सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिको सहकार्यमा प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिको सहकार्यमा प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न



सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिको सहकार्यमा प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न 


३ मंसिर २०८३ काठमाडौँ । 
काठमाडौँ महानगरपालिकाको गौरवको योजना अन्तर्गत “गरी खाने शिक्षा, महानगरको इच्छा” मूल भावका साथ सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी ढंगले सञ्चालन गर्न संवत् २०८३ साल मंसिर ३ गते सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिको सहकार्यमा आयोजित  ''प्रशिक्षक अभिमुखीकरण कार्यक्रम'' सुसम्पन्न भएको छ । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा कामनपा शिक्षा विभाग परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख एवम् वरिष्ठ शाखा अधिकृत श्री सुशिल सुवेदी ज्यू, वरिष्ठ विद्यालय निरीक्षक एवम् शाखा अधिकृत श्री विनिता महत ज्यू, संस्थानका पुस्तकरहित शुक्रबार सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरू, शाखा संयोजकहरू र प्रशिक्षकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो । 

IMG_4611.JPG

IMG_4652.JPG

IMG_4747.JPG

तत्कालीन महानगर प्रमुख तथा वर्तमान सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ज्यूको अवधारणामा बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ सुरुवात गरिएको उक्त गौरवको योजना सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) तथा नाटक सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न संस्थान र महानगरपालिकाको सहकार्यमा G to G प्रणालीमा आ.व.२०८१/८२ देखि सञ्चालनमा ल्याइएको हो भने आ.व.२०८३/८४ मा निरन्तरता प्रदान गरिएको हो । संस्थानले सो कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको संयोजकत्वमा संस्थानका कलाकार तथा प्रशासन सेवाका कर्मचारीहरू श्री रेखा कुमारी कटुवाल श्रेष्ठ ज्यू, श्री सुदर्शन थापा ज्यू, श्री तिर्थराज पोख्रेल ज्यू, श्री सवनम सिल्वाल ज्यू, श्री प्रेमध्वज जिसी ज्यू, श्री माया थापा ज्यू, श्री नरेश प्रजापति ज्यू र श्री रोहित सुवेदी ज्यू सम्मिलित ९ सदस्यीय “पुस्तकरहित शुक्रबार (Book Free Friday) सञ्चालन तथा व्यवस्थापन समिति” गठन गरेको छ । संवत् २०८३ मंसिर ४ गतेदेखि सो कार्यक्रम कामनपाको सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिनेछ ।

IMG_4667.jpg

IMG_4688.jpg

IMG_4650.jpg

IMG_4666.JPG

IMG_4728.JPG

कार्यक्रममा संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले राख्नुभएको धारणाको सारांशः 
“सिर्जनशील कला विशिष्ट प्रकृतिको विषय हो, तसर्थ यसलाई बुझ्ने चिन्तन पनि विशिष्ट हुनु आधारभूत शर्त भएको धारणा राख्नुहुँदै कला जस्तो कुनै पनि किसिमले मापन गर्न नसकिने अद्भुत प्रकृतिको संवेदनशील विषयमा स्पष्ट राज्यनीति अपरिहार्य भएको बताउनु भयो । राज्यनीति एकतिर र कलानीति अर्थात् कला क्षेत्रको व्यावहारिक पक्ष अर्कोतिर भएकाले नीतिगत ढंगले काम गर्न अत्यन्तै गाह्रो हुने परिस्थिति सिर्जना हुने बताउनुहुँदै कलाको क्षेत्र र कलामा सम्बद्ध व्यक्तिहरूको मूल्याङ्कन गर्ने विधि नै विशिष्ट प्रकृतिको हुनुपर्ने बताउनु भयो । त्यसका लागि सिर्जनशील प्राणीहरूको नीतिगत चिन्तनको सुदृढीकरण अनिवार्य भएको बताउनुहुँदै कलाको स्पष्ट राज्यनीति बनाउन प्राज्ञिक आधार तयार पार्ने काम महानगरको पुस्तकरहित शुक्रबार कार्यक्रमले गरेकाले सकारात्मक सोचका साथ यस कार्यक्रमलाई सफल पार्न सबै प्रतिबद्ध हुन आह्वान गर्नुभयो । स्पष्ट नीतिको अभावमा गुज्रिरहेको कला क्षेत्रमा “पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन, २०८३” स्पष्ट कलानीतिको मार्गचित्र निर्माण गर्ने बलियो आधार भएको बताउनुहुँदै यस अवसरमा यसको अवधारणा निर्माण गर्नुहुने सम्माननीय प्रधानमन्त्री ज्यू तथा कामनपा परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभयो । सोही मार्गदर्शनमा निहीत रही हामीले सभ्य ढंगले क्रियाकलाप सम्पन्न गर्नुपर्ने धारणा राख्नुहुँदै प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन कामनपाले हरेक विधाको पाठ्यक्रम अर्थात् शिक्षण विधि तयार पारेकाले सोही मार्गदर्शनको अधीनमा रही प्रशिक्षकले प्रक्षिक्षण गर्नहुन निर्देशन दिनुभयो । शैक्षिक सत्रको अन्तमा वा बीचमा अनुकूल समय हेरेर बालबालिकाको कला प्रदर्शन कार्यक्रम गरिन भएकाले त्यसमा प्रशिक्षकको क्षमताको समेत मूल्याङ्कन हुने भएकाले अत्यन्तै संवेदनशील भएर प्रशिक्षण गर्नुहुन निर्देशन गर्नुभयो । कुनै पनि विषयको शुभारम्भ हुनु आफैमा गर्विलो पक्ष भएको, त्यो भन्दा ठूलो पक्ष त्यस विषयको सभ्य तवरले निरन्तरता प्रदान गर्नु भएकाले पुस्तकरहित शुक्रबार अन्तर्गत शून्य अवस्थाबाट शुभारम्भ गरिएको सङ्गीत विधालाई हरेक शैक्षिक सत्रका अनुभवले थप परिष्कृत गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांस्कृतिक संस्थानले सिर्जनशील कलाको माध्यमबाट व्यावहारिक एवम् जीवन उपयोगी सांस्कृतिक शिक्षा सम्प्रेषण गर्न विगतदेखि नै कला प्रशिक्षण अभियानलाई अगाडि बढाउँदै आए तापनि सांस्कृतिक कला, ज्ञान, सीपलाई प्रशिक्षण गर्नु, गराउनु आफैमा चुनौतीपूर्ण विषय भएको, झनै सामुदायिक विद्यालयका बालबालिकामा बालमनोविज्ञान बमोजिम सिर्जनशील कलाको ज्ञान सम्प्रेषण गर्नु चुनौतीपूर्ण भएको, भूसंस्कृतिको कारण नेपाली मौलिक संस्कृति, मौलिक कलाको अस्तित्व नै संकटमा पर्ने अवस्था भएको परिवेशमा प्रशिक्षकको प्रशिक्षण बालमस्तिष्कमा सभ्य चेतनाको विकास गर्ने रचनात्मक प्रकृतिको हुनुपर्नेमा जोड दिनुभयो । शिक्षालाई व्यावहारिक बनाउन अत्यावश्यक Book Free Friday कार्यक्रम अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) विधालाई सार्थक रूप दिनका लागि संस्थानको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुहुँदै सिर्जनशील कलाको माध्यमबाटै सभ्य, स्वस्थ एवम् प्राज्ञिक मनोचिन्तनको विकास गरी राष्ट्रलाई समृद्ध बनाउन हाम्रो योगदान हुनु पर्दछ भन्ने मूल भावलाई शिरोपर गर्दै प्रशिक्षकको प्रशिक्षण क्रियाकलाप हुनेछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो ।”

IMG_4739.JPG


IMG_4681.JPG 

कार्यक्रममा कामनपा शिक्षा विभाग परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख एवम् वरिष्ठ शाखा अधिकृत श्री सुशिल सुवेदीज्यूले “पुस्तकरहित शुक्रबार (Book Free Friday) को अवधारणा, शिक्षण विधि,  प्रशिक्षकले पालना गर्नुपर्ने आचारसंहिता, शैक्षिक सत्रानुसार पुस्तकरहित शुक्रबारको कक्षा सञ्चालन प्रक्रिया, सेवा प्रवाह आदि बारे प्रकाश पार्नुभएको थियो । साथै, पुस्तकरहित शुक्रबार कार्यक्रम अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) सम्बन्धी प्रशिक्षण क्रियाकलाप विगतभन्दा झनै प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।”

IMG_4711.jpg

IMG_4657.JPG

 

वरिष्ठ विद्यालय निरीक्षक एवम् शाखा अधिकृत श्री विनिता महतज्यूले “पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालनका लागि संस्थानसँगको सहकार्यको विषय, कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री सहजीकरण, कार्यक्रमको सामान्य सिद्धान्त र कार्यक्रम सफल पार्न आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।” संस्थानका पुस्तकरहित शुक्रबार सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवम् गायन शाखा संयोजक श्री तिर्थराज पोख्रेलज्यूले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी श्रेष्ठज्यूले गर्नुभएको थियो ।

IMG_4612.JPG

IMG_4765...jpg

IMG_4755.jpgIMG_4707.JPGIMG_4745.JPGIMG_4678.JPGIMG_4669.JPGIMG_4663.jpgIMG_4656.JPGIMG_4709.JPGIMG_4651.JPGIMG_4648.JPGIMG_4645.JPGIMG_4620.jpgIMG_4608.JPG

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij