अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) ऐन निर्माणार्थ बनेको विधेयक माथिको छलफलमा सांस्कृतिक संस्थानको धारणा
२१ माघ २०८२ काठमाडौँ ।
राष्ट्रिय सभा नेपाल, विधायन व्यवस्थापन समितिको संवत् २०८२ माघ २१ गते बसेको बैठकमा सरोकारवाला विज्ञको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानको तर्फबाट सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले आवश्यक धारणा मौखिक तथा लिखित रूपमा पेश गर्नुभएको छ ।

अभौतिक सांस्कृतिक सम्पदामध्ये प्रमुख अंग स्वरूप मानिने गायन, वादन, नृत्य र अभिनय सम्बन्धी प्रदर्शनी कला बारे स्पष्ट राज्यनीति निर्माणको रूपरेखा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) सम्बन्धी निर्माण हुने ऐन मार्फत निर्धारण हुने हुनाले सो बैठकमा संस्थानले आफ्नो धारणा पेश गरेको हो । सजीव कला प्रदर्शनी मार्फत संस्कृति संरक्षण गर्ने अभिभारा बोकेको नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले सिर्जनशील कलाको प्रभावकारी कानून अपरिहार्य भएको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको थियो । यस विधेयक मार्फत नेपालका मौलिक सिर्जनशील कलाको संरक्षण सम्बन्धी राज्यनीति निर्माण हुने संस्थानले विश्वास लिएको छ ।
नेपाल युनेस्कोमा १५ जून २०१० मा पक्ष राष्ट्रको रूपमा रहँदै आएतापनि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन ऐन, २०८१ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी अभौतिक सांस्कृतिक सम्पदा ९सूचीकरण तथा व्यवस्थापन० कार्यविधि, २०८१ लागू गरी नेपालमा पहिलोपटक सूचीकरणको महाअभियान थालनी गरेतापनि यस सम्बन्धी ऐन नहुँदा विभिन्न नीतिगत समस्या आइपरेकाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक मार्फत निर्माण हुने ऐन मार्फत नेपालका अभौतिक सांस्कृतिक सम्पदाहरू राष्ट्रिय रूपमा तथा अन्तर्राष्ट्रिय रूपमा (विश्व सम्पदा) सूचीकृत हुन गई संस्कृति संरक्षण सहित सांस्कृतिक पर्यटनको विकास, सांस्कृतिक रोजगार सिर्जना र सांस्कृतिक उद्योगको विकास हुने मार्ग निर्माण हुनेछ ।

अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक विशेषतस् बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपालको विशेषतालाई संविधानसम्मत युगौंयुगसम्म बचाउन हरेक समुदायका अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गरी राष्ट्रिय पहिचानलाई दीर्घकालीन स्थायीत्व प्रदान गर्दै सम्बन्धित समुदायलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदा मार्फत उत्पादनमैत्री बनाई स्वरोजगार सहितको आत्मनिर्भर नीतिमा अभिप्रेरित गर्नेतर्फ केन्द्रित रहने विश्वास गरिएको छ । तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण अभियान थालनी गरेसँगै अभियानलाई प्रभावकारी ढंगले सम्पन्न गर्न सांस्कृतिक संस्थानले मह त्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।