्रस्तुत गर्दा पुस्तान्तरण भएको महसुस भएको बताउनुहुँदै नेपालीपन भएको शास्त्रीय सङ्गीतको विकास गर्नुपर्ने बताउनुभयो ।”

IMG_7366.jpg

IMG_6996.jpg

नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष श्री नन्द घर्ती मगरज्यूले भूमे नाचको शास्त्रीय विधिविधान बारे नृत्य प्रस्तुत हुँदै गर्दा प्रकाश पार्नुभएको थियो । 

IMG_6812.jpg

IMG_7049.jpg

IMG_7377.jpg

कार्यक्रमका प्रमुख अतिथि ललितकला केन्द्रीय विभाग प्रमुख श्री डा.अन्जु उप्रतीज्यूले “सांस्कृतिक संस्थानले नेपाली शास्त्रीय सङ्गीतको विकासका लागि दुई दिवसीय महा–उत्सव गरेकोमा खुशी प्रकट गर्नुहुँदै सो महाकार्यमा आफू प्रमुख अतिथि बन्न पाउनु शौभाग्य रहेको बताउनुभयो । उहाँले नेपाली लोक संस्कृतिको जगबाटै नेपाली शास्त्रीय सङ्गीतको विकास हुने भएकाले यस तर्फ ललितकला केन्द्रीय विभागको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो । साथै उहाँले लोक संस्कृतिमा रहेको शास्त्रीय विधिविधानलाई अङ्गीकार गर्दै नेपाली शास्त्रीय सङ्गीतको संस्कृति निर्माण गर्न र लोक–शास्त्रीय बीचको एकता कायम गर्नका लागि महा–उत्सव सेतु बनेको बताउनुभयो ।”

IMG_7376.jpg

IMG_7315.jpg

IMG_7423.jpg

IMG_7390.jpg

IMG_7295.jpg

IMG_7262.jpg

IMG_7345.jpg

IMG_7275.jpg

IMG_7355.jpg

IMG_7370.jpg

IMG_7293.jpg

IMG_7259.jpg

IMG_7253.jpg

 

सांस्कृतिक संस्थान विशेष समारोह वसन्त शास्त्रीय सङ्गीत दुई दिवसीय महाउत्सवमा प्रस्तुत गरिका प्रस्तुतिहरूः
क) ८ माघ २०८२ समुद्घाटन समारोहका प्रस्तुतिः
१.भूमे नाच (२२ मुद्रा शास्त्रीय विधिविधानयुक्त नृत्य): भूमे पर्व संरक्षण नेपाल 
२.दाफा गायनः थबही त्वाः तजः 
३.चरिया नृत्यः सांस्कृतिक संस्थान
४.सुमन खत्री सहितको समूह वृन्दवादनः अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान
५.नेपालीपनयुक्त शास्त्रीय धूनः सांस्कृतिक संस्थान
६.वविता गोपालीको समूह कत्थक नृत्यः तिमिला एकेडेमी
७.शिव पौडेल नेपालीपनयुक्त शास्त्रीय गायनः महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान
८.हेमराज पुन (आश्रम) छोटा ख्यालः आश्रम सङ्गीत पाठशाला
९.मिलेश तण्डुकार सहितको समूह वादनः त्रिनेत्र सङ्गीत धुकु
१०.प्रमिला श्रेष्ठ रघुवंशीको समूह भरत नाट्यम बाल नृत्यः क्लासिक कल्बर सेन्टर
११.उमेश पण्डित, यतिराज अधिकारी जुगलबन्दीः शास्त्रीय सङ्गीत समाज
१२.नेपाली राग गायनः श्रीराम आचार्य

ख) ९ माघ २०८२ दोस्रो दिनका प्रस्तुतिः
१.सरस्वती वन्दनाः सांस्कृतिक संस्थान
२.सुदर्शन राजोपाध्यायः सरोद वादन
३.उमेशराज खड्का शास्त्रीय गायनः ईश्वरीय सङ्गीत पाठशाला
४.सानु तामाङ, गायत्री राना, रोशा फुयाँल र सपना मगर सहितको सामूहिक गायनः ध्रूपद सेन्टर
५.सामूहिक नृत्यः पद्मकन्या क्याम्पस
६.प्रशान्त पोखरेल ख्याल गायनः किराँतेश्वर सङ्गीत आश्रम
७.धन बहादुर गुरुङ सहितको समूह बाँसुरी वादनः यलमाया सङ्गीत पाठशाला
८.विपुल खतिवडा तवला वादनः नेपाल सङ्गीत विद्यालय
९.ध्रुपद गायनः श्री केसी (ललितकला केन्द्रीय विभाग)

IMG_7418.jpg

IMG_7414.jpg

IMG_7401.jpg

IMG_7281.jpg

कार्यक्रमका सभाध्यक्ष श्री चन्द्रकुमार राई हतुवालीज्यूले कार्यक्रम सफतापूर्वक समापन गर्न साथ दिनुहुने सबै प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थानका वाद्यवादन संयोजक श्री दुर्गाप्रसाद खतिवडा ज्यू र गायन शाखा संयोजक श्री तिर्थराज पोख्रेलज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूले गर्नुभएको थियो ।

IMG_7419.jpg

IMG_6804.jpg

IMG_6948.jpg

IMG_6790.jpg

IMG_7231.jpg

IMG_7297.jpg

IMG_7389.jpgIMG_7386.jpgIMG_7385.jpgIMG_7380.jpgIMG_7384.jpgIMG_7375.jpgIMG_7367.jpgIMG_7347.jpgIMG_7306.jpgIMG_7304.jpgIMG_7301.jpgIMG_7300.jpgIMG_7320.jpgIMG_7303.jpgIMG_7349.jpgIMG_7288.jpgIMG_7283.jpgIMG_7292.jpgIMG_7276.jpgIMG_7244.jpgIMG_7251.jpgIMG_7252.jpgIMG_7260.jpgIMG_7242.jpgIMG_7280.jpgIMG_7240.jpgIMG_7042.jpgIMG_7221.jpg

IMG_7016.jpgIMG_7029.jpgIMG_7040.jpgIMG_7037.jpgIMG_6829.jpgIMG_6830.jpgIMG_6900.jpg

IMG_7256.jpgIMG_7232.jpgIMG_7375.jpgIMG_6864.jpgIMG_6866.jpgIMG_6903.jpg

IMG_6973.jpgIMG_6841.jpgIMG_7386.jpgIMG_6883.jpg

IMG_6794.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij