सूचना - फरक क्षमता भएका व्यक्तिहरुलाई पूर्ण छात्रवृत्तिमा ३ महिने कला प्रशिक्षण संचालन गरिने सम्बन्धमा

सूचना - फरक क्षमता भएका व्यक्तिहरुलाई पूर्ण छात्रवृत्तिमा ३ महिने कला प्रशिक्षण संचालन गरिने सम्बन्धमा


 


सूचना 

[फरक क्षमता भएका व्यक्तिहरुलाई पूर्ण छात्रवृत्तिमा ३ महिने कला प्रशिक्षण संचालन गरिने सम्बन्धमा]


नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (Sustainable Tourism Project, STP) प्रथम पक्ष र सांस्कृतिक संस्थान दोस्रो पक्ष बीच मिति २०८३/०४/१३ गते भएको सम्झौता अनुसार फरक क्षमता भएका व्यक्तिहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने गरी गायन विधामा २०८३ भाद्र १ गते देखि २०८३ कात्तिक मसान्त सम्म ३ महिने कला प्रशिक्षण संचालन गरिने भएकाले ईच्छुक फरक क्षमता भएका व्यक्तिहरुबाट २०८३ साउन १५ गते देखि २०८३ साउन २१ गते सम्म सांस्कृतिक संस्थानमा आवश्यक कागजात सहित निवेदन दिनुहुन अनुरोध गरिन्छ।


आवश्यक कागजात :
१. प्रशिक्षण लिनका लागि निवेदन (फोटो २ प्रति) थान- १
२. नेपाली नागरिकताको फोटोकपी थान -१
३. फरक क्षमता भएको प्रमाणित कागजातको फोटोकपी थान- १


पुनश्च: प्राप्त निवेदन मध्येबाट प्रत्यक्ष रुपमा गोलाप्रथाबाट १० जना छनौट गरी कला प्रशिक्षण कार्यक्रममा सहभागी गराइनेछ । साथै तालिम समापन पश्चात् सहभागी १० जना बीच प्रतिस्पर्धामक प्रतिभा प्रस्तुतीकरण कार्यक्रममा सहभागी गराई उत्कृष्ट १ जनालाई गीत रेकर्डिङ्गको व्यवस्था गरिनेछ ।

Notice Prashikhsan.png

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij