“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः तेस्रो संस्करण” डिजिटल रूपमा प्रकाशन प्रारम्भः सांस्कृतिक संस्थान

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः तेस्रो संस्करण” डिजिटल रूपमा प्रकाशन प्रारम्भः सांस्कृतिक संस्थान


 

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसोः तेस्रो संस्करण” डिजिटल रूपमा प्रकाशन प्रारम्भः सांस्कृतिक संस्थान 


२६ असोज २०८३ काठमाडौँ ।
सांस्कृतिक संस्थानको प्रस्तुतिमा हास्य रस समिश्रण सहित नेपाली संस्कृति प्रवद्र्धनमूलक स्वस्थ मनोरञ्जनमैत्री सांस्कृतिक कार्यक्रम “मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” को तेस्रो संस्करण डिजिटल रूपमा सांस्कृतिक संस्थानको आधिकारिक युटुब च्यानल मार्फत प्रकाशन प्रारम्भ गरिएको छ । कार्यक्रमको पहिलो र दोस्रो संस्करणले उद्देश्य केन्द्रित रही जनमनको मन जित्न सफल भएकाले तेस्रो संस्करण प्रकाशन प्रारम्भ गरिएको हो । 

संस्थानले आ.व.२०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा पहिलोपटक समावेश गरी सो कार्यक्रम मिति २०८१ माघ ८ गते “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम, २०८१” मार्फत समुद्घाटन गरिएको थियो भने आ.व.२०८२/०८३ र आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रममा निरन्तरता दिइएको हो । 

डिजिटल युगसँगै वैश्विकरणको प्रभावले नयाँ पुस्तामाझ नेपाली संस्कृतिको गरिमा बारे सभ्य ज्ञान सम्प्रेषण गर्नु अपरिहार्य रहेको परिवेशमा नयाँ पुस्तालाई मौलिक संस्कृति बारे ज्ञानबोध गराउन हास्य रस सहित मौलिक प्रस्तुति समेटेर कार्यक्रम तयार पारिएको हो । यस कार्यक्रम मार्फत नयाँ पुस्तामाझ नवजागरण प्रवाह हुने विश्वास गरिएको छ । साथै, संस्कृति संरक्षण सहित उत्पादनमैत्री बनाउने उद्देश्यका साथ पनि सो कार्यक्रम नियमित प्रसारण हुनेछ । कार्यक्रमलाई आगामी दिनमा थप परिष्कृत गर्दै निरन्तर प्रदर्शन गरिने लक्ष्य राखिएको छ । कार्यक्रममा पहिलो संस्करणदेखि नै संस्थानका कलाकारहरूद्वारा सात प्रदेशको प्रतिनिधित्व हुने गरी मौलिक गायन, वादन, नृत्य, नाटक र अन्य लोकप्रिय कलाकारद्वारा हास्य प्रस्तुति सहितको कार्यक्रम नियमित प्रसारण गरिँदै आइएको छ । 

संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको नेतृत्वमा संस्थानले पछिल्लो समय डिजिटल युग सापेक्ष नयाँ शिराबाट दीर्घकालीन हितमूलक नीति तथा कार्यक्रम तर्जुमा गर्दै संस्थान अगाडि बढेको छ । सोही कारण संस्थानमा हालसम्म हुन नसकेको निकायगत कार्यप्रकृति बमोजिम अपरिहार्य श्रव्यदृश्य सामग्री उत्पादनमैत्री रेकर्डिङ स्टुडियो स्थापना गरी पहिलोपटक युटुब च्यानल मनिटाइज गरी संस्थानको अभिभारा बमोजिम नेपालको मौलिक संस्कृति प्रविधि मार्फत उजागर गर्ने तथा संस्कृतिलाई उत्पादनसँग जोड्ने डिजिटल रणनीति अपनाएको हो । 

“मन–मनमा संस्कृति, ओठ–ओठमा हाँसो” तेस्रो संस्करणका प्रकाशित श्रव्यदृश्य सामग्रीहरूः

1.[ https://youtu.be/A3Uy1X9gxXQ?si=K2G9Larm4SiR6DxQ ] 

2. [ https://youtu.be/hjGW4tEsOjc?si=lU1zND18yE0ApRZp ] 
 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij